Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खाडादेवीका अध्यक्षको साहासिक काम,तस्कर समाए ठाउँको ठाउँ

superadmin superadmin
१५ पुष २०७९, शुक्रबार
in आधारभूत, देश, प्रदेश नं ३, विविध, समाचार, समाज, स्थानीय सरकार
0
810
SHARES
Share on FacebookShare on Twitter

खाडादेवीका अध्यक्षको साहासिक काम,तस्कर समाए ठाउँको ठाउँ
रामेछाप १५ पुस । रातिको समयमा अबैध रुपमा नदीजन्य सामाग्री चोरी निकासी भैरहेको अबस्थामा खाडादेवी गाउँपालिकाले छापा मारेको छ । बिहिबार राती खाँडादेबी गाउँपालिका १ राकाथुम स्थित खैरेनीपुल नजिकै बाट शुनकोशी नदीको ढुंगा तथा बालुवा अवैध रुपमा चोरी निकासी गरिरहेको अबस्थामा गाउँपालिका आफैले छापा मारेको हो ।
तस्करहरुले अबैध रुपमा रातभर ढुँगा गिटि बालुवा ओसार्ने गरेको भन्ने सुचनाका आधारमा रातिकै समयमा घटना स्थलमा पुगेको गाउँपालिकाका अध्ययक्ष ज्ञान कुमार श्रेष्ठको नेतृत्वमा पुगेको टोलिले छापा मारेपछि उक्त विवरण सार्वजनिक भएको थियो । लामो समय देखि हुने गरेको चोरि निकासिलाई प्रमाणित गराउँदै अध्यक्ष श्रेष्ठले प्रयोगमा आएको गाडि र चालक सहित प्रक्राउ गरि प्रहरिलाई बुझाउनु भएको थियो । बालुवा तथा नदिजन्य बस्तु तस्करी गर्दे गरेको प्रमाण सार्वजनिक गर्दे अध्यक्ष श्रेष्ठले आफनो अभियानलाई सफल बनाउन आम संचार माध्यम र नागरिकहरु संग समेत आग्रह गर्नु भएको छ ।
सो क्रममा पालिकाले ३ वटा ट्रक र बालुवा निकाल्दै आएको अवस्थामा २ वटा स्काभेटरलाई नियन्त्रणमा लिएको छ । नदी किनारबाट स्काभेटर प्रयोग गरेर निरन्तर चोरी निकासी गरेर नदीजन्य सामाग्रीको दोहान गरिरहेको सुचना आईरहेको र त्यसका लागि प्रमाण जुटाउन नसक्दा समस्यामा परी रहेको अबस्थामा तस्करहरुको पहिचान गर्न आफु घटनास्थलमा पुगेको गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले बताउनु भयो । पालिकाको टोलि र प्रहरी सहित चोरी निकासी भएको स्थानमा छापा मार्न पुगेका अध्यक्ष श्रेष्ठले मध्यपहाडी राजमार्ग र नदीलाई नै असर पर्ने गरेर ढुँगा तथा बालुवाको चोरी निकासी गर्दै गरेको अबस्थामा गाडिहरु नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको र छापा मार्दा चालकहरु सवारीसाधन नै छोडेर भागेको भए पनि छापा मार्ने क्रममा भेटिएका स्काभेटर तथा ट्रकलाई प्रहरीको जिम्मा लगाईएको छ ।
कानूनी प्रकृयामा गएर टेन्डरमार्फत नदीजन्य समाग्र्रीको उत्खनन् गर्नुपर्ने र गाउँपालिकाले निर्धारण गरेको तिन हजार रुपौया पैठारी कर अनिवार्य तिर्नुपर्ने गाउँपालिकाको नियमलाई छल्दै तस्करहरुले रातभर नदि उत्खनन् गर्दे आएका थिए यसका लागी पनि नदीजन्य समाग्री उत्खनन् गर्दा अनिवार्य इआईए गनुपर्ने र जेसीबी लगायतका ठुला सवारीसाधनबाट उत्खनन् गर्न नपाईने ब्यवस्था छ । तर सुनकोशी नदीको राकाथुम क्षेत्रबाट नियम बिपरित रातको समयमा नदीजन्य समाग्रीको चोरी निकासीले कानूनी राज्यको उपहास गरेको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताउनु भयो । आफुले चालेको यो अभियानल सहयोग गर्नका लागि उहाँले आम सरोकारवाला हरु संग पनि आग्रह गर्नु भयो ।
पालिका निर्माण गर्ने अभियानमा निरन्तर लागिनै रहेको अबस्थामा यस खालका अबैध काम गर्नै जो कोहिलाई पनि आफुले कानुनी दायरामा ल्याउने र यस खालका चोरी निकासीमा संलग्न भएको ब्यक्ती तथा सवारीसाधनलाइ स्थानीय स्वयतसासन अनुसार कारवाही गरेरै छाड्ने पनि गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
यस्ता घटनामा प्रशासनले जुन सुकै बेला जस्तोसुकै सहयोग गर्न पनि तयार रहेका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताउनु भयोे । उहाँले भन्नु भयो कानुन हातमा लिएर गर्नै जुन सुकै काम पनि राज्यका लागि सह्य हुन सक्दैन् ।

Share324Tweet203Share57

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

१५ पुष २०७९, शुक्रबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१५ पुष २०७९, शुक्रबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१५ पुष २०७९, शुक्रबार
मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

१५ पुष २०७९, शुक्रबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

१५ पुष २०७९, शुक्रबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१५ पुष २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero