Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

निलकण्ठेश्वर बचतले पूरा गर्यो १९ वर्ष, पचास लाख माथिको कारोबार

नेपाल अभियान नेपाल अभियान
१४ आश्विन २०७६, मंगलवार
in कारोबार
0
74
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– जिल्लाको मन्थली नगरपालिका ३ कठजोरमा रहेको निलकण्ठेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १९ आंै वार्षिक साधारण सभा एक औपचाकि कार्यक्रमका साथ सम्पन्न गरेको छ । सहकारीले मंगलवार निलकण्ठेश्वर मावि कठजोरको हाता भित्र आफ्नो साधारण सभा सम्पन्न गरेको हो ।

१९ वर्ष अघि संस्थाका वर्तमान अध्यक्ष गुन्ज बहादुर श्रेष्ठ लगाएतका २७ जना अगुवाहरुले एक–एक हजार बचत गरेर आरम्भ गरेको उक्त सहकरी संस्थाले हाल सम्म ३ सय १४ जना शेयर सदस्य पु¥याएको छ । साधारण सभामा सचिब रामचन्द्र अधिकारीले साँगठनिक प्रतिबेदन र कोषाध्यक्षको तर्फबाट व्यवस्थापक केदार न्यौपानेले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । हाल सहकारीमा कुल शेयर सदस्य ३ सय १४ जना रहेकोे उक्त सहकारीले गत आर्थिक वर्षमा ५० लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार गरीरहेको छ । सहकारीले गत आर्थिक वर्षमा कुल १ लाख ५१ हजार मुनाफा कमाउन सफल भएको व्यवस्थापक केदार न्यौपानेल जानकारी गराउनु भएको छ ।

साधारण सभाको उद्घाटन बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामेछापका पूर्व जिल्ला अध्यक्ष गोविन्द घिमिरेले गर्नुभएको थियो । साधारण सभाको उद्घाटनका क्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले सामाजको विकासका लागि सहकारी अनिवार्य भएको भन्दै यसको आर्थिक तथा संस्थागत विकासका लागि संचालकहरुलाई ईमान्दार भएर संस्थालाई अगाडी बढाउन आग्रह गर्नुभएको छ । उहाँले सबै शेयर सदस्यले सहकारी के हो ?, कसका लागि सहकारी, सहकारीको फाईदा र बेफाईदाका बारेमा पनि अनिवार्य रुपमा जानकारी लिनु पर्ने बताउनुभयो ।

साधारण सभाका अवसरमा असल ऋणी, असल वचतकर्ता र असल अध्ययन गर्ने शेयर सदस्यका बालवबलिकालाई पनि सम्मान गरिएको छ । संस्थाका अध्यक्ष गुन्ज वहादुर श्रेष्ठको अध्यक्षतामा भएको उक्त साधरण सभामा जिल्ला सहकारी संघका कार्यवहाक अध्यक्ष हिमाल ढुंगेल, मन्थली बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष टिका भट्ट, साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक सदस्य वद्री नयाँघरे लगायतका वक्ताहरुले निलकण्ठेश्वर साकोसले गाउँको आर्थिक विकासमा खेलेको भूमिकाको बारेमा चर्चा गरेका छन् । उनिहरुले शेयर सदस्यहरुलाई पनि संचालकहरुले खेल्नु भएको भूमिकाको बारेमा सहि ढंगले खबरदारी गर्न आग्रह गरेका छन् ।

Share30Tweet19Share5

Related Posts

रामेछाप जिल्ला बचतको साधारण सभा सम्पन्न
कारोबार

रामेछाप जिल्ला बचतको साधारण सभा सम्पन्न

१४ आश्विन २०७६, मंगलवार
कृति समिक्षामा सयपत्रीको ‘माला’
कारोबार

कृति समिक्षामा सयपत्रीको ‘माला’

१४ आश्विन २०७६, मंगलवार
बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान
कारोबार

बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान

१४ आश्विन २०७६, मंगलवार
रामेछाप कारागारमा पुस्तक हस्तान्तरण
कारोबार

रामेछाप कारागारमा पुस्तक हस्तान्तरण

१४ आश्विन २०७६, मंगलवार
मन्थलीमा कृषि,पर्यटन,औद्योगिक मेला प्रदर्शनी सुरु
कारोबार

मन्थलीमा कृषि,पर्यटन,औद्योगिक मेला प्रदर्शनी सुरु

१४ आश्विन २०७६, मंगलवार
घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे
कारोबार

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे

१४ आश्विन २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.