३ भदौ, २०७६
मन्थली- नबजागरण बचत तथा ऋण सहकारी संस्था मन्थलीले गत आर्थिक बर्ष २०७५/७६ मा १ करोड ४१ लख ६ सय ४७ रुपैया नाफा कमानउ सफल भएको छ । संस्थामा भएका कुल ५ हजार ९ सय ९ जना शेयर सदस्यहरुबाट संकलन गरिएको निक्षेप लाई ऋण लगानी गरी उक्त रकम नाफा भएको संस्थाका अध्यक्ष श्याम थापाले जानकारी दिनुभयो ।
नवजागरण बचत तथा ऋण सहकारी संस्थाले सोमबार मन्थलीमा आयोजना गरेको पत्रकारहरुसँगको अन्तरकृया कार्यक्रममा उहाँले नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन) ले आफ्नो ३२औं स्थापना दिवसका अबसरमा नवजागरण ३ नं प्रदेशकै उत्कृष्ट सहकारीको घोषणा गरिएको जानकारी गराउनुभयो ।
२०५५ साउन १२ गते बिधिबत रुपमा दर्ता गरी साविक मन्थली गाविसको वडा नं ८ का महिलाहरुलाई लक्षित गरी संञ्चालनमा ल्याइएको सहकारीले हाल सदस्यता राहत कार्यक्रम, सदस्यहरुको दुर्घटना बिमा, सदस्य अबलोकन भ्रमण, जेष्ठ बचत र बाल बचत, सुरुक्षित मातृत्व कार्यक्रम, शेयर सदस्यका बालवालिकाहरुलाई सुरक्षित बाल भबिश्य हितकोष जस्ता योजनाहरुमा रहेर काम गरिरहेको संस्थाका ब्यवस्थापक रमेश उदाशले जानकारी गराउनुभयो ।
कार्यक्रममा पत्रकारहरुले नवजागरण साकोसले कमाएको नाफाबाट सामाजिक काम पनि केही खर्च गर्न सुझाब दिएका छन् ।
यो बारेमा तपाईको प्रतिकृया