Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

हिमपातको प्रभावले कृषि र पर्यटनमा बृद्धि

नेपाल अभियान नेपाल अभियान
२५ माघ २०७७, आईतवार
in कृषि, पर्यटन, प्रदेश नं ३, समाचार
0
68
SHARES
Share on FacebookShare on Twitter
                   

रामेछाप २५ माघ । यस वर्षको पहिलो पटक परेको हिमपातले रामेछापका लेकाली उच्च लेकाली भुभागमा बस्ने कृषकहरुलाइ राहत पुगेको छ । लामो समय देखि बर्षाद र हिउँ नपर्दा आहात भएका कृषकहका लागि हिँउको बृष्टि राहत बनेको हो । जिल्लाको उच्च लेकाली भुभागमा शनिवारबाट शुरु भएको हिमपात आईतबार पनि जारी रहेको स्थानियहरुले बताएका छन् । बर्षाद संगै हिउँ परेपछि उच्च भु भागमा लगाईएको तरकारी लगायतका विभिन्न किसिमका बालीहरुलाई पनि राहत मिलेपछि कृषकहरुमा राहत मिलेको दोरम्वा गाउँपालिका वडा नं–१ खोलाखर्कका दावा शेर्पाले जानकारी दिनु भयो ।
बिगत वर्षहरुमा समयमा नै वर्षाद संगै हिमपात पनि हुने हुँदा त्यसबाट कृषकहरुलाई राहतको अनुभुति गर्ने गर्दथ्यो । तर यसवर्ष भने जिल्लाको उच्च लेकाली भुभाग उमाकुण्ड गाउँपालिकाको गुम्देल, वाम्ती, देउराली, चुचुरे लगाएतको क्षेत्रमा हिमपात भएको छ ।त्यसैगरी दोरम्वा गाउँपालिकाको गौश्वारा, डडुवाको शैलुङ्ग र खोलाखर्क क्षेत्रमा भिषण मात्रामा हिमपात भएको हो । गएको वर्ष भन्दा यस वर्ष धेरै ढिलो गरी हिउँ परेकोले कृषकहरुलाई मात्र । अहिले शैलुङ्ग क्षेत्रमा हिमपात भएसँगै हिउँमा खेल्न आउने आन्तरिक पर्यटकहरुको संख्यामा उल्लेख्य बृद्धि भएको बताए ।


उच्च लेकाली भुभागमा वर्षात सँगै हिमपात भएपछि त्यस क्षेत्रमा रहेका चौरीगाईहरु अहिले बेशी भुभागमा सारिएको छ । हिमपातका कारण चरन क्षेत्रसमेत प्रभावित भएको र अत्याधिक मात्रामा चिसो वढेकाले चौरीहरु बेसी भुभागमा सारिएको त्यस क्षेत्रका चौरीपालक किसानहरुले बताएका छन् । लेकाली भुभागमा वर्षात र हिमपात सँगै अत्याधिक मात्रामा चिसो वढेपछि त्यस क्षेत्रका सामुदायिक विद्यालयहरु समेत प्रभावित भएका छन् । अत्याधिक चिसोका कारण विद्यालयमा अध्ययनरत साना बालबालिकाहरु विद्यालयमा आउन छाडेका हुन् । चिसो वढी भएकाले जेष्ठ नागरिक, साना बालबालिका, सुत्केरी महिला र दिर्घ रोगीहरु बढी मात्रामा प्रभावित भएको उमाकुण्ड गाउँपालिका वडा नं–१ गुम्देलका दानी शेर्पाले बताउनु भयो ।

Share27Tweet17Share5

Related Posts

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

२५ माघ २०७७, आईतवार
रामेछाप नगरपालिकाको खर्च ८३ प्रतिशत मात्र
समाचार

रामेछाप नगरपालिकाको खर्च ८३ प्रतिशत मात्र

२५ माघ २०७७, आईतवार
सुवेदी कल्याण प्रतिष्ठान रामेछापमा नयाँ नेतृत्व
समाचार

सुवेदी कल्याण प्रतिष्ठान रामेछापमा नयाँ नेतृत्व

२५ माघ २०७७, आईतवार
विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन
राजनीति

विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन

२५ माघ २०७७, आईतवार
बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान
कारोबार

बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान

२५ माघ २०७७, आईतवार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

२५ माघ २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.