रामेछाप २८ फागुन । लिखु तामाकोशी गाउँपलिका वडा नं–१ दुरागाउँका कृषक राजकुमार स्याङ्तानको घरमा पालेको ४ वटा भैसी सहित स्थानीयका १६ वटा चौपाया मरेपछि दुरागाउँ र सैपुका कृषकहरू आतंकित भएका छन् । रेविज रोगको जस्तै लक्षणका कारण भैसी,गोरु,बाख्रा र कुकुर बौलाएर मरेपछि त्यस क्षेत्रका कृषकहरूमा आतंक छाएको हो ।

्करिव एक हप्ता अघि जगमाने ढुँगागाडेका फुर्वा तामाङ्गको गोरु मरेपछि स्थानीय हरूले रेविजको आशंका गरेका थिए । त्यसपछि अर्का कृषक कुमार तामाङको भैसी पनि त्यहि खालको रोग लागेर मरेको थियो । त्यसको लगतै राजकुमार स्याङ्तानले पालेको ४ वटा भैसी संगै गाउँका ९ वटा कुकुर र वडा नं २ का रामकाजी श्रेष्ठको १ भैसी र ३ बाख्रा पनि सोहि रोगका कारण मरेका थिए । यसरी रेविज जस्तो गम्भिर रोगको दबदवाले लाखौको क्षति भैसक्दा पनि पिडीतहरूले औषधि र उपचार दुवै पाउन सकेका छैनन् । जसका कारण कृषकहरूले धोवि बजारमा पुगेर औषधिको खोजी गर्दै पालिकामा खबर पुर्याएका थिए ।
शुरुमा चौपायाहरु झोक्राउने,र्याल काढ्ने बहुलाउने,अगाडि जे भेट्यो त्यसैलाई हान्ने,मानिसलाइृ पनि झंम्टने, र अन्तिममा मर्ने रोग चौपाएमा देखिएको र रोगका कारण अहिले पनि दर्जन भन्दा बढि चौपाया विरामी अबस्थामा पुगेको जानकारी आफुलाई प्राप्त भएको लिखु तामाकोशी गाउँपालिका –२ का वडाध्यक्ष पद्म तामाङले जानकारी दिनुभयो । आफुले खबर थाहा पाउना साथ घटनाको बारेमा गाउँ पालिकाका अध्यक्ष गोविन्द खड्कालाई जानकारी गराएको पनि तामाङले जानकारी दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया