Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ब्रह्मा बाबाको स्मृतिमा – कविता

नेपाल अभियान नेपाल अभियान
४ माघ २०७७, आईतवार
in साहित्य
0
257
SHARES
Share on FacebookShare on Twitter

अठार सय छैहत्तरमा, हैदरावादको सिन्दमा
एउटा बालको जन्म भयाे, ब्राह्मण परिवारमा
पिताको नाम खुवचन्द, शिक्षक थिए विद्यालयमा
बालकको नाम हो लेखराज, साथीभाइको मनमा

खुशल,सालिन, सादगी, इमान्दार, तेजस्वी वालक
आफू भन्दा ठूलालाई, सदा आदर गर्थे निरन्तर
गरीब दुःखी असहायलाइर्, दया गर्थे सधैभर
वाल्यकालमै टुहुरो बनेर, भोगे दुःख भयङ्कर

साथीभाइहरु सबैमा, सदैव मित्रता राख्ने बानी
सानै देखि तीक्ष्ण, बुद्धि, दूरदर्शी, पढेलेखेका ज्ञानी
साथी सँग मिलेर, कलकत्तामा हीरा ब्यापार गरी
स्थुल धन जम्मा गरी, सम्पन्न तथा सुखी बन्छु भनी

स्थुल धन जति कमाए पनि, मनमा चैन भएन
साठी बर्ष पुगुन्जेलसम्म, धनको नशा हटेन
नबधा भक्ति गरी गीता पाठ, छोड्ने कहिल्यै होइन
नारायण फोटो बोक्थे, आफै बन्ने थाहा थिएन

साठी बर्ष पुगेपछि, एक दिन अद्भूत चमत्कार भयो
एक दिन साझपख कोठा, लाल प्रकाशयुक्त भयो
दादाको मन मस्तिष्कमा, अलौकिकताले छायो
शिव अहम२ भन्दै, शिव परमात्माको प्रवेश भयो

प्रजापिता ब्रह्मा नाम राखे, निराकार परमात्माले
तन, मन, धन स्वाहा गरी, सेवा गरे ब्रह्मा बाबाले
स्थापना तथा बिनाशको, साक्षात्कार प्रारम्भमै गरे
जति बिघ्न आए पनि, सधै श्रीमतको पालन गरे

नर्कको द्वार, अवला भनि, अपहेलित नारीलाई
शक्ति भनि अघि बढाइर्, उद्धार गरे मानवलाई
आत्मिक स्मृतिमा रहेर, सबलाई देख्यौ भाई भाई
आफ्नो रथ शिवलाई दिएर्, मिलन गरायौ सबलाई

शान्तिका अग्रदूत ब्रह्माबाबा, विश्वमा शान्ति फैलायौ
कलियुगी दुनियाबाट निकाली, आफ्नो बच्चा बनायौ
वतनमा बसी सबैलाई, अब्यक्त पालना गर्दैछौ
कर्मातित बनेपछि पक्कै, तिम्रै साथमा आउनेछौ

हृदयका सम्राट हौ ब्रह्माबाबा, तिमी सबका प्यारा
अलौकिक ब्राह्मण जन्म दियाै, हटायौ सब अन्धेरा
सुद्रबाट ब्राह्मण बनायाै,मरजीवा, बिदेही, न्यारा
बिर्सनै नसक्ने गुण लायाै,तिमीले ब्रह्माबाबा मेरा

अथक सेवाधारी ब्रह्माबाबा, हौ विश्व कल्याणकारी
स्व र सर्वलाई अघि बढाउने, तिमी परोपकारी
पत्थररुपी बचनलाई, फूल सम्झी सहन गरी
सम्पन्न, सम्पूर्ण बन्यौ, ब्रह्माबाबा शिवको याद गरी

शिव बाबाका साकार माध्यम बन्यौ, भागीरथ तिमी
संकल्पबाट सृष्टि गरेर, बन्यौ विश्वमा नामीग्रामी
चारै दिशामा ज्ञान फैलायौ, ब्रह्मा चतुरमुखधारी
सत्य युगमा नारायण बन्ने तिमी कस्तो भाग्यशाली

निराकारी, निर्विकारी, निरहंकारी बन्ने लास्ट वाणी
हर समय स्मृतिमा आउछ, दिब्य वरदान ठानी
आफ्नो गुण विशेषतालाई, प्रभु प्रसाद सम्झी
निरहंकारी बन्नु भो बाबा, शिव पिताको याद गरी

दानी, महादानी, वरदानी, बोलीमा सदा मधुरता
मन, बचन, कर्ममा पबित्र, जीवनमा शालिनता
माता पिता सबको पालना दिने, तिमी अलौकिक पिता
विश्वभरमा प्रवाहित गरेका छौ, ज्ञानको सरिता

अद्वितीय प्रतिभाका धनी, सदैव समर्पण बन्यौ
सिम्पल र स्याम्पल बनी, सदा सबको कल्याण गर्यौ
योगी र पबित्र जीवन, जीउन सबलाई सिकायौ
मेरोपनलाई त्यागी सदा, शिव बाबालाई देखायौ

आधारमूर्त, उद्धारमूर्त तथा उदारचित्त बनी
निरन्तर सेवामा बिजी रह्यौ, सदैव निमित्त ठानी
आत्मिक रुपले सबलाई हेर्यौ, बोल्यौ मधुर वाणी
पूज्य देवता बन्ने भयौ,श्रीमतलाई पालन गरी

द्धापरदेखि भक्ति प्रारम्भ गर्ने, नम्बर वन भक्त
सोमनाथ मन्दिर बनाउने, आत्मा हौ बिक्रमादित्य
निमित्तभाव राखी अघि बढ्ने, निर्माणले युक्त
बयान्नब्बे बर्षको उत्तरार्धमा, सब विकार मुक्त

दिल लगायौ बाबामा, तिमीले दिमाग सधै सेवामा
सम्पूर्ण बन्नलाई अहोरात्र खट्यौ, संगमयुगमा
धर्ती र आकास जोडिएला बरु,सूर्य चन्द्र मिल्ला
तिम्रो गुनगान जति गरेनि, कहिले नसकिएला

उन्नाइसय उनन्सत्तरी, अठार जनवरीको दिन
सम्पूर्ण कर्मातित बनी, मिल्यो अब्यक्त फरिस्ता तन
सागरको पानी भर्न मिल्ला, बरु सूर्यको तेज नाप्न
जति लामो कविता लेख्दानि पुग्दैन, तिम्रो महिमा गर्न

अब्यक्त स्मृति मनाउछौ, हर अठार जनवरीमा
अमृत बेला पालना गर्न, आउछौ सबको साथमा
तिम्रो शान्ति स्तम्भको अगाडि, गएर जब याद गर्दा
अचल, अडोल बन्ने प्रेरणा दिन्छ, बिघ्न ज्यादा पर्दा

स्थुल शान्ति स्तम्भ जस्तै, सधै अचल अडोल बन्नेछौ
ब्रह्मा बाबाको फलो गरीकन, ब्रह्मा समान बन्नेछौ
तेत्तीस बर्षसम्म ब्रह्माबाबा, साकार माध्यम बन्यौ
सारा जीवन समर्पण गरी, उदाहरणीय बन्यौ

ब्रह्माकुमार भरतकुमार श्रेष्ठ
मन्थली, रामेछाप

Share103Tweet64Share18

Related Posts

प्रा.डा.न्यौपाने पुरस्कृत
समाचार

प्रा.डा.न्यौपाने पुरस्कृत

४ माघ २०७७, आईतवार
रामेछाप ‘मोडेलको उपाधि चौहान र लिटिल मोडेलको उपाधि प्रनव र कुसाङले जिते
समाचार

रामेछाप ‘मोडेलको उपाधि चौहान र लिटिल मोडेलको उपाधि प्रनव र कुसाङले जिते

४ माघ २०७७, आईतवार
जगदीश घिमिरेको स्मृति दिवस
समाज

जगदीश घिमिरेको स्मृति दिवस

४ माघ २०७७, आईतवार
स्वर्गिय पेशल आचार्यकोे शोक सभा
विविध

स्वर्गिय पेशल आचार्यकोे शोक सभा

४ माघ २०७७, आईतवार
रामेछापका एच बि खत्रीको स्वतन्त्रवाद पुस्तकको विमोचन
साहित्य

रामेछापका एच बि खत्रीको स्वतन्त्रवाद पुस्तकको विमोचन

४ माघ २०७७, आईतवार
मन्थलीमा साहित्यिक सभा
समाचार

मन्थलीमा साहित्यिक सभा

४ माघ २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero