रामेछाप ,१६ पुष । रामेछाप सास्कृतिक कलाकार समाजले यहि पुष १७ र १८ गते का लागि आयोजना गरेको स्रष्टा सम्मान तथा बृहत सास्कृतिक कार्यक्रम –२०७८ एबं चौथो जिल्ला अधिबेशनको अन्तिम तयारी पुरा भएको जनाएको छ ।
समाजले शुक्रवार मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी गराएको हो ।
कार्यक्रमका असबरमा बोल्दै बोल्दै केन्द्रीय कलाकार समाजका बरिष्ठ उपाध्यक्ष कुमार कार्कीले शनिवार हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय स्तरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहनु साथै बिभिन्न जातिय समुदायको सास्कृतिक झाँकी तथा मौलिक भेषभुषा प्रदर्शनी,मौलिक गायन वादन तथा लोक नृत्य प्रस्तुत हुने बताउनुभयो । उहाले यस अघि पनि समाजले कहिले काठमाण्डौमा त कहिले जिल्लामै कार्यक्रम गर्ने गरेको भएपनि यो पटकको कार्यक्रम नयाँ वर्ष जनवरी १ तारेख को अबसर पारेर अलि भब्यताका साथ गर्ने तयारी भएको जानकारी गराउनुभएको थियो ।
सो अबसमा बोल्दै रामेछाप कलाकार समाजका अध्यक्ष पौडेलले जिल्ला समन्वय समितिको प्राङ्गडमा हुने उक्त कार्यक्रमको उद्घाटन संघिय सांसाद श्याम कुमार श्रेष्ठ (कुशल) श्रेष्ठले गर्नु हुने र सो अबसरमा बिभिन्न स्रस्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको बताउनुभयो । उहाँले बिभिन्न पालिका बाट ब्यानर सहित आएका झाँकी सहितको रयालीले मन्थली बजार परिक्रमा पश्चात मञ्चको कार्यक्रम गर्ने र दोस्रो दिन आन्तरिक रुपमा संस्थाको बन्द सत्र र नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको पनि जानकारी दिनुभयो ।
कार्यक्रमका अबसरमा बोल्दै पत्रकार महासंघका अध्यक्ष बद्रि नयाँघरेले पत्रकाहरुले कलम बाट र कलाकारले गीत र प्रहशन मार्फत मुलुको बर्तमान राजनैतिक अबस्थालाई चिराफारा गर्ने भएकोले पत्रकार र कलाकार बिच नङ र मासुको जस्तो सम्बन्ध रहेको बताउनु भयो । उहाले भन्नुभयो– “मुलुकको सरकार, राजनैतिक दल र सांसदहरु पत्रकार र कलाकार सँग मात्र डराउने भएकाले उनीहरुलाई सहि दिशामा हिडाउन कालाकाहरुको पनि उत्तिकै महत्वपुर्ण भुमिका हुनुपर्दछ ।” कलाकराहरुले गर्न लागेको कार्यक्रमको पर्याप्त समाचार प्रकाशन र प्रसारण गर्नकै लागि अधिकांस मिडियाहरु यो कार्यक्रमका लागि मिडिया पार्टनर बनेको हुँदा पत्रकारहरुले उल्लेख्य रुपमा समाचारहरु प्रकाशन र प्रशारण गर्ने कुरामा ढुक्क रहन आयोजनलाई अनुरोध गर्नुभयो ।
यो बारेमा तपाईको प्रतिकृया