
मन्थली, ५ पुष । रामेछाप जिल्लाको उमाकुण्डा गाँउपालिका वडा नं ६ भुजिमा निर्मित प्रहरी चौकीको भवन शुक्रवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।
बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछानेले उक्त भवनको उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै यस्ता भवनहरुले प्रहरीहरुको कार्य सम्पादनमा सहज भई गाँउको शाति सुरक्षा मजवुद बनाउन सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय
हेटौँडाका प्रमुख प्रहरी नयब महानिरीक्षक कुष्ण हरि शर्मा बागमती प्रदेश सभाका सांसद एबं उद्योग पर्यटन तथा वातावरण समितिका सभापति, आनन्द कुमार श्रेष्ठ,उमाकुण्ड गाउँपालिकाका
अध्यक्ष शेर बहादुर सुनुवार ज्यू , प्रमुख जिल्ला अधिकारी श्री राजु प्रसाद पौडेल , रामेछाप प्रहरी प्रमुखहरू , सुरक्षा िनकायका विभन्न् ब्यक्तिहरूकाे उपस्थिति रहेको थियो ।
कार्यक्रमका अबसरमा नवनिर्मित प्रहरी चौकी भुजी, रामेछापको प्रशासनिक भवन निर्माणमा योगदान र्पुयाउनु हुने निर्माण व्यावसायी एवं प्रहरी कर्मचारीहरुलाई प्रमुख अतिथिबाट प्रशंसा पत्र तथा जग्गादाताहरुलाई दोसल्ला सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया