Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आफ्ना उत्पादनहरू निर्धक्क बिक्रि बितरण गर्न पाउनुपर्नेमा सरोकारवालाको जोड

नेपाल अभियान नेपाल अभियान
८ पुष २०७७, बुधबार
in विविध, समाचार, समाज
0
110
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ८ पुष । आफ्ना वन पैदावर उत्पादनहरू निर्धक्क सँग बिक्रि बितरण गर्न पाउनुपर्ने कुरालाई सरोकारवालाहरू ले जोड दिएका छन् ।

बुधवार रामेछापको मन्थलीमा पारिवारीक नीजि वन संघ रामेछापले आयोजना गरेको पारिवारीक नीजि वनको अवस्था, अवसर, फाइदा र चुनौति बिषयक अन्तरकृया कार्यक्रमका अबसरमा बोल्ने अधिकांस वक्क्ताहरूले उक्त कुरालाई जोड दिएका हुन् । कार्यक्रममा बोल्दै पारिवारीक नीजि वन महासंघका केन्द्रीय अध्यक्ष एबं कार्यक्रमका प्रमुख अतिथि जोगराज गिरीले आफ्ना वारी तथा कान्लामा हुर्काएको जुनुसकै वन पैदावारहरू बिक्रि बितरणका लागि डिभिजन वन कार्यालयको अनुमति चाहिने वर्तमान प्रावधानको कडा आलोचना गर्नु भएको थियो । उहाँले भन्नुभयो– “मेरो खेत वारीमा फलेको अन्न बिक्रि गर्न मैलै कृषि ज्ञान केन्द्र लाई सोध्नु नपर्ने, मैले पालेका गाई, भैसी,कुखुरा,बाख्रा बिक्रि गर्न पशुसेवा कार्यालय लाई सोध्नु नपर्ने तर आफ्नै वारी कान्ला र खरपाखा एबं निजी वनमा उत्पादन गरेका रुखहरु कटान गर्न र बजारमा बिक्रि गर्न डिभिजन वन कार्यालयको अनुमति लिनु पर्ने यो कहासम्मको न्यायोचित ब्यवस्था हो । यो ब्यवस्था तुरुन्त खारेज हुनु पर्दछ ।”
पारिवारीक नीजि वन संघ रामेछापका अध्यक्ष ज्ञान वहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रदेश सांसद शान्ति प्रसाद पौडेलले वन सम्बन्धी धेरै नियम कानुहरु हिमाल, पहाड र तराई लाई सान्दर्भिक नहुने भएकाले केहि समस्याहरू खडा भइरहेको वताउनु भयो । उहाँले यस्ता कानूनहरूलाई बिस्तारै परिमार्जन गर्दै लैजाने आस्वासन पनि दिनुभयो । उहाले बैदेशिक रोजगारी जानु भन्दा वाझो भएका खेति योग्य जमिनमा रुख विरुवा रोपेर ब्यवसायिकता तर्फ उन्मुख हुन सबै युवाहरुलाई अनुरोध गर्नुभयो ।
कार्यक्रमका अबसरमा केन्द्रीय उपाध्यक्ष सुशिला खतिवडाले पारिवारीक वन पैदावारलाई कसरी सहज र सरल ढंगबाट वजार सम्म ल्याउन सकिन्छ र नीजि वनको संरक्षण गर्न के –के उपायहरू अपनाउन सकिन्छ भन्ने कुरालाई समुदाय सम्म लैजान र यस सँग सम्बन्धीत बिभिन्न समस्याहरुको समाधानका लागि आफुहरुले यो संगठन दर्ता गरी कार्य प्रारम्भ गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंङ्गेल, लिखु तामाकोशी गाउपालिका वडा नं–६ का वडा अध्यक्ष सुवास बोहोरा, गोकुलगंगा गाँउपालिका वडा नं–२ का वडा अध्यक्ष शेखरमान श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघ रामेछापका अध्यक्ष दुर्गा श्रेष्ठ लगायतले पारिवारीक नीजि वनको वर्तमान अवस्थाका वारेमा वोल्नु भएको थियो ।
सो अवसरमा जिल्ला अध्यक्ष खड्काले सामुदायिक वन, नीजि वन र कबुलियति वनको जिल्लाको वर्तमान अवस्था र चुनौतिका बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

Share44Tweet28Share8

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

८ पुष २०७७, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

८ पुष २०७७, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

८ पुष २०७७, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

८ पुष २०७७, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

८ पुष २०७७, बुधबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

८ पुष २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero