Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अनुगमन टोलि पुग्दा शिरसे र ढाँडेका अधिकांश पसल बन्द

नेपाल अभियान नेपाल अभियान
२६ असार २०७८, शनिबार
in कारोबार
0
106
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । शुक्रबार बजार अनुगमनका लागि जिल्लाको अनुगमन टोली पुग्दा सिरसे र ढाँडे बजारका सबैजसो पसलहरु बन्द भएका थिए । बजारका पसल तथा होटलहरुको प्रकृयागत संचालन प्रकृया अनि ब्यापारी र उपभोक्ताहरुमा सचेतिकरण र शुद्धिकरणको अवस्थाको बारेमा समेत बुझन शुक्रबार घरेलु अधिकृत मेघराज गौतमको नेतृत्वमा आकस्मिक अनुगमनका लागि टोली ति बजारहरुमा पुगेको थियो ।
अन्य दिन पनि प्राय खुल्लानै रहने र शुक्रबार विहानभर पनि प्राय खुल्लानै रहेका अधिकांश पसलहरु दिउँसो १० बजेपछि भने प्राय बन्द गरिएका थिए । टोली ११ बजे सिरसे पुगेको थियो । टोलि बजारमा पुग्दा सबैजसो पसलहरु प्राय बन्द थिए । स्थानिय उपभोक्ताहरुका अनुसार – भुगोलको हिसाबले जिल्लाबाट टाढा र दुर्गम ठाउँ भएको र राज्यको उपस्थीति न्युन मात्रामा हुने हुँदा ब्यापारीहरुका लागि यहाँका बजार सुरक्षित पनि मानिन्छ । राज्यको उपस्थिति कमहुने यि बजारहरुमा अनुगमनका लागि टोली आउने कुराको सुचना ब्यापारीहरुले विहिबार बेलुकानै जानकारी पाईसकेका थिए ।
गत वर्ष अनुगमनका लगि पुगेको टोलीले सिरसे बजारमा भारि मात्रमा म्याद नाघेका सामाग्रि जफत गरेको थियो । जसका कारण ब्यापारीहरु अनुगमन टोलिको बारेमा सचेत थिए ।सोहि सुचनाका आधारमा आफुहरुले पसल बन्द गरेर हिडेको स्थानिय पौडेल थरका एक ब्यापारीले जानकारी दिनुभयो ।

दुर्गम भुगोलका कारण यहाँका अधिकांश पसलहरुमा म्याद नाघेका र ननाघेका सामाग्रिहरुको पर्वाहनै नगरि विक्रि गर्ने प्रचलन रहेको छ । उपभोक्ताहरुले पनि त्यसको कुनै पनि पर्वाह गर्दैनन् । यस खालको प्रचलनले यहाँका पसलहरुलाई ब्यापार गर्न निकै सन्चो बनाएको छ ।
कतिपय पसल बन्द हुनुमा खेतिको मौसम पनि भएको र कतिपयले नियतबसनै पसल बन्द गरेर हिडेको रामेछाप उद्योग वाणिज्य संघ रामेछापका उपाध्यक्ष समेत रहेका अनुगमन टोलीका सदस्य दामोदर थापाले पनि स्वीकार्नु भयो । तर यसलाई ब्यापारीहरुले पनि सकरात्मक रुपमा बुझनु जरुरी भएको थापाको भनाई रहेको छ ।
आफुले नियतबस रुपमा नराखेको भएपनि संभावित म्याद नाघेका सामाग्रिको जफत र कानूनि झन्झटबाट मुक्ति पाउन पनि कतिपय ब्यापारीहरुले टोली आउने सुचनाका आधारमा पसल बन्द गराउनु परेको अर्का एक ब्यापारीले आफनो नाम उल्लेख नगर्ने सर्तमा स्वीकार गरे ।
ओखलढुंगाको सिमाना स्थित लिखु किनारमा रहेका जिल्लाको लिखु तामाकोशि गाउँपालीका वडा नं २ मा पर्ने ति दुवै बजारमा गरि करिब ३ दर्जन भन्दा बढि पसल र होटलहरु रहेका छन् । जसमध्य अनुगमन टोलीले सिरसेका औषधि मोवायल लगायतका विभिन्न आधा दर्जन पसल मात्र अनुगमन गरेको थियो ।
त्यस बाहेक टोलीले धोवि बजारका समेत दुई दर्जन जति पसलहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा केहि पसलहरुबाट म्याद नाघेका खाद्यन्न सामाग्रि समेत जफत गरेको थियो भने कतिपयलाई पसल दर्ता गराएर संचालन गर्नका लागि सचेत गराईएको टोलीका संयोजक उद्योग अधिकृत मेघराज गौतमले बताउनु भयो ।

Share42Tweet27Share7

Related Posts

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज  द्धारा विविध कार्यक्रम
कारोबार

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज द्धारा विविध कार्यक्रम

२६ असार २०७८, शनिबार
जिल्ला सहकारी संघको अन्तरकृया कार्यक्रम सम्पन्न
कारोबार

जिल्ला सहकारी संघको अन्तरकृया कार्यक्रम सम्पन्न

२६ असार २०७८, शनिबार
रामेछाप जिल्ला बचतको साधारण सभा सम्पन्न
कारोबार

रामेछाप जिल्ला बचतको साधारण सभा सम्पन्न

२६ असार २०७८, शनिबार
कृति समिक्षामा सयपत्रीको ‘माला’
कारोबार

कृति समिक्षामा सयपत्रीको ‘माला’

२६ असार २०७८, शनिबार
बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान
कारोबार

बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान

२६ असार २०७८, शनिबार
रामेछाप कारागारमा पुस्तक हस्तान्तरण
कारोबार

रामेछाप कारागारमा पुस्तक हस्तान्तरण

२६ असार २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.