Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दोरम्बा गाँउपालिकाको नीति तथा कार्यक्रम सार्बजनिक

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१६ असार २०७६, सोमबार
in स्थानीय सरकार
0
273
SHARES
Share on FacebookShare on Twitter

१६ असार, २०७६
टोकरपुर- दोरम्बा गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७६ /७७ का लागि बार्षिक नीति तथा कार्यक्रम सार्बजनिक गरिएको हो । गाउँपलिकाका अध्यक्ष कमानसिं तामाङको अध्यक्षता एबं ३ नं प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष तमाङले आर्थिक बर्ष २०७६/७७ को बार्षिक नीति तथा कार्यक्रम सहितको बजेट सार्बजनिक गर्नुभएको हो ।

गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार आर्थिक बिकास नीति , सामाजिक बिकास नीति, पूर्बाधार बिकास नीति, वन बातावरण तथा बिपत ब्यवस्थापन नीति, संस्थागत बिकास तथा सेवा प्रबाह नीति र बित्तिय ब्यवस्थापन तथा सुशासन लगाएतका नीति पास गरेको छ ।

नीतिमा शिक्षा, स्वास्थ्य तथा सरसफाई, महिला वालावालिका, युवा तथा जेष्ठ नागरिकको क्षेत्रलाइ समेटेको छ । त्यसैगरी , पूर्बाधार अन्तर्गत सडक,वन तथा बातावरण क्षेत्रलाई समेटिएको छ ।

उपाध्यक्ष कृशला घिसिङले प्रस्तुत गर्नुभएको बजेट अनुसार आगामी आर्थिक बर्ष २०७६/७७ का लागि आय तर्फ संघिय सरकारबाट बित्तिय समानीकरण तर्फ रु १२ करोड ४८ लाख, राजस्व वाडफाड बाँट ७ करोड ५३ लाख, ससर्त अनुदान तर्फ १४ करोड ८७ लाख, प्रदेश सरकारबाट प्राप्त बित्तिय समानीकरण तर्फ ९९ लाख ६७ हजार, सशर्त तर्फ १८ लाख ९८ हजार, सामाजिक सुरक्षा तर्फ, ५ करोड, चालु आर्थिक बर्षमा खर्च नभई बाँकी रहेको रकम करिब ३ करोड प्रदेश सरकारबाट प्राप्त हुने सबारी साधन कर बापत २ करोड १ लाख १२ हजार आन्तरिक आय गरी कुल ४६ करोड ३९ लाख ७७ हजार हुने अनुमान रहेको छ ।

त्यसैगरी उक्त बिनियोजित रकम मध्ये चालु तर्फ १२ करोड ३० लाख र पुँजीगत तर्फ ३४ करोड ९ लाख ७७ हजार रहेको छ । चालु तर्फको बिनियोजित रकममा सेवा प्रबाह तलब भत्ता, लगाएतका लागि ६ करोड, सामाजिक सुरक्षा भत्ता बितरणका लागि ५ लाख, बिनियोजन गरेको जनाइएको छ ।
त्यसैगरी पुँजिगत रकममा तर्फ आर्थिक बिकासमा २ करोड २७ लाख, सामाजिक बिकासमा १ करोड ७० लाख, पूर्बाधार बिकासमा ६ करोड १७ लाख १९ हजार, वन वातावरण र बिपद ब्यवस्थापन, बित्तिय जोखिम न्युनिकिरण र शुसासनमा ८० लख, लागत साझेदारी र जगेडा कोषमा रहेको ३ करोडबाट, गाउँपालिकाको गौरबको आयोजना सञ्चालन गर्ने लक्ष राखि रकम बिनियोजन गरी कुल रकम ४६ करोड ३९ लाख ७७ हजार बिनियोजन गरिएको कुरा उल्लेख गरिएको छ ।

कार्यक्रममा बोल्दै ३ नं प्रदेशका समाजिक बिकास मन्त्री युवराज दुलालले दोरम्बा गाउँपालिका कृषि, पर्यटन र पशुपालनको क्षेत्रमा पर्याप्त सम्भावना बोकेको गाउँपालिका भएकोले पालिकाले त्यसैलाई मुख्य आधार बनाएर विकास गर्नु पर्नेमा जोड दिनुभयो।
त्यसैगरी ३ नं प्रदेश सांसद शान्ति प्रसाद पौडेलले नीति तथा कार्यक्रम सन्तुतिल भएको तर त्यसमा केहि सुधार गर्नुपर्ने अस्था रहेको बताउनुभयो ।
नेकापा रामेछापका अध्यक्ष मैन कुमार मोक्तानले नीति तथा कार्यक्रम राम्रो भए पनि कार्यान्वयनको पाटो फितलो भयो भने गाउँपालिकाले विकासमा देखेको सपना पूरा नहुने बताउनुभयो । नीति तथा कार्यक्रमलाई अक्षरस पालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रका महासंघका पूर्ब अध्यक्ष हिमाल ढुंगेल, पालिका स्तरीय नेकपाका नेता हिरा श्रेष्ठ, गैसस महासंघका उपाध्यक्ष रत्न कडेल, शिक्षक महासंघका उपाध्यक्ष रामलाल तमाङ लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

Share250Tweet10Share3

Related Posts

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

१६ असार २०७६, सोमबार
चिसापनीमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनीमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१६ असार २०७६, सोमबार
वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने
देश

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने

१६ असार २०७६, सोमबार
सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो
देश

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो

१६ असार २०७६, सोमबार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

१६ असार २०७६, सोमबार
मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर
प्रदेश नं ३

मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर

१६ असार २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero