रामेछाप १२ असोज – सामाजिक अभियान्ताका रुपमा आफनो विशिस्ट पहिचान बनाएका रामेछापका एचबी खत्रीले आफुद्धार रचित ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तकको मंगलबार राजधानीमा एक कार्यक्रमका बिच विमोचन गराउनु भएको छ ।
मन्थली नगरपालिका वडा नं ३ को कठजोर घर भएका एचबी खत्रीद्वारा लिखित स्वतन्त्र नेतृत्ववाद पुस्तकको प्राध्यापक डाक्टर उत्तम खनालले एक समारोहका विच विमोचन गर्नु भयो । पुस्तक विमोचन समारोहमा बोल्नु हुँदै डाक्टर उत्तम खनालले स्वतन्त्र नेतृत्ववाद नामक यस पुस्तक इतिहासमा नयाँ वादको रुपमा प्रकासित भएकोले यसको अध्ययनले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याउने कुरामा आफु आशाबादी रहेको भन्दै उत्कृष्ठ कृतिका लागि लेखक खत्रीलाई बधाई दिनु भयो । उहाँले भन्नुभयो यो खालको कृतिले नयाँपुस्तालाई आर्कर्षित गर्ने सम्भाबना आफुले देखेको भन्दै खत्रीको साहित्यीक यात्राको सफलताको शुभकामना पनि दिनु भयो ।
पुस्तक विमोचन कार्यक्रममा साहित्यकार रुपसिंह भण्डारीले कुनैपनि वादलाई पनि आफनो विकासित रुप पहिलाउन समय लाग्ने हुँदा समयसँगै स्वतन्त्र नेतृत्ववादलाई परिमार्जन गर्दै लैजानका लागि पनि लेखकलाई सुझाब दिनु भयो ।
कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा उपस्थिति हुनु भएको अर्का प्राध्यापक डा. गोपी लाल न्यौपानेले पुस्तक समयसापेक्ष र स्वतन्त्रताको पक्षमा लेखिएको भन्दै कृतिको प्रसंसा गर्नु भयो । उहाँले भन्नु भयो जुनसुकै पनि असल नेताले आफनो स्वाभिमानका लागि पनि एकपटक उक्त पुस्तक पढ्न पनि सुझाब दिनुभयो ।
कार्यक्रमका अबसरमा समाज सेवा र साहित्यमा खारिदै उठ्नु भएका विद्धान लेखक एचबी खत्रीले आफनो अभियान समाज परिबर्तनका लागि निरन्तर रुपमा लाग्दै आएको र त्यसै अभियान अन्र्तगत युवाहरुलाई सकरात्मक बाटोमा हिडाउन सहयोग पुगोस भनेर पनि उक्त पुस्तक बाहिर ल्याएको बताउनु भयो । खत्रीले उक्त अभियानमा सहभागी सबैलाई धन्यवाद दिनुको साथै पुस्तक पढेर प्रतिकृया दिन समेत सबैलाई आग्रह गर्नु भयो । ।
यो बारेमा तपाईको प्रतिकृया