Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा साहित्यिक सभा

नेपाल अभियान नेपाल अभियान
३ पुष २०७८, शनिबार
in समाचार, साहित्य
0
78
SHARES
Share on FacebookShare on Twitter


रामेछाप पुष ३ गते । रामेछापको मन्थलीमा शनिवार साहित्यिक सभाको सम्पन्न भएको छ । जगदिश घिमिरेको स्मृतिमा आठौ साहित्यिक सभाको आयोजना जगदिश घिमिरे प्रतिष्ठानले गरेको हो ।
सो अबसरमा स्थानीय र राष्ट्रिय स्तरका २५ जना स्रस्टाहरुले आ आफ्ना रचना वाचन गरेका थिए ।


सोहि अबसर पारेर मन्थली नगर मावि बिद्यालय स्तरीय “रामेछाप जिल्लाको विकासमा जगदिश घिमिरेको योगदान” बिषयक निबन्ध प्रतियोगिता पनि गरिएको थियो ।
उक्त प्रतियोगितामा तामाकोशी अङ्ग्रेजी आबासिय बिद्यालयकी छात्रा प्रथमा श्रेष्ठ प्रथम, सेतिदेबी मावि सालुकी छात्रा प्रतिक्षा घिमिरे द्वितिय र भिमेश्वर रुद्र माबि चिसापानीकी छात्रा दिपिका ढुंगेल तृतिय भएका थिए भने,मन्थली मा बि की सेविका घिमिरे र लिटिल स्टार इङलिस बोर्डिङ स्कुलकी जयन्ति मानन्धरले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

प्रथम,द्वितिय र तृतिय हुनेलाई नगद रु १० हजार, ८ हजार र ७ हजार एबं सान्त्वना हुने दुई जना छात्रालाई १ हजार ५का दरले नगद र प्रमाणपत्र बितरण गरिएको थियो । उक्त निबन्ध लेखन कार्यक्रममा नगर क्षेत्र भित्रका १० वटा माध्यामिक बिद्यालय हरुको सहभागिता रहेको थियो । साहित्यिक सभाको अबसरमा अधिंकासं स्रष्टाहरुले स्व.जगदिश घिमिरेलाई आ–आफ्नो रचना र कविताबाट सम्झना गरेका थिए ।
सम्मेलनमा सहभागी भएका श्रष्टाहरुले घिमिरेले अन्र्तमनको यात्रा, सकस, लिलाम, साविती,लगाएत आधादर्जन भन्दा बढि पुस्तक प्रकाशन गरेर साहित्यिक क्षेत्रमा योगदान पुर्याएको चर्चा गरेका थिए ।

उनको अन्तर्मनको आत्रा ले मदन पुरस्कार समेत प्राप्त गरेको थियो । घिमिरेले साहित्य संगैे जिल्लाको विभिन्न सामाजिक क्षेत्रमा पुर्याएको योगदानको बारेमा पनि सो अबसरमा चर्चा गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एबं मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले साहित्य तथा सामाजिक क्षेत्रमा जगदिश घिमिरेले पुर्याएको योगदानको प्रशंसा जति गरेर पनि नसकिने बताउनुभयो । उहाले जगदिश साहित्यकार मात्र नभएर सामाजिक अभियान्ता र राजनितिक विश्लेषक समेत रहेको पनि बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा साहित्यकारहरु नवराज रिजाल, अशोक सिलवाल, चन्द्र वानिया, सुबेत सत्याल, मिना चौलागाई, पेशल आचार्य, डा. सुमन कर्माचार्य, केशव अनमोल, धन योन्जन, वद्री नयाँघरे, रमेश ढुंगेल,उद्धव घिमिरे,अनिता मगर, प्रकाश परिष्कार लगाएतले आ–आफ्नो रचना मार्फत कार्यक्रमलाई रोचक बनाएका थिए ।
सम्मेलनमा काभ्रे, कुशादेवीका कथाकार ध्रुव सापकोटालाई प्रतिष्ठान द्धारा हरेक वर्ष प्रदान गरिदै आएको ५१ हजार धनराशीको चौथो जगदिश घिमिरे पुरस्कारबाट सम्मान गरिएको थियो

Share31Tweet20Share5

Related Posts

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

३ पुष २०७८, शनिबार
तालिम सुरु
समाचार

तालिम सुरु

३ पुष २०७८, शनिबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

३ पुष २०७८, शनिबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

३ पुष २०७८, शनिबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

३ पुष २०७८, शनिबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

३ पुष २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.