Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अधिकारकर्मी नयाँघरे सहित ३ जना सम्मानित

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१८ मंसिर २०७७, बिहीबार
in समाचार, समाज
0
94
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १८ मंङ्सिर । रामेछाप जिल्लाको मन्थली नगरपालिकाले २९ औं अन्तराष्ट्रिय अपांगता दिवसको अबसर पारेर अपाङ्गता भएका ब्यक्तिहरुको क्षेत्रमा लामो समय देखि कृयासिल अपाङ्ग सचेतन केन्द्र रामेछापका अध्यक्ष बद्रि नयाँघरे सहित ३ जनालाई सम्मान गरेको छ ।

  जिल्लामा रहेर लामो समय देखि आपांगता भएका ब्यक्तिहरुको हक अधिकारका लागि उल्लेख्य योगदान गरको भन्दै उहाहरुलाई सम्मान गरेको हो । 

यसरी सम्मानित हुनेहरुमा महिला उपहार मञ्च नेपालकी कोषाध्यक्ष गिता कुमारी कर्माचार्य र अपाङ्ग सचेतन केन्द्रकी सदस्य निर्माला कार्की रहनु भएको छ । उहाहरुलाई मन्थली नगपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले दोसल्ला र प्रसंसा पत्रले सम्मान गर्नु भएको थियो ।

सो अबसरमा मन्थली नगरपालिकाका बिभिन्न वडाका ६ जना अपांंगता भएका ब्यक्तिहरुलाई न्यानो कपडा (ब्ल्याङ्गकेट) र १ हजार नगद प्रदान गरिको छ । यसरी उक्त न्यानो कपडा र नगद प्राप्त गर्नेहरुमा महादेवी सार्की, रण बहादुर सार्की, भुन्टी मगर, चमेली मगर, कृष्ण माया माझी, र शंकर चौहान रहनु भएको छ ।

उहाहरुलाई मन्थली नगरपालिकाकी उप प्रमुख माया कुमारी कार्कीले उक्त सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

सामाग्री प्राप्त गर्नेहरु बिपन्न र फरक फरक प्रकृतिका अपाङ्गता भएको कुरा  नगरपालिकाले जनाएको छ  ।

सो असबरमा बोल्दै नगर प्रमुख बस्नेतले चालु आर्थिक बर्षमा अपांगता भएका ब्यक्तिहरुको क्षेत्रका रकम बिनियोजन गर्न नसकेको  भएपनि आगामी बर्षदेखि रकम बिनियोजन गरी थप प्रभवाकारी कार्यक्रम गर्ने बताउनुभयो ।

कार्यक्रमका अबसरमा प्रमुख प्रशासकिय अधिकृत लिला राज पौडेलले कोभिड –१९ का कारण अपांगता भएका ब्यक्तिहरु पर्याप्त सहभागि गराउन नसकिएको भन्दै आगामी दिनमा हुने यस्ता कार्यक्रम मा सहभागिता बृद्धि गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सम्मानित हुने  मध्येबाट बोल्दै अपाङ्ग सचेतन केन्द्रका अध्यक्ष बद्रि नयाँघरेले सम्मानले आफुलाई अपांगता भएका ब्यक्तिहरुको क्षेत्रमा निरन्तर लागिरहन थप हौसला पुगेको भन्दै आगामी दिनमा अपांगता भएका ब्यक्तिहरुको क्षेत्रमा मन्थली नगरपालिकाले प्रभावकारी काम गर्नु पर्ने कुरालाई जोड दिनुभयो । उहाले अन्य पालिकाले पनि यस्ता खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

सम्मानित हुने नयाँघरे लामो समयदेखि पत्रकारीता क्षेत्रमा कृयासिल रहनुका साथै नेपाल अभियान मिडिया ग्रुप प्रालिका अध्यक्ष समेत हुनुहुन्छ ।

“लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता ः व्यक्ति समाज र सबैको ऐक्यबद्धता” भन्ने मुल नाराका साथ मन्थली नगरपालिका लगाएत देशभर यहि मंसिर १० गते देखि २५ गते (तदनुसार २०२० नोभेम्बर २५ देखि डिसेम्बर १०)  सम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान को अबसरमा बिभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।  

Share38Tweet24Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१८ मंसिर २०७७, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१८ मंसिर २०७७, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१८ मंसिर २०७७, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१८ मंसिर २०७७, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१८ मंसिर २०७७, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१८ मंसिर २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero