Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

६ महिनाको अवधिमा मन्थली नगरपालिकाको खर्च २७ प्रतिशत मात्र

नेपाल अभियान नेपाल अभियान
२५ पुष २०७९, सोमबार
in समाचार, समाज
0
32
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२५ पुष । रामेछाप जिल्लाको मन्थली नगरपालिकाले ६ महिनाको अबधिमा कुल बजेटको २७ प्रतिशत रकम मात्र खर्च गर्न सकेको छ ।

नगरले गत आर्थिक वर्षमा विगत चालु आ ब मा खर्च गर्ने गरी कुल १ अर्ब १३ करोड ५ लाख ४३ हजार ३४ रुपियाँ बजेट विनियोजन गरेको थियो ।
सोमवार नगरपालिकाको १२ औँ अधिवेशनका क्रममा नगरपालिका प्रमुख लव श्रेष्ठले नगरको खर्च विवरणको बारेमा जानकरी गराउनु भएको थियो ।
नगर प्रमुख श्रेष्ठले पुस २२ गतेसम्म चालु तर्फ ७५ करोड ५५ खाल ६९ हजार बजेट रहेकोमा ३४.१४ प्रतिशत अर्थात् २५ करोड ७९ लाख ५१ हजार २८६ रुपियाँ बजेट खर्च भएको जानकारी पनि दिनु भयो । त्यसै गरी नगरले पुँजीगत तर्फ ३७ करोड ४९ लाख ७४ हजार ३४ रुपियाँ बजेट रहेकोमा १३.१५ प्रतिशत अर्थात् ४ करोड ९३ लाख ९ हजार ८५ रुपियाँ सहित २९ करोड ८८ लाख ९० हना। ३ सय ७१ रुपैया मात्र खर्च भएको हो ।
नगरपालिकाले भुक्तानी प्रणालीलाई सहज र पारदर्शी बनाउन डिजिटल माध्यम ई. टि.एफ प्रणालीबाट भुक्तानी प्रकृया सुरु गरिएको,यस आर्थिक वर्षमा पालिकाले ४ करोड ६३ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेकोमा अहिलेसम्म १ करोड ६३ लाख ३२ हजार रुपियाँ आम्दानी र अहिले सम्मको गतिविधिलाई हेर्दा लक्ष्यको तुलनामा आन्तरिक राजश्व सङ्कलनमा विशेष ध्यान दिनुपर्ने आवश्यक रहेको पनि प्रमुख श्रेष्ठले बताउनु भयो ।
पूर्वाधार विकासका लागि नगरपालिकाका १४ वटा वडामा यस वर्ष ३ सय ७६ वटा योजना छुट्टिएकामा १७५ वटा योजना मात्र हालसम्म सम्झौता भएको र ती मध्ये ३६ वटा योजनाको कार्य सम्पन्न भएको बताउनुभयो । कार्यक्रमका अवसरमा उहाँले भन्नुभयो– ‘‘छ महिनाको अवधिमा ५० प्रतिशत बढी योजना सम्झौता नै नहुनु कार्यसम्पादनको हिसाबले सन्तोषजनक देखिएन, यी योजना मध्ये ३ सय १२ वटा योजना ५ लाख रुपैयाँ भन्दा पनि कम रकमका भएकाले साना योजनामा बजेट जाँदा कामको उपलब्धि देखिँदैन ।’’
नयाँ निर्वाचित जनप्रतिनिधि आएपछि नागरिकको गुनासो सुन्न टोल फ्री नं व्यवस्था गरिएको,सेवालाई थप प्रभावकारी र पारदर्शी बनाउने व्यवस्था मिलाइएको,आवधिक योजना,नगर यातायात गुरुयोजना,सङ्गठनात्मक र व्यवस्थापन सर्वेक्षण योजना, बालमैत्री नगर स्थापनाको योजना लगायतका बिषयहरुमा भने काम भइरहेको उहाँले बताउनुभयो । कृषिमा रैथाने बाली प्रवर्धन,सुन्तला जात फलफूल पकेट क्षेत्रका लागि कृषक समूह छनौट,प्राविधिक शिक्षामा सहयोग लगायतका काम भने उहाँले उपलब्धिका रुपमा रहेको बताउनुभयो ।
स्वास्थ्य सेवा प्रवर्धनका लागि शिविरहरू सञ्चालन, सर्जिकल उपचार,गाइनोलोजी र खोप सेवा तथा प्रयोगशाला व्यवस्थापन लगायतका काम भएको उहाँले जानकारी दिनुभयो । दीर्घ रोगीलाई निःशुल्क औषधी र उपचारको लागि उपचार खर्च प्रदान गरिएको, मन्थली अस्पतालमा आँखा उपचार सेवा सुरु गरिएको, गर्भवती र सुत्केरी महिलालाई उपचारमा आउँदा, जाँदा र रिफर गर्दा निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाइएको पनि उहाले कार्यक्रमका अबरमा जानकारी गराउनुभयो । सामुदायिक शिक्षा सुधारको लागि अगं्रेजी, गणित र विज्ञान विषयको सिकाइ उपलब्धि मूल्याङ्कनको काम सुरु गरिएको,स्काउट शिक्षक तयार गरिएको, शिक्षा सुधारको ३१ बुँदे साझा प्रतिबद्धता घोषणा गरी कार्यान्वयनमा लगिएको बताउनुभयो । न्यायिक समितिमा यस अवधिमा २२ वटा उजुरी परेको मा चार वटा मिलापत्र भएका र बाँकी १८ वटा फछ्र्याैट प्रक्रियामा रहेको र यो विचमा पालिकाको कार्य सम्पादन सहजताको लागि चार वटा कार्यविधि र एउटा नीति जारी गरेको भन्दै यसलाई पनि उहाले नगरको उपलब्धिका रुपमा लिनुभयो ।
कार्यक्रमका अबसरमा नगरले हासिल गरेको उपलब्धि र प्रभावकारी कार्य सम्पादनमा नगरले गर्नु पर्ने थप कार्यको वारेमा पनि जानकारी गराइएको थियो ।

Share13Tweet8Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२५ पुष २०७९, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२५ पुष २०७९, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२५ पुष २०७९, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२५ पुष २०७९, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२५ पुष २०७९, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२५ पुष २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero