रामेछाप २८ फागुन । रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा
गठबन्धनको तर्फबाट अध्यक्ष पदका उमेद्वार बनेका नविन थापा मगरको प्यानले अत्याधिक मत प्राप्त गरि विजयी भएको छ ।
शनिवार मन्थलीमा भएको मतदानमा प्रकयामा नेकपा एमालेको एक्लै प्यानल र नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरू विच भएको दुई पक्षिय प्रतिस्पर्धामा गठबन्धन टीमका नवीन थापा मगरको समूहलेनै विजयी माला पहिरन सफल भएको थियो ।
निर्वाचनबाट अध्यक्षमा विजयी थापामगरले कुल ६ सय ७१ मत पाएका थिए भने उहाँका निकटम प्रतिद्वन्द्वी नवराज ढुङ्गेलले ५सय ३९ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा प्रकाश कुमार श्रेष्ठ ६४१ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्द्वी सुमिका श्रेष्ठले ५६२ मत पाउनु भएको छ ।
त्यसैगरि वाणिज्य उपाध्यक्षमा राम सुदिश साह सोनार विजयी हुनु भएको छ । उहाँले ६ सय ५५ मत ल्याउँदा उहाँका निकटतम् प्रतिस्पर्धी रामहरि उप्रेतीले ५ सय ३७ मत प्राप्त गर्नु भएको थियो । त्यसैगरि उद्योग उपाध्यक्षमा आकाश रिजालले ६ सय ५२ मत प्राप्त गर्नु भएको थियो । प्रतिपर्धामा निकटतम् प्रतिद्धन्दि चन्द्रबहादुर मानन्धरले ५ सय ३८ मत प्राप्त गर्नु भएको थियो ।
त्यस्तै महासचिवमा विजयी कुमार श्रेष्ठले ६ सय ९ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी सुरेश उदासले ५ सय ८५ मत ल्याउनु भएको थियो । त्यस्तै सचिवमा गठबन्धनकै यज्ञप्रसास सुवेदीले ६ सय ९९ र कोषाध्यक्षमा झनकबहादुर बुढाथोकी (उत्तम) विजयी हुनु भएको छ ।
त्यसैगरि आजिवान सदस्यमा प्रमोदकुमार श्रेष्ठ ६सय ५०, महिला सदस्यमा जया सुवेदीले ६सय ७६ मत पाएर निर्वाचित भएका छन् भने खुल्ला सदस्यमा क्रमशः गठबन्धनकै अर्विनकुमार श्रेष्ठ ६सय २२,राजु श्रेष्ठ (विजय) ६सय ३०, वासुदेव फुयाँल ७ सय १९, श्यामकुमार श्रेष्ठ ६सय ८० र हरेराम क्षेत्री ६सय १९ मत ल्याएर निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ ।
आईतबार विहान परिणाम घोषणा भए संगै फुल माला सहित निस्किएको विजयी टीमले बाजा गाजा सहित बजार परिक्रममा गरि आम मतदाता र ब्यवसायीहरुलाई धन्यबाद दिएका थिए । विजयी जुलुसमा सहभागि नब निर्वाचित अध्यक्ष नविन कुमार थापा मगरले आफनो र आफनो पक्षको जितबाट सबैको जित भएको भन्दै मतदाताहरुलाई धन्यवाद दिनु भएको थियो । उहाँले ब्यवसायीहरुको हक हित र अधिकारका लागि आफुहरु सबै संग मिलेर जान तयार रहेको प्रतिकृया दिनु भयो ।

यो बारेमा तपाईको प्रतिकृया