Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप ‘मोडेलको उपाधि चौहान र लिटिल मोडेलको उपाधि प्रनव र कुसाङले जिते

नेपाल अभियान नेपाल अभियान
२७ श्रावण २०८१, आईतवार
in समाचार, समाज, साहित्य
0
40
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २७ साउन । मन्थलीमा सम्पन्न ‘मिस्टर एण्ड मोडेल रामेछाप सिजन–५’ को उपाधि रिमिता चौहान र ‘लिटिल मोडेल रामेछाप सिजन–४’ को उपाधि दुई विधाबाट प्रनव श्रेष्ठ र कुसाङ् लामाले जित्नु भएको छ ।


शनिवार सम्पन्न ग्राण्ड फिनालेमा अन्य दुई प्रतिस्पर्धी कोपिला खत्री र सपना पुरीलाई पछि पार्दै ‘मोडेल रामेछाप –२०८१’ को उपाधि चौहानले हात पारेको घोषणा गरिएको हो । मोडेल रामेछापमा यो पटक भने कुल तीन जनाले मात्रै भाग लिएका थिए ।


त्यस्तै कार्यक्रमका अवसरमा लिटिल मोडेल तर्फ ‘ए’ बाट प्रवन श्रेष्ठले उपाधि हात पारे भने फस्ट रनरअप केइशा थापा र सेकेन्ड रनरअप प्रेन्सा मुग्रातीले हात पारेका थिए ।
प्रतियोगिताको उद्घाट्न बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठले गर्नुभएको थियो । उहाले उद्घाटनका क्रममा यस खालको सृजनशिलताले वाल वालिकाको क्षमता विकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । विजयी वालवालिकाहरुलाई आयोजक संस्थाले नगद ५–५ हजार पुरस्कार, गिफ्ट ह्याम्पर, ट्रफि, मायाको चिनो प्रदान गरेको थियो ।


कार्यक्रमका अवसरमा लिटिल मोडेलको ‘ग्रुप ए’ बाट कुसाङ लामा हुँदा फस्ट रनरअप सुप्रिया कर्माचार्यले जितेकी थिइन । त्यसैगरी प्रतियोतिाको सेकेण्ड रनरअप प्रतीक्षा श्रेष्ठले जितेको आयोजक किङ्स्टर क्रियाशन प्रा.लि.का सिइओ सुमन खड्काले जानकारी दिनुभायो ।
वाल वालिकाको क्षमता,कला र गायन सहज होस भन्ने मुख्य उदेश्यले किङ स्टार क्रियशन प्रा.लि.को आयोजनामा हरेक वर्ष हुँदै आएको यी दुई विधाका प्रतिस्पर्धामा ‘लिटिल मोडेल’ तर्फ कुल १३ जना , ६ देखि १४ वर्ष उमेरका वालवालिकाले सहभागिता जनाएका थिए ।


तीनलाल पार्कमा भएको ग्राण्ड फिनालेमा प्रतिस्पर्धीहरुले जर्जहरुले सोधेका प्रश्नको प्रश्नोत्तर सहित विभिन्न पहिरनमा सजिएर आफ्नो कला प्रस्तुत गरेका थिए । साथै, जर्जहरुले समेत आफ्नो कला प्रस्तुत गरेका थिए ।
यस अगाडि किङ स्टारका (सिइओ) सुमन खड्का, निकिता चौहान र सहायक प्रशिक्षकको रूपमा ‘मोडल अफ रामेछाप सिजन–४’ कि वीनर सीता कार्की ले महिना प्रशिक्षण गरेका थिए ।


तर प्राप्त परिणामको भने प्रतिस्पर्धिहरुले विरोध गरेका छन् । आयोजकले मनलाग्दी विजेता घोषणा गरेको भन्दै प्रतिस्पर्धीहरूले विरोध गरेका थिए । उनीहरुले नजिताको परिणाम सोचेभन्दा फरक तरिकाले आएको भन्दै आयोजक र जर्जहरूको कार्यशैली निस्पक्ष हुन नसकेको आरोप लगाएका थिए । शनिवार साँझ सम्म भएको उक्त ग्राण्ड फिनालेमा ‘लफडा’ भएपछि कार्यक्रम सकिएको घोषणा गरिएको थियो । यस वारेमा क्रियशन प्रा लि का सिइओ सुमन खड्काले यो कार्यक्रमको निर्णायक भूमिका निश्पक्ष भएको भन्दै यस्ता कार्यक्रमहरुमा सबैको चित्त बुझाउन नसिकिने भएकोले असन्तुष्टि देखिनु स्वभाविक भएको बताउनुभयो ।

Share16Tweet10Share3

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२७ श्रावण २०८१, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२७ श्रावण २०८१, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२७ श्रावण २०८१, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२७ श्रावण २०८१, आईतवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२७ श्रावण २०८१, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२७ श्रावण २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero