Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप प्रदेश “ख” मा कांग्रेस नेता चौलागाँईको उमेद्वारी दावी

नेपाल अभियान नेपाल अभियान
७ भाद्र २०७९, मंगलवार
in देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
182
SHARES
Share on FacebookShare on Twitter


रामेछाप, ७ भदौ । नेपाली कांग्रेस रामेछापका नेता भरत चौलागाँईले आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा रामेछापको प्रदेश ‘ख’ को उमेद्वारीका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्नु भएको छ । निर्वाचनको मिति नजिकिदै गर्दा देश भरका कतिपय उमेद्वार हरुले आफ्नो उमेद्वारी दावी गर्दै गर्दा नेता चौलागाईले पनि आफ्नो दावी प्रस्तुत गर्नु भएको हो ।


लामो राजनिति यात्रा संगै समाज सेवाको क्षेत्रमा पनि राम्रो उचाई बनाएका नेता चौलागाँईले कांग्रेसको चौधौं महाधिवेशनमा दोस्रो मत ल्याएर महाधिवेशन प्रतिनिधि चुनिएपछि पार्टिको आन्तरिक राजनितिमा पनि चौलागाईको उचाई थप बढेको थियो । बाह्रौं महाधिवेशनमा पार्टिको जिल्ला कार्यसमितिका सदस्य बन्नु भएका चौलागाईले यस अघिनै पार्टीको केन्द्रिय प्राकृतिक स्रोत साधन विभागको सदस्यको समेत जिम्मेवारी पुरा गरिसक्नु भएको छ । पार्टीको तेह्रौं महाधिवेशनबाट पनि चौलागाई केन्द्रिय महाधिवेशन प्रतिनिधिको रुपमा चुनिनु भएको थियो ।
२०४४ सालदेखि लगातार जिल्लाको राजनीतिक संगै सामाजिक यात्राको सारथिको रुपमा आफ्नो पहिचान बनाएका चौलागाई आफ्नो निरन्तर प्रयास र कर्मकै कारण आम जिल्लाबासिको आशा र भरोसाको केन्द्र बन्न सफल हुनु भएको स्वयं काँग्रेसका नेता तथा कार्यकर्ताहरुलेनै बताउने गरेका छन् । चौलागाँई भन्नुहुन्छ– “मेरो राजनितिक या सामाजिक यात्राका क्रममा कसैलाई सहयोग गर्नु पर्दा मैलै कैलै पनि तेरो र मेरो भनिन , नजिक र पराया भनिन । काँग्रेस र कम्युनिस्ट पनि भनिन । कसैलाई समस्या पर्दा उसको हरेक नागरिकको सुखदुःखमा मैले निस्वार्थ रुपमा साथ दिदै आएको छु । पार्टिगत रुपमा पनि दिएको जिम्मेवारी पुरा गर्नै कुरामा म कैले पनि चुकेको छैन ।”
आफुले रोजेको समाज सेवा र राजनिति यात्रा संगै निति निर्माण गर्नै तहमा पुग्न सकियो भने मात्र त्यसले पुर्णता पाउँने र त्यो भनेको संसदनै हो । भन्ने बुझाईका साथ मैले यस पटकको निर्वाचनमा रामेछापको प्रदेश ‘ख’को उमेद्वारी दावि गर्ने निर्णय गरेको पनि चौलागाईले बताउनु भयो । कृयाशिलताका कारण सिङ्गो जिल्ला संगै मेरो क्षेत्रका अधिकाँश नागरिकहरु संग मेरो सिधा चिनजान भएकोले पनि आफ्ना लागि निर्वाचन सहज भएको पनि चौलागाईको दावी रहेको छ ।
राजधानीबाट नजिक भएर पनि विकासमा पिछडिएको रामेछापको समृद्धिका लागि गर्नु पर्ने धेरै काम भएको र त्यसको समाधानका लागि संसदमानै पुग्नु पर्ने भएकोले पनि मैले यस पटक निर्वाचनमा उक्त दावेदारी प्रस्तुत गर्न लागेको हुँ । शिक्षा, स्वास्थ, सडकको सुधार र विकास संगै बाँझो जमिनलाई पनि बैज्ञानिक विधिबाट ब्यवस्थापन गर्नसके मात्र सम्मृद्धि संभब हुने र त्यसका लागि पनि संसदमानै पुग्नु पर्ने उहाँको बुझाई रहेको छ ।

गत स्थानीय निकायको निर्वाचनमा सिङ्गो गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) ले जितेको भए पनि उहाँको वडामा भने यस पटक नेपाली काँग्रेसलाई र पालिकामा काँग्रेस र माओवादी गठबन्धनको नेतृत्वलाई जिताइएको छ । दुई प्रदेश र एक वटा संघिय साँसदको लागि निर्वाचन हुने रामेछापमा २०७४ साल भएको संघिय निर्वाचनमा माओवादी केन्द्रले र दुई प्रदेशमा भने नेकपा एमालेले जितेको थियो । तर अहिले परिस्थिीत फेरिएको छ । केन्द्रमा नेका र माओवादी विच आगामि निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भैसकेकोले पनि चौलागाईका लागि आफ्नो दावि उत्पादनमुलक हुने अनुमान पनि कार्यकर्ताहरुले गरेका छन् ।
हुन त कांग्रेस पार्टि बाट निर्वाचनमा टिकट दावी गर्ने संघ र प्रदेशका आकांक्षीहरूमा कुनै कमी छैन । त्यस बारेमा पुर्ण रुपमा जानकार रहेका चौलागाई भन्नुहुन्छ “पार्टीमा प्रदेशका टिकटका आकांक्षी म मात्र होइन, दर्जनौ साथीहरु हुनुहुन्छ । तर पार्टीले मेरो सक्रियताका आधारमा हाल सम्मको पार्टि भित्रको गतिबिधिहरुको मुल्याङ्कन गरेर मलाई टिकट दिन्छ भन्ने विश्वास लागेको छ ।” गठबन्धनमा भागबन्डा के हुन्छ, त्यस आधारमा मात्र र पार्टीले पत्यायो भने निर्वाचन लड्ने विचार गरेको चौलागाँईको तर्क छ ।
चौलागाँईले जिल्लामा गरेको नियमित योगदानका आधारमा उमेद्वारी दावी गर्नु स्वभाविक रहेको कार्यकर्ताहरुको बुझाई रहेको छ ।

Share73Tweet46Share13

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

७ भाद्र २०७९, मंगलवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

७ भाद्र २०७९, मंगलवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

७ भाद्र २०७९, मंगलवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

७ भाद्र २०७९, मंगलवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

७ भाद्र २०७९, मंगलवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

७ भाद्र २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.