Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

साधारण सभा पछि बार्षिक कामको समिक्षा गर्दै मन्थली बचत

बद्री नयाँघरे बद्री नयाँघरे
७ आश्विन २०७६, मंगलवार
in कारोबार
0
134
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– निर्धारीत समयमा २२ औ वार्षिक साधारण सभा सकेको मन्थली साकोसले मंगलबार आफ्नो कार्यालयमा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी वार्षिक कामको समिक्षा गरेको छ । सहकारीले एक वर्षको अवधिमा संचालक समितिले संस्थागत विकास र शेयर सदस्यहरुका पक्षमा संस्थाले गरेका काम, आम्दानी तथा खर्चको अवस्था र भावी कार्य योजनाका बारेमा जानकारी गराएको हो । मन्थली बचतले गत साधारण सभाबाट प्राप्त म्यानडेट र संचालक समितिले तय गरेको पूर्व निर्धारित पात्रो अनुसार गरेको कामका बारेमा संस्थाका सचिव गोविन्द घिमिरे जानकारी गराउनु भएको थियो ।

तमाकोशि सेवा समितिमा कार्यरत तत्कालीन ११ जना अगुवाहरुले थोरै रकम बचत गरि सुरु गरेको उक्त संस्थामा हाल १२ हजार आठ सय ५३ को सदस्य रहेका छन् । ११ हजार पुँजीबाट बचत तथा ऋण लगानी मार्फत आर्थिक तथा सहकारी विकासको अभियानमा जुटेको सहकारीले हाल सम्म आफ्ना सदस्यहरुको आर्थिक तथा सामाजिक विकासको क्षेत्रमा निकै ठुलो योगदान पुर्याएको र यसले जिल्लाको सहकारी आन्दोलनमा अग्रणि भूमिका निर्वाह गर्दे आएको पनि सचिव घिमिरेले जानकारी गराउनुभयो ।

साकोसले रामेछाप र मन्थली नगरपालीकाका १६ वटा वडालाई आफ्नो कार्यक्षेत्रको रुपमा काम गर्दे आएको र आगामि दिनमा दुबै नगरपालिकाका सबै वडामा कार्यक्रम लैजाने तयारी गरी रहेको जानकारी पनि पत्रकार सम्मेलनमा गराईएको थियो । गत बर्षको ९६औ अन्तराष्ट्रिय सहकारी दिबस तथा २५ औ राष्ट्रिय सहकारी दिबको अबसरमा राष्ट्रिय सहकारी महासंघ लि बाट ३ नं प्रदेशको उत्कृष्ठ सहकारीका रुपमा सम्मान र पुरस्कार प्राप्त गरेको र गत आर्थिक वर्षमा नै भारतको हिमाञ्चल प्रदेशको सहकारीबाट अन्तराष्ट्रिय स्तरको सहकारी पुरस्कार प्राप्त गरे पछिका दिनमा संस्थाले थप जिम्मेवारी वोध गरेर उत्साहवद्र्धक तरिकाले काम गरि रहेको सचिब घिमिरेले बताउनुभयो । त्यस्तै सदस्यहरुको सहजतालाई ध्यानमा राखेर आइ एम ई सेवा, एटी एम सेवा, लगायतका विभिन्न प्रविधि युक्त सेवा ल्याउने तयारीमा गरी सहकारी लागी परेको बताउनुभयो ।

त्यसै गरि साकोसले गत आर्थिक बर्ष २०७५÷७६ मा कुल सम्पत्ति ८० करोड ४० लाख ७१ हजार १ सय दुइ रुपैयाँ रहेको, ५८ करोड ३९ लाख ७ हजार ३ सय सैतीस रुपैयाँ ऋण लगानी भएको, ६२ करोड ७९ लाख ४४ हजार १ सय चवालिस रुपैयाँ बचत संकलन भएको र ७ करोड १ लाख १९ हजार रुपैया शेयर पुँजी संकलन गरेको छ । पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष ध्रुब प्रसाद सुवेदीले संस्थाको काम र काम प्रतिको सरोकारीको मुल्यंकनले संस्थालाई उत्साहित गराएको भन्दै भविष्यमा संस्थाको विकासमा आफुहरुले कुनै पनि कसुर नराख्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

पत्रकार सम्मेलनमा यस अघि संस्थाको २२ औं वार्षिक साधरण सभाबाट सम्मानित हुनुभएका पत्रकार दीपक भट्लाई संस्थाका अध्यक्ष ध्रुब प्रसाद सुवेदीले नगद ५ हजार, ढाकाको खादा र सम्मान पत्रद्धारा सम्मान गर्नुभएको छ ।

Share99Tweet15Share4

Related Posts

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा नव निर्वाचित टिमलाई सम्मान
कारोबार

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा नव निर्वाचित टिमलाई सम्मान

७ आश्विन २०७६, मंगलवार
नवनिर्वाचित पदाधिकारीहरुको सपथ तथा पदस्थापन
कारोबार

नवनिर्वाचित पदाधिकारीहरुको सपथ तथा पदस्थापन

७ आश्विन २०७६, मंगलवार
बासु फुयाँलको ७ सय १९मत कस कसले कति ल्याए
कारोबार

बासु फुयाँलको ७ सय १९मत कस कसले कति ल्याए

७ आश्विन २०७६, मंगलवार
रामेछाप उद्योग वाणिज्य संघमा नविन थापा मगरको प्यानलनै विजयी
कारोबार

रामेछाप उद्योग वाणिज्य संघमा नविन थापा मगरको प्यानलनै विजयी

७ आश्विन २०७६, मंगलवार
रामेछाप उद्योग बाणिज्य संघको मत गणना बेलुकि ८ बजेबाट
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको मत गणना बेलुकि ८ बजेबाट

७ आश्विन २०७६, मंगलवार
रामेछाप उद्योग बाणिज्य संघका उमेद्वार थापा मगरद्धारा आफुलाई कालो सूचिमा परेको देखाउन चुनौति
कारोबार

रामेछाप उद्योग बाणिज्य संघका उमेद्वार थापा मगरद्धारा आफुलाई कालो सूचिमा परेको देखाउन चुनौति

७ आश्विन २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.