Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कात्तिक भर जोगीको हुँई हुँई …….. !

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२ मंसिर २०७७, मंगलवार
in समाचार, समाज
0
235
SHARES
Share on FacebookShare on Twitter

रामेछाप मंसिर २ गते । लामो समय देखि भएको लकडाउनका कारण आफ्नो पेशा सञ्चालन गर्न नपाएका रामेछाप र दोलखा जिल्लाका जोगीहरुलाई लकडाउन खुकुलो भएसँगै फेरी लगाउन सहजता भएको छ ।

कार्तिक को सुरुवाति देखिनै फेरी लगाउन पाएपछि उनीहरुलाई दशै र तिहार खर्च जुटाउन समेत सजिलो भएको थियो ।

बिषेश गरी चैत्र र कार्तिक महिनामा लगाउने गरिएको फेरी चैत्र महिना देखि सरकारले लकडाउन गरी हिडडुल गर्न प्रतिबन्ध लगाएपछि उनीहरुले रातको समयमा घर–घरमा  गई फेरी लगाएर  सिदा उठाउन पाएका थिएनन । तर सरकारले लकडाउनलाई केहि खुकुलो बनइदिएपछि ति  जोगीहरुले कार्तिक महिना भर फेरी लगाउने कार्यलाई तिब्रता दिएका थिए ।

यस बर्षको दशै र तिहार कात्तिक महिनामा तथा तिहारको भाइटिका मंसिर १ गते परेका कारण आफुहरुले योजना बनाए अनुसारको फेरी लगाउन नपाएको दोलखा मेलुङ का रुद्रध्वज जोगीले बताउनुभयो ।

    जोगीहरुले बिभिन्न गाँउहरु बाँडफाड गरी आ–आफनो क्षेत्र (जजमान को घर) मा फेरी लगाउने गरेका भएपनि जिल्ला सदरमुकाम र बजार क्षेत्रमा भने जुनसुकै जोगीहरु पुगेर पनि फेरी लगाउने गरेको पाइन्छ ।

ग्रमिण भेग भन्दा बजार क्षेत्रमा फेरी लगाउदा घर घुमिरहनु नपर्ने, एकपटक बजाउदै सडकमा हिड्दा सडक वारी पारि दुबै तर्फ रहेका घरहरुलाई हुने तथा बजार क्षेत्रमा राम्रो सिदा तथा दक्षिणा मिल्ने भएकाले पनि  जोगीहरुको बजारमा फेरी लगाउने प्रतिस्पर्धा हुने गरेको बिज्ञहरु बताउछन् ।

  जोगीहरुले परम्परागत रुपमा शुरु गरेको यो पेशा  त्यसै पनि युवा पुस्ताका लागि जाँगरिलो नबनेको र बुढापाकाहरु अब असक्त्त हुदै गएपछि उनीहरुको  पेशा संकटमा  पर्ने सम्भावना पति उत्तिकै रहेको छ । 

आफ्नो   मुख्य पेशाका रुपमा रहेको यस कार्यका लागि आफुहरु बुढोहुदै गएको र पढेलेखेका छोरा नातिमा यस पेशा प्रतिको अकर्षण नभएपछि अबका  दिनमा जिबिकोपार्जनमा समेत समस्या पर्ने र आफ्नो संस्कृति पनि लोप हुने खतरा बढेको रामेछपाको हिमगंगाका  स्थानीय मोहन बहादुर जोगी बताउनुहुन्छ । 

बिशेष गरी गाँउघरमा कार्तिक र चैत महिनामा रातभर बिभिन्न मत्रोच्चारण गर्दै बराठको सिङ बजाइ फेरी लगाउने र बिहानभर जय खोरखनाथ भन्दै घर–घर मा गई सिदा उठाउने र त्यहि सिदाले जहान परिवार पाल्ने पहिले देखिकै चलन रहेको छ ।

यस पेशालाई उनीहरुले आफ्नोे जिबिकोपार्जनको माध्यम बनाएको भएपनि  सरकारी निकाय तथा स्थानीय तहबाट पेशालाई सहयोग नहुँदा उनीहरु चिन्तित बनेका छन् ।

जोगिले फेरी लगाएको घरमा शान्ति, सद्धभाब कायम हुने, भूत, प्रेतले दुःख नदिने वाल बच्चा र चौपायालाई समेत राम्रो हुने बिश्वासका साथ घर वरीपरि घुमेर ४ शुरमा र घर भित्रका मिभिन्न कोठाहरुमा समेत फेरी लगाउने गरिन्छ ।

गाउघरमा बिशेष गरी कार्तिकको बेला जोगीलाई दान गर्दा फलिफाप हुन्छ भनी, धान,मकै,चामल,घिउ,कुबिन्डो फलाम,नुन,बेसार तरकारी,फलफुल र पानी र कालो कपडा समेत राखेर  सिदा तयार पारी दियो बालेर नाङलोमा राखि दान गर्नै चलन रहेको छ ।

१० बर्षे द्धन्द्ध कालमा पनि आफ्नो पेशालाई सुरक्षाका कारण निरन्तरता दिन नसकिएको र  अहिले कोरोना भाइसरका कारण मुलुकभर लकडाउन भएपछि यसलाई सुचारु गर्न नसकिएकाले आफ्नो परिवार पाल्न मुस्किल भैरहेको उनीहरुको गुनासो रहेको छ ।     

नेपाली समाजमा मन्यता प्राप्त यस प्रकारको जोगीहरुको पेशालाई राज्यले संरक्षण गर्दै  युवा पुस्तामा समेत यो पेशा प्रतिको आकर्षण बढाउन सके उनीहरुको पेशा र संस्कृति लोप हुन बाट जोगिने र  यस्ता अबस्था बाहेक अन्य सामान्य परिस्थितिमा पेशालाई निरन्तरता दिन सक्ने अबस्था रहेको संस्कृत बिद्हरु बताउछन् ।

Share94Tweet59Share16

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२ मंसिर २०७७, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२ मंसिर २०७७, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२ मंसिर २०७७, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२ मंसिर २०७७, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२ मंसिर २०७७, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२ मंसिर २०७७, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero