Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खाँडादेवीको सित्खामा निर्मित लहरे आँप प्रशोधन केन्द्रको अनुगमन

नेपाल अभियान नेपाल अभियान
३२ असार २०७९, शनिबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
64
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । जिल्ला कृषि ज्ञान केन्द्र रामेछापले खाँडादेवी गाउँपालि ३ सित्खामा निर्मित लहरे आँप प्रशोधनकेन्द्रको अनुगमन गरेको छ । उसले शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख उप प्रमुख र गाउँपालिकाका अध्यक्ष लगायत विभिन्न सरोकारवाला निकाएको रोहबरमा केन्द्रको अनुगमन गरेको हो ।
सित्खा बेशीका युवा कृषकहरुले त्यस ठाउँमा लहरे आँपको उत्पादन र त्यसको ब्यवसायीकरणको सम्भावनालाई ब्यवहारीक रुपमा पुष्टि गरेपछि मागको आधारमा ंखाँडादेवी गाउँपालिका,साझेदारी संस्था र कृषि ज्ञान् केन्द्र रामेछापको संयुक्त लागतमा आर्थिक वर्ष २०७८÷०७९ को लहरे आँप प्रशोधन केन्द्र संचालनमा आएको हो । जिल्ला कृषि ज्ञान केन्द्रले ७ लाख ५० हजार,खाँडादेवी गाउँपालिकाले ७ लाख ५० हजार र साझेदारी संस्थाको ७ लाख ५० हजार गरि कुल ३० लाखको लागतमा उक्त प्रशोधन केन्द्र संचालनमा आएको केन्द्रका संचालक राजेश कार्कीले अनुगमन समितलाई जानकारी गराए
यस बर्ष आफुहरुले १३ रोपनी जमिनमा ब्यावसायीक रुपमा लहरे आँपको ब्यवसाय गरेको र आगामी बर्ष त्यसमा बृद्धि गरि दोब्बर बनाउने उदेश्य लिएको र सोहि अनुसार काम गरिरहेको अर्का कृषक सम्मर माझिले बताए । उनले यसको बजारमुल्य पनि राम्रो र बजारको पनि समस्या पनि नपर्ने भएको आधारमा यो ब्यवसायलाई राजेको पनि जानकारी गराए ।
जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का, समन्वय उप प्रमुख प्रेम सागर थापा, खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ, कृषि ज्ञान केन्द्रकी प्रमुख निर्मला गुरुङ, जिल्लाका संचारकर्मि समेतको टोलीले प्रशोधन केन्द्रकोे अनुगमन गरेको थियो । स्थानिय युवा समर माझी र राजेश कार्कीले व्यवसायिक रुपमा लहरे आँप खेतीको संभ्भाबनालाई पुष्टि गरेपछि जुस उत्पादनका लागि उक्त प्रसोधन केन्द्रका लागि पालिका र कृषि ज्ञान केन्द्रले लगानि गरेपछि प्रशोधन केन्द्र संचालनमा आएको गाउँ पालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले जानकारी दिए ।
५ रोपनी जमीनमा दुई जना युवाहरुले ५ रोपनी जमिनमा उत्पादन गरेको लहरे आँपलाई प्रशोधन गरी जुस लगायत विभिन्न भेराइटीहरु बनाउने र बजार लैजाने उद्देश्यले लहरे आँप प्रशोधन साझेदारी कार्यक्रम सञ्चालन गरिएको जानकारी कृषि ज्ञान केन्द्रकि प्रमुख निर्मला गुरुङ्गले बताईन् । लहरे आँपलाई बीचमा आधा काटेर स्कुप या चम्चाले गुदी निकालेर खान मिल्छ । यसलाई प्रशोधन गरी विभिन्न जुस, लस्सी, ड्रिंक्स, मक्टेल्स बनाउनुका साथै अनेकथरीका रंगीन केक तथा डेसर्ट लागाएत विभिन्न आइटम बनाउन सकिने भएकोले पनि यसको ब्यवसायीक उत्पादनले यस क्षेत्रका कृषकहरुको आय आर्जनमा टेवा पुग्ने मुख्य उदेश्य पनि कार्यालयले लिएको छ ।

Share26Tweet16Share4

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३२ असार २०७९, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३२ असार २०७९, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३२ असार २०७९, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३२ असार २०७९, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३२ असार २०७९, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

३२ असार २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero