Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रहेनन् समाजसेवी घिमिरे

नेपाल अभियान नेपाल अभियान
२७ जेष्ठ २०७८, बिहीबार
in समाचार, समाज
0
95
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, २७ जेठ । रामेछाप जिल्लाका समाजसेवीको रुपमा चिनिएका दिनेश राज शर्मा घिमिरेको उच्च रक्त चापका कारण बुधबार निधन भएको छ ।
कोरोना संक्रमणका कारण ९ दिन अगाडि काठमाण्डौंको ओम अस्पतालमा उपचारका लागि भर्ना हुनु भएका घिमिरेको ८५ बर्षको उमेरमा उक्त संक्रमण निको भएपनि हृदय घातका कारण मृत्यु भएको हो ।
रामेछापको विकासका लागि महत्वपूर्ण योगदान दिनु भएका घिमिरे जिल्लाकै पुरानो गैर सरकारी संस्था तामाकोसी सेवा समितिको संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो ।

लामो सयम सरकारी सेवाको उच्च तहमा बसेर काम गर्नु भएका घिमिरे जागिरे जिवन पछि गैर सरकारी संस्थाका माध्यमबाट समाज सेवामा सक्रिय रुपमा लाग्नु भएको थियो । अंग्रेजीमा स्नातकोत्तर उत्तिर्ण गर्ने जिल्लाकै पहिलो ब्यक्तिका रुपमा पनि उहा चिनिनु भएको थियो ।
घिमिरेको जिल्लाको सामुदायिक विकासका अतिरिक्त शिक्षा क्षेत्रको विकासका लागि समेत विशेष योगदान रहेको थियो । रेडक्रस लगायतका संस्थाहरुको नेतृत्व गरिसक्नु भएका घिमिरे पछिल्ला दिनहरुमा जिल्ला स्थित विभिन्न संघ संस्थामा आबद्ध हुनुहुन्थ्यो ।
सरकारी जागर छाडेर समाजसेवा सँगसँगै राजनितिमा होमिनु भएका घिमिरे ०४६ पछि राजनितिबाट पनि टाढा रहनुभयो । पंञ्चायत कालमा गाउँ पंचायत देखि सांसद सम्मको निर्वाचनमा भाग लिनु भएका घिमिरे आफ्नो चट्टानी अडानका कारण सधैं चर्चामा रहनु हुन्थ्यो ।
घिमिरेको निधनमा तामाकोसी सेवा समितिले शोक व्यक्त गरेको छ । संस्थापक अध्यक्षको निधनले संस्थालाई अपुरणिय क्षति पुगेको भन्दै रामेछापको सामुदायिक विकासका लागि उहाँको महत्वपूर्ण योगदान रहेको संस्थाका अध्यक्ष गुञ्ज बहादुर श्रेष्ठले बताउनुभयो ।
यसैबिच उहाको निधले पार्टिमा पनि ठूलो क्षति पुगेको भन्दै नेपाली काँग्रेस रामेछापले पनि शोक बिज्ञप्ती जारी गरेको छ । पार्टि सचिब लेख बहादुर कार्की द्वारा जारी बिज्ञप्तीमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका भूतपूर्व कोषाध्यक्ष, तत्कालिन मन्थली पञ्चायतका प्रधानपञ्च, तामाकोशी सेवा समितिका संस्थापक अध्यक्ष, मन्थली खानेपानी उपभोक्ता समितिका बर्तमान सदस्य, बरिष्ठ समाजसेवी, आदरणीय दिनेशराज शर्मा घिमिरेज्यूको दुःखद निधनले नेपाली काँग्रेस पार्टी र समग्र रामेछाप जिल्लालाई अपुरणिय क्षति पुगेको जनाइएको छ । उहाँले रामेछाप जिल्ला एवं समग्र नेपाली समाजलाई पुर्याउनु भएको योगदान सदासर्वदा उच्च प्रसंशनिय रहेको बताउदै नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछाप उहाँको मृतात्माको चिरशान्तिको कामना व्यक्त सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गदै सोकाकुल परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं भनिएको छ । घिमिरेका श्रीमति, १ छोरा र १ छोरी रहेका छन् ।

Share38Tweet24Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२७ जेष्ठ २०७८, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२७ जेष्ठ २०७८, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२७ जेष्ठ २०७८, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२७ जेष्ठ २०७८, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२७ जेष्ठ २०७८, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२७ जेष्ठ २०७८, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero