Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुनुवार दम्पतीको असल काम, समाजसेवामा चम्काउँदै नाम

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
३० बैशाख २०७६, सोमबार
in समाचार, समाज
0
173
SHARES
Share on FacebookShare on Twitter

३० बैशाख, २०७६

रामेछाप– अहिलेको युगमा समाज सेवा गरेर नाम चम्काउने कुरा त्यति सजिलो छैन् । र यो काम सजिलो पनि हैन् । तर, समाज सेवा लाईनै आफ्नो जिन्दगी ठान्दै आएका उमाकुण्ड गाउँपालीका–६ गुप्तेश्वर बस्ने उमेरले ७७ वर्ष पार गरेकी पूर्व राजपरिषद् सदस्य एवं पहिलो संविधानसभा सदस्य दालकुमारी सुनुवार र उहाँका ८५ वर्षिय पति पूर्व ब्रिटिस लप्टन मानबहादुर सुनुवारको जोडीले समाज सेवालाई निरन्तरता दिइरहनुभएको छ ।

वडा कार्यालयलाई नि:शुल्क जग्गा दिए पछि सुनुवार दम्पती

पञ्चायत कालदेखिनै राजनीतिसँगै समाज सेवामा लाग्नु भएका सुनुवार दम्पतीले सोमबार उमाकुण्ड–६ गुप्तेश्वरको वडा कार्यालयलाई भवन निर्माणका लागि २ रोपनी १ आना जग्गा निःशुल्क रुपमा दिनुभएको छ । सोमबार सुनुवार दम्पतीले मालपोत कार्यालय मन्थलीमा पुगेर वडा कार्यालयको नाममा जग्गा पास गरिदिएका हुन् ।

गाउँपञ्चायत देखि गणतन्त्र नेपालको पहिलो संविधानसभा सदस्य सम्मको राजनीति र सामाजिक विकासको राम्रो अनुभब बटुल्न सफल दालकुमारी सुनुवार र उहाँका पति लप्टन मानबहादुर सुनुवारले यस अघि पनि आफ्नो गाउँ गुप्तेश्वको स्वास्थ्य चौकी भवन निर्माणको लागि ४ रोपनी र स्थानीय  विद्यालय निर्माणको लागि ६ रोपनी जग्गा निःशुल्क दिई सक्नु भएको छ ।

त्यसैगरि धर्म र संस्कृतिको जगेर्ना गर्दे धार्मिक पर्यटन मार्फत गाउँको विकासलाई टेवा पु¥याउने उद्देश्यले गुप्तेश्वर आफ्नै निवास नजिक चापाबोटेमा शिब, राधाकृष्ण, बुद्ध, नाग र सरस्वतीको मुर्ति राखेर सबै धर्म मान्ने नागरिकलाई एउटै मन्दिरमा पुजा पाठ गर्न मिल्ने गरि पशुपतीनाथको मन्दिर निर्माण गरि सकेका छन् । जग्गा बाहेक मन्दिर निर्माण र मुर्ती खरिद लगाएतका काममा मात्र दम्पती जोडीले  ३० लाख माथी खर्च गरेका छन् ।

सुनुवार दम्पतीले मन्दिरमा हिन्दु, बौद्ध र कृष्ण प्रणामीहरुलाई छुट्टा–छुट्टै पुजा गर्न मिल्ने र हिन्दु पराम्परा अनुसार बिबाह र ब्रतबन्ध समेत मन्दिरमा नै  गर्न मिल्ने ब्यबस्था मिलाएका छन् । त्यसका लागि उनिहरुले गुरुयोजनानै बनाएर मन्दिर परिसरमा फूल बगैँचा, भक्तजनहरुलाई पुजा गर्ने ठाउँ, मन्दिरमा पुजा गर्ने पुजारी, पुजारी बस्ने  घर लगाएतका संरचना काम समेत अहिले तिब्र रुपमा गरिरहेका छन् । सुनुवार दम्पतीका अनुसार गुरु योजना बनाएर गरिरहेको मन्दिरको सबै काम सम्पन्न गर्न करिब एक करोड खर्च हुने छ । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले सुनुवार दम्पतीले समाज सेवाका नाममा समय–समयमा गरेको योगदानको सबैले खुलेर प्रशंसा गर्नु पर्ने बताउनुभयो ।   निस्वार्थ रुपमा दान गरेर जीवनको उत्तरार्ध सम्म पनि नथाकी समाज सेवालाईनै आफ्नो जीबन ठान्ने उनिहरुको योगदान अतुलनिय रहेको पनि अध्यक्ष सुनुवारको भनाई रहेको छ ।

Share84Tweet37Share10

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

३० बैशाख २०७६, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३० बैशाख २०७६, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३० बैशाख २०७६, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३० बैशाख २०७६, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३० बैशाख २०७६, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३० बैशाख २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero