Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली बचतको २३ वर्षे यात्राः कुल पूँजी ८५ करोड, चालु आर्थिक वर्षमै अर्ब पुर्‍याउने लक्ष्य

बद्री नयाँघरे बद्री नयाँघरे
२० माघ २०७६, सोमबार
in कारोबार
0
313
SHARES
Share on FacebookShare on Twitter

मन्थली- बरिष्ठ साहित्यकार स्व. जगदीश घिमिरेको अगुवाईमा २०५४ सालमा रामेछापको मन्थलीमा स्थापना भएको मन्थली बचत तथा ऋण सहकारी संस्थाको २३ वर्षे यात्रामा ८५ करोड रुपैयाँ कुल पूँजी भएको छ ।

स्व. घिमिरेलेनै स्थापना गरेको तामाकोशी सेवा समितिमा कार्यरत ११ जना अगुवाहरुले ११ हजार पूँजीबाट बचत तथा ऋण लगानी मार्फत आर्थिक तथा सहकारी विकासको अभियानमा जुटेको सहकारीले २३ वर्षको यात्रामा ८५ करोड पूँजी पुर्‍याउन सफल भएको हो ।

२३ औं स्थापना दिवसको अवसरमा सोमबार आयोजन गरिएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष टीकाप्रसाद भट्टले २०५४ सलामा दर्ता भएको सहकारीले २३ वर्षको यात्रमा ८५ करोड कुल पूँजी, साँढे ६७ करोड बचत, ८ करोड ७० लाख शेयर रकम र ६२ करोड रुपैयाँ ऋण लगानी गरेको जानकारी गराउनुभएको छ । हाल १३ हजार १८ जना कुल सदस्य भएको सहकारीले चालु आर्थिक वर्षको अन्तिम सम्ममा एक अर्ब कुल पूँजी पुर्‍याउने लक्ष्य राखेको पनि कोषाध्यक्ष भट्टले बताउनुभयो ।

संस्थाका अध्यक्ष ध्रुब प्रसाद सुवेदीले सहकारी स्थापना गर्ने स्व. जगदीश घिमिरेलाई सम्झँदै उहाँले सहकारी मार्फत समाज विकासमा देखेका सपनाहरु पूरा हुँदै गएको बताउनुभयो । कम आर्थिक अवस्था भएका नागरिकहरुको आर्थिक अवस्था मजबुद बनाउनको लागि स्थापना गरिएको सहकारीले आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिने अध्यक्ष सुवेदीको भनाई रहेको छ ।

सहकारीका सचिब गोविन्द घिमिरेले सदस्यहरुको कामलाई सहज रुपमा संचालन गर्नको लागि सहकारीले आधुनिक प्रविधिहरुको प्रयाग गरेर सेवा संचालन गरीरहेको बताउँदै सदस्यहरुलाई थप सहज हुनेगरी एटिएमको समेत व्यवस्थ गर्ने काममा सहकारी अगाडि बढेको जानकारी गराउनुभयो । त्यस्तै सहकारीका सदस्यहरुको स्वास्थ्य अवस्थालाई ख्याल गरी यहि फागुन महिनामा सहकारीको आयोजनामा स्वास्थ्य सिविर संचालन गरिने पनि उहाँले बताउनुभयो ।

सहकारी संस्थाका अध्यक्ष ध्रुब प्रसाद सुवदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सदस्य बद्री नयँघरे र नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले सहकारीले २३ वर्ष पूरा गेको खुसीयालीमा शेयर सदस्य र संचालका समितिका पदाधिकारीलाई बधाई दिँदै आगामी वर्षहरुमा सहकारीले आफ्ना सदस्यहरुको हितमा काम गर्नु पर्नेमा जोड दिएका छन् । सहकारीले सदस्यहरुको आर्थिक अवस्थालाई थप मजबुद बनाउन सहयोग पुग्ने गरी आगामी कार्यक्रमहरु तय गर्नु पर्नेमा उनीहरुको जोड रहेको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष रामचन्द्र वियोगी र लेखा सुपरिवेक्षण समितिका संयोजक टंक प्रसाद दाहालले पनि आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा सहकारीका सदस्य, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

Share254Tweet25Share7

Related Posts

रामेछाप जिल्ला बचतको साधारण सभा सम्पन्न
कारोबार

रामेछाप जिल्ला बचतको साधारण सभा सम्पन्न

२० माघ २०७६, सोमबार
कृति समिक्षामा सयपत्रीको ‘माला’
कारोबार

कृति समिक्षामा सयपत्रीको ‘माला’

२० माघ २०७६, सोमबार
बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान
कारोबार

बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान

२० माघ २०७६, सोमबार
रामेछाप कारागारमा पुस्तक हस्तान्तरण
कारोबार

रामेछाप कारागारमा पुस्तक हस्तान्तरण

२० माघ २०७६, सोमबार
मन्थलीमा कृषि,पर्यटन,औद्योगिक मेला प्रदर्शनी सुरु
कारोबार

मन्थलीमा कृषि,पर्यटन,औद्योगिक मेला प्रदर्शनी सुरु

२० माघ २०७६, सोमबार
घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे
कारोबार

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे

२० माघ २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.