Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बागमतिभित्र प्रथम बनेको रामेछाप नगरपालिका देशभरमा सोह्रौ स्थानमा

नेपाल अभियान नेपाल अभियान
२९ फाल्गुन २०७८, आईतवार
in प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
464
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कनमा बागमती प्रदेशका सबै स्थानीय तहलाई उछिन्दै रामेछाप नगरपालिका अब्बल स्थान हाँसिल गर्न सफल भएको छ । उसले गरेका सबै कामको कार्यसम्पादन मूल्याङ्कन र तयार गरेको सुचकका आधामा गरिएको मुल्याँकनमा रामेछापले उत्कृष्ठ नम्बर प्राप्त गरि रामेछाप नगरपालिकाले अब्बल स्थान हाँसिल गर्न सफल भएको हो । उसले बागमति प्रदेश अन्र्तगतका सबै स्थानिय निकायहरु लाई उछिन्दै प्रथम स्थान हाँसिल गर्न सफल भएको हो ।
प्रतिवेदनका अनुसार बागमती प्रदेशमा १ सय १९ स्थानीय तहमध्ये रामेछाप नगरपालिका पहिलो नम्बरमा देखिएको हो । उसले गरेको कामका आधारमा गरिएको मुल्याँकनबाट रामेछाप नगरपालिकाले ७३ दशमलव ३४ अंक प्राप्त गरेको छ ।प्रतिवेदनले कार्यसम्पादन मूल्याङ्कनमा रामेछाप नगरपालीका पछि बागमती प्रदेशको सिन्धुली जिल्लाको दुधौली नगरपालिका दोस्रो नम्बरमा देखिएको छ भने दोलखाको भिमेश्वार नगरपालिका तेस्रो, मकवानपुरको थाहा नगरपालिका चौथो र रामेछापको गोकुलगंगा गाउँपालिका पाँचौ नम्बरमा भएको देखिएको छ । मूल्याङ्कनमा बामगमी प्रदेशकै पहिलो नम्बरमा परेको रामेछाप नगरपालिका देशभरका ७ सय ५३ वटा स्थानीय तह मध्ये १६ औँ नम्बरमा परेको पनि प्रतिबेदनले औल्याएको छ । रामेछाप नगरपालिका आर्थिक वर्ष २०७६÷०७७ मा बेरुजु कम आउने स्थानीय तहमा पनि बागमती प्रदेशकै पहिलो भएको थियो ।

आफनो कार्यकालको उत्तरार्धमा देशको मान्यत प्राप्त राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा रामेछाप नगरपालिका बामगमी प्रदेशकै पहिलो नम्बरमा पुग्नु सुखद भएको नगर प्रमुख नर बहादुर थापामगरले बताए । उनले भने यो आफनो राजनितिक जीवनको सबैभन्दा सुखद कुरा हो । यो अभियान र दर्बियानमा सहयोग पर्याउने कार्यपालीकाका पदाधिकारी वडा अध्यक्ष,प्रमुख प्रशासकिय अधिकृतहरु र सबै कर्मचारीहरुको सहयोगका कारण सफलता प्राप्त भएको भन्दै सबैलाई धन्यवाद पनि दिए । संघियता कार्यान्वयन आरम्भको कार्यकाल भएकाले हामिलाई काम गर्नका लागि धेरै चुनौतिहिरु थिए । सयौँ चुनौतीका बीचमा पनि नगरमा कार्यरत कर्मचारीहरुको लगाब र स्थानीय जनप्रतिनिधि संगै आम नागरिकको साथ सहयोग र खबरदारीले पहिलो हुन सफल भएको मा आफु गौरान्वीत भएको पनि नगर प्रमुख मगरले बताए ।
यसका लागि हामिले तय गरेको साझा छलफल र नगर कार्यपालिकाले गरेका निर्णयका आधारमा तयार पारेको नीति र विधिनै मुख्य रहेको भन्दै उनले सोहि आधारमा गरेको कार्यान्वयनको परिणाम अहिलेको मुल्याँकनको प्रतिफल भएको पनि नगर प्रमुखको भनाई छ । आफूहरु निर्वाचित भएर आएको पाँचौ वर्षमा आइपुग्दा प्रदेशकै पहिलो र देशकै १६ स्थानमा रामेछाप नगरपालिका दिर्घजीवी विकासको सुचकमा पनि अगाडी छ भन्ने कुरालाई स्पष्ट पारेको नगर प्रमुखको दावी रहेको छ ।
मूल्याङ्कन प्रतिवेदनमा बागमती प्रदेशका सबै स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा रामेछाप नगरपालिका प्रथम भएको कुराले सिङ्गो नगरको शीर उँचो बनाएको नगरकि उप प्रमुख सुजना खड्काले बताईन् । नगरले निति विधि र पद्धतिका आधारमा शुसाशनलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको आधारमा हाम्रो मुल्याँकन भएकोमा आफुहरुको कार्यकाल सफल भएको उप प्रमुख खड्काको दावि रहेको छ ।

रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले पनि प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनमा बागमती प्रदेश अन्र्तगतका सबै स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा रामेछाप नगरपालिका प्रथम भएकोमा खुसि ब्यक्त गरे । उनले नितिगत र आम सहमतिका आधारमा कर्मचारीहरुले गरेको मेहनत र जन प्रतिनिधिहरुले गरेको सहयोगले आफुलाई पनि उत्साहित बनाएको भन्दै आबश्यक वाताबरण बनाउने सबैलाई धन्यबाद पनि दिए । यही मूल्याङ्कनका आधारमा आगामी स्थानीय तहमा प्रदान गरिने समानीकरण अनुदानको रकम सिफारिस हुने भएकाले यसबाट नगरपालिकालाई थप फाइदा पुग्ने पनि उनले बताए । आयोगले विभिन्न १७ वटा सूचकलाई आधार बनाएर स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ ।
कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला भित्रका ८ पालिका मा पनि रामेछापनै प्रथम तथा गोकुलगंगा गाउँपालिका दोस्रो, मन्थली नगरपालिका तेस्रो हुन सफल भएको छ । त्यसैगरि दोरम्बा शैलुङ्ग गाउँपालिका चौथो, खाँडादेवी गाउँपालिका पाँचौ, सुनापति गाउँपालिका छैँठौ, उमाकुण्ड गाउँपालिका सातौ र लिखुतामाकोशी गाउँपालिका आठौ स्थानमा पर्न सफल भएको पनि प्रतिवेदनले औल्याएको छ ।

Share186Tweet116Share32

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२९ फाल्गुन २०७८, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२९ फाल्गुन २०७८, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२९ फाल्गुन २०७८, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२९ फाल्गुन २०७८, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२९ फाल्गुन २०७८, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२९ फाल्गुन २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero