रामेछाप- आफ्नो कर्मथलोमा सदस्य शिक्षा अभियान सुरु गरेको साहारा बचत तथा ऋण सहकारी संस्थाले सदस्यता शिक्षा अन्तरगत टोलटोलमा साहारा अभियान संचालन गरेको छ । संस्थाले पहिलो चरणमा मन्थली नगरपालिकाको मन्थली, रामेछाप नगरपालीकाको ८ वडा नम्बर रामेछाप र वडा नम्बर ७ सुकाजोरमा संचालन गरेको सदस्यता शिक्षा कार्यक्रम अन्र्तगत करिब एक हजार भन्दा बढि शेयर सदस्य लाभान्वित भएका छन् ।
अभियान अन्र्तगत संस्थागत विकासमा भएका प्रगतिका बारेमा आफ्ना शेयर सदस्यलाई जानकारी गराउनुका साथै ऋण तथ लगानीको अवस्थाका बारेमा छलफल भएको थियो । संस्थाले सदस्यहरुलाई संस्थाको सकरात्मक र नकरात्मक दुबै धारणा बुझ्ने र उनिहरुलाई सहज रुपमा समाधानको बाटो मार्फत निकास दिलाउने उदेश्यले पनि अभियान संचालनन गरिएको संस्थाका व्यवस्थापक किरण सागर घिसिङ्गले जानकारी दिनुभयो ।
कार्यक्रममा ऋण लगानी तथा असूलीको अवस्था शेयर वृद्धि लगाएत संस्था संचालनको विविध विषयमा संस्थाका अध्यक्ष मिलन कुुमार घिसिङ्गले जानकारी गराउनुभएको थियो । अभियानका क्रममा अध्यक्षले साहारा बचतलाई शुसासन र पारदर्शि संस्थाका रुपमा विकास गर्ने अभियानमा आफुहरु लागेको भन्दै सरकारले ल्याउन लागेको एक ब्यतिm एक सहकारीको नितिलाई आत्मासात गरेर अघि बढ्न पनि आग्रहरु गर्नुभएको छ ।
अभियान अन्र्तगत सबै जसो कार्यक्रममा पुगेका अध्यक्ष मिलन कुुमार घिसिङ्गले संस्थाद्वारा प्रदान गरिने सेवाहरु र संस्थाको नीति नियमवालीमा लक्षित समुदायमा बसोवास गर्ने शेयर सदस्य, नीजको घर परिवार र समुदायमा बसोबास गर्ने अन्य व्यक्तिहरुलाई बुझाउने प्रयास गर्नुभएको छ । त्यसै गरी संस्था र सदस्यहरु बीचको सम्वन्धलाई थप सुमधुर र सुदृढ बनाउने समेत उद्देश्य रहेको छ ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष शिबराज श्रेष्ठले संस्थाको वितिय प्रगदितका बारेमा शेयर सदस्यहरुलाई जानकारी गराउनुभएको छ । उहाँले संस्थाले संचालन गरेका सदस्य शिक्षा अभियानले संस्थगत विकासमा सकरात्मक प्रभाव पर्नुका साथै यसबाट सदस्यहरुमा संस्थागत पारदर्शिता र संस्थामा अपनत्वको भावना विकास हुने धारणा राख्नुभयो ।
अभियानको क्रममा १८ लाख ६६ हजार १ सय शेयर अभिवृद्धि भएको छ । संस्थामा हालसम्म ३ हजार ५ सय ११ जना शेयर सदस्य रहेका छन् भने १ करोड ८२ लाख ७९ हजार १ सय ५० शेयर पूँजी रहेको छ । संस्थामा हाल सम्म कूल १८ करोड २१ लाख १० हजार ५ सय ३६ रुपैयाँ पूँजी रहेको छ । यसका अतिरिक्त गत पुस मसान्त सम्ममा १५ लाख ३८ हजार ४ रुपैया नाफा कमाउन सफल भएको छ ।
अभियानबाट सदस्यहरुमा संस्थाप्रतिको अपन्वत्व अभिबृद्धि हुनुका साथै साकोस प्रतिको सचेतिकरण तथा संस्थागत विकासमा टेवा पुग्ने भएकोले पनि अभियानलाई अरु बस्ती र समुहमा पनि निरन्तरता दिने संस्थाका संचालक सदस्य एवं शिक्षा समिति संयोजक बद्री नयाँघरेले जानकारी दिनुभयो । मंसिर, पौष, माघ र फागुनमा संचालन गरिएको सदस्य शिक्षा कार्यक्रम अभियानमा शेयर र बाल सदस्य गरि २ सय ६४ जना सदस्य थपिएको जानकारी व्यवस्थापक किरण सागर घिसिङ्खले जानकारी जानकारी गराउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया