Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्ला निर्वाचनको मिडिया अभिमुखिकरण

नेपाल अभियान नेपाल अभियान
२० कार्तिक २०७९, आईतवार
in समाचार, समाज
0
44
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२० कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई कसरी निश्पक्ष,पारदर्शी र मिडिया मैत्री बनाउन सकिन्छ भन्ने उदेश्यले जिल्ला निर्वाचन कार्यालय रामेछापले आईतवार मन्थलीमा जिल्ला स्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।


निर्वाचन अघि र पछिको समयमा सञ्चार माध्यमहरुले खेल्नु पर्ने भूमिकाको बारेमा जानकारी दिने र निर्वाचन प्रयोजनका लागि सञ्चार माध्यमहरुको समुचित प्रयोगलाई कसरी सकरात्मक बनाउन सकिन्छ र त्यसका लागि पत्रकारहरुको गुनासाहरु भए त्यसको पनि सम्बोधन गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
साहायक प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेको अध्यक्षता एबं मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रमका अध्यक्ष एबं सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले आचार संहिता पालना गर्नु सबैको कर्तब्य भएकोले पत्रकारहरुले आफुले पनि आचार संहिता पालना गर्नुपर्ने र अरुले पालना गरे नगरेको पनि अनुगमन गर्नुपर्ने कुरामा पनि जोड दिनुभयो ।
कार्यक्रमका अबसरमा बोल्दै मुख्य निर्वाचन अधिकृत शर्माले निर्वाचनलाई प्रभावकारी ढंङ्गबाट सम्पन्न गर्न पत्रकारहरुको महत्वपूर्ण भुमिका हुने हुँदा त्यसका लागि आबश्यक सहयोग गर्नका लागि पनि आग्रह गर्नु भयो । सबै पत्रकार हरु संँग अनुरोध गर्नुभयो । उँहाले भन्नुभयो – मिडिया र निर्वाचनको सम्बन्ध नङ र मासुको जस्तै हुने भएकोले निर्वाचनमा संचार माध्यमहरुको मिडियाहरुको प्रयोगलाई सकरात्मक तरिकाले उपयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका अबसरमा जिल्ला निर्वाचन अधिकृत मधुकर शाहले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले केन्द्र र जिल्ला तहमा हाल सम्म गरेको बस्तुगत प्रगतिका बारेमा जानकारी गराउनु भएको थियो । त्यसैगरी उहाँले निश्पक्ष निर्वानका लागि आयोग र मिडियाको सम्बन्धी निर्वाचनका वेला पत्रकारहरुले पालना गर्नुपर्ने आचारसंहिताका वारेमा जानकारी गराउनुभएको थियो ।

उहाँँले निर्वाचनलाई स्वच्छ,निश्पक्ष ढंगवाट सम्पन्न गर्न सबै सरोकारवालाहरुको सहयोगको अपेक्षा गर्नुभयो । उहाले भन्नुभयो– “निर्वाचनका धेरै कामहरु भैसकेका छन् अब कर्मचरी परिचालन र निर्वाचनका आबश्यक सामाग्री मतदान केन्द्र सम्म ढुवानी गर्न मात्र बाँकी रहेको बताउनुभयो ।”
कार्यक्रममा पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरेले निर्वाचनमा सञ्चार माध्यम र सञ्चारकर्मीहरुको भुमिका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । पत्रकार महासंघ रामेछापका निवर्तमान अध्यक्ष टिका प्रसाद भट्टले निर्वाचन आचारसंहिता सबैले पालना गर्नु पर्ने भएपनि अधिकांस दल र सञ्चारमाध्यमहरुले पालना नगरेको भन्दै त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
रामेछाप जिल्लामा ९६ मतदान स्थलका २२६ वटा मतदान केन्द्रबाट मतदान स्थलवाट १ लाख ८३ हजार ३ सय ९ जनाले मतदान गर्दै छन् ।

Share18Tweet11Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२० कार्तिक २०७९, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२० कार्तिक २०७९, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२० कार्तिक २०७९, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२० कार्तिक २०७९, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२० कार्तिक २०७९, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२० कार्तिक २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero