Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा पनि उद्योग दिवस मनाइयो

नेपाल अभियान नेपाल अभियान
९ मंसिर २०७७, मंगलवार
in समाचार, समाज
0
142
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ९ मंङ्सिर । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा सोमवार उद्योग दिबस मनाइएको छ ।

“उद्योग र रोजगारः समृद्धिको आधार” भन्ने मूल नाराका घरेलु तथा साना उद्योग कार्यालय रामेछापले छैटौं उद्योग दिवसको अबसरमा अन्तरकृया तथा छलफल कार्यक्रमको आयोजनो गरेको थियो । 

   सो कार्यालयका प्रमुख मेघनाथ गौतमको अध्यक्षता एबं जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यतामा   कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा बोल्ने अधिकांस उद्यमीहरुले उद्यमका लागि कहि कतै बाट सहयोग नभएको, नयाँ तथा पुनर्ताजगी तालिम प्राप्त नभएको र कच्चा पदार्थ उपलब्ध गराउन समस्या भैरहेको गुनासो गरेका थिए ।

कार्यक्रमका अबसरमा बोल्दै जिसस प्रमुख प्रेम बहादुर खड्काले समृद्धिको आधारका लागि उत्पादन र ब्यवसाय प्रबद्र्धन लाई जोड दिनुपर्ने बताउनुभयो । उहाले सहुलियत दरमा उद्यमीहरुले बिभिन्न ठाउबाट ऋण लिनुपर्ने बताउनुभयो ।

मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले नगरपालिकाले चालु आ ब मा नै उद्यमीहरुका लागि खर्च गर्ने गरी रु ४० लाख बिनियोजन गरेको भएपनि पटक पटक प्रस्ताब माग गर्दा पर्याप्त प्रस्तावहरु नआउने गरेको बताउनुभयो । उहाले यस अघि भलुवाजोर र चिसापानीमा गरेको उद्यमीहरुका लागि लगानी खेर गएकोले कुनै उद्यमीले पनि त्यस्तो नगर्न अनुरोध गर्नुभयो ।

सो अबसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय स्तरका कार्यालय, स्थानीय तह र अन्य संघ संस्थाले  अनिबार्य प्रायोग गर्नुपर्ने सामानहरु स्थानीय स्तरका उद्यमीहरु द्धारा उत्पादन गरिएका सामाग्रीहरुलाई पहिलो प्रथमिकता  दिनुपर्ने कुरालाई जोड दिनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, रामेछाप उद्योग बाणिज्य संघका उपाध्यक्ष दामोदर थापा, घरेलु तथा साना उद्योग बिकास महासंघका अध्यक्ष चन्द्र मानन्धर लगाएतले उद्योग दर्ता प्रकृया झन्झटिलो हुनु नहुने र दर्ता भै सञ्चालनमा रहेका उद्योग सञ्चाल तथा उद्यमीहरुलाई आबश्यक पर्ने ज्ञान,सीप र प्रबिधि हस्तान्तरण गर्नुपर्ने कुरालाई जोड दिनुभयो ।

सो अबसरमा आफ्नो उद्योग मार्फत उत्पादन गरिएका कोठा समाजवटका समाग्रीहरु (वाँस बाट निर्मित नेपालको झण्डा र फुल) उद्यमी हिरामाया शिबभक्तीले जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत र प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई उपहार स्वरुप प्रदान गर्नु भएको थियो ।

कार्यक्रमको समापन गदै कार्यक्रमका अध्यक्ष एबं घरेलु तथा साना उद्योग कार्यालय रामेछापका प्रमुख मेघनाथ गौतमले हाल सम्म जिल्लामा ३ हजार ६ सय उद्योगहरु दर्तामा रहेको  भएपनि ति मध्ये केहि निष्कृय रहेको बताउनु भयो । उहाले यस बर्ष खर्च गर्ने बिभिन्न शिर्षकको रकम ५० लाख भएको तर  कोभिड–१९ का कारण त्यसलाई प्रभावकारी ढंगबाट खर्च गर्न कठिनाई भैरहेको बताउनुभयो ।

Share57Tweet36Share10

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

९ मंसिर २०७७, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

९ मंसिर २०७७, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

९ मंसिर २०७७, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

९ मंसिर २०७७, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

९ मंसिर २०७७, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

९ मंसिर २०७७, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero