मन्थली,२१ माघ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायि महासंघ जिल्ला शाखा रामेछापले १२ औं राष्ट्रिय पुस्तक दिवस, एवं श्री पञ्चमी (सरस्वती पूजा) को अबसर पारेर सोमबार जिल्ला कारागार कार्यालय रामेछापमा विभिन्न खालका पुस्तक तथा स्टेशनरीहरु हस्तान्तरण गरेको छ ।
कैदी वन्दिहरुलाई पढन् सहज होस भन्ने उद्देश्यले आफ्नो संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत पुस्तक तथा स्टेशनरी सामानहरु बितरण गरिएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायि महासंघ रामेछापका अध्यक्ष सुजन घिमिरेले बताउनुभयो ।
जिल्लामा रहेका दिक्षित स्टेसनरी, मिलिजुली पुस्तक तथा स्टेसनरी पसल, जे.एन पुस्तक पसल, सहयात्री इन्टरप्राइजेज, घिमिरे पाठ्यपुस्तक तथा शैक्षिक सामाग्री केन्द्रलगाएतका पसलहरुवाट पुस्तक तथा स्टेशनरी सामानहरु संकलन गरी करिव ३० हजार मुल्य बराबरको पुस्तक तथा स्टेशनरी सामानहरु जिल्ला कारागार
कार्यालयका प्रमुख रुपलाल तामाङलाई महासंघका शाखा अध्यक्ष सुजन घिमिरेले हस्तान्तरण गर्नु भएको थियो ।
पुस्तक ग्रहण गर्दै जेलर तामाङले नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायि महासंघको यो रचनात्मक काम प्रति मुक्त कण्ठले प्रसंशा गर्दै आगामी दिनमा पनि यस्ता समामजिक कामहरु गर्न अनुरोध गर्नुभयो ।
उहाले यसरी प्राप्त भएका पुस्तकहरुलाई आफ्नो कार्यलयमा भएको पुस्तकालयमा राखि हिरासतमा रहेका थुनुवाहरुलाई पढ्न उपलब्ध गराउने बताउनुभयो ।
कार्यक्रममा पुस्तक तथा स्टेसनरी व्यवसायि महासंघका पदाधिकारीहरु एबं सदस्यहरुको उपस्थिति रहेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया