Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लिखु तामाकोशिको बोल्ड निर्णय करार कर्मचारी कसैको म्याद नथप्ने

नेपाल अभियान नेपाल अभियान
२२ असार २०७९, बुधबार
in आधारभूत, देश, प्रदेश नं ३, विविध, समाचार, समाज, स्थानीय सरकार
0
95
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २२ असार । अघिल्लो पाँच बर्ष चरम विबादका विच आफनो कार्यकाल विताएको लिखु तामाकोसी गाउँपालिकाले पालिकाको शुद्धिकरण अभियानलाई सार्थक बनाउने मुख्य लक्ष्यका साथ असार मसान्तबाट आफना सबै करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ ।
गत बिहीबार बसेको गाउँकार्यपालिकाको बैठकले गाउँपालिका अन्तर्गतका करार सेवामा कार्यरत कर्मचारीको म्याद थप नगर्ने र हाजिर नगराउन निर्देशन दिने निर्णय गरेको हो । स्थानिय निकायलाई आर्थिक भार नपर्ने प्रदेश र संघिय तहका कुनै पनि कर्मचारिको हकमा भने उक्त निर्णय लागु नहुने पनि पालिकाले जनाएको छ ।

निर्णयमा भनिएको छ,‘यस लिखु तामाकोशी गाउँपालिका अन्तर्गत करार सेवामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको म्याद थप सम्बन्धमा असारमसान्त पश्चात अर्को व्यवस्था नभएसम्म कार्यालयमा हाजिर नगराउन सम्बन्धित शाखा÷निकायलाई निर्देशन दिने निर्णय गरियो।’तर करार कर्मचारी हरुले भने बिना कारण आफुहरुलाई हटाउने निर्णय गरेको भन्दै असन्तुष्ट जनाएका छन्। बैठकले पालिकाले आर्थिक वर्ष २०७७÷७८ मा विज्ञापन आव्हान भएका पदहरुको पदपूर्ति प्रक्रिया हालसम्म नभएको भन्दै विज्ञापन रद्ध गर्ने निर्णय गरेको छ।

यसैगरी बैठकले गाउँपालिका अन्तर्गतका रिक्त रहेका प्राविधिक, पदहरुको विज्ञापन आव्हान गरी पदपूर्ति प्रकिया अगाडि बढाउने निर्णय समेत गरेको छ। इन्जिनियर सिभिल, कृषि विकास अधिकृत, पशु विकास अधिकृत तह, प्राविधिक सहायक, सब–ईन्जिनियर, रोजगार संयोजक, प्रशासन सहायक हलुका सवारी चालकलगायतका पदमा २३ जना र स्वास्थ्य सेवा अन्तर्गतका सम्पूर्ण रिक्त दरबन्दी पदपूर्ति गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ।
यस अघि नेकपा एमालेबाट टीकट पाएर अध्यक्ष जीतेका गोविन्द खड्का र अन्य पदाधिमारी विचको असहमति पछि पालिका द्धन्द्धमा फसेकोले यो विचमा पालिकाले आफनो विकाससमा कुनै उल्लेखनिय प्रगति गर्न नसकेको भन्दै नब निर्वाचित अंगले त्यसको सुधारका लागि करार कर्मचारी बाट आफनो यात्रा आरम्भ गरेको हो । हाल लिखु तामाकोसी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका केशव महत र उपाध्यक्षमा एमालेकी दीपा पाख्रिन रहेकि छिन ।गाउँपालिकामा एमालेले उपाध्यक्षसहित ३ वडा, कांग्रेसले अध्यक्षसहित २ वडा र माओवादी केन्द्रले २ वडा जितेको उक्त पालिकाको कार्यपालिकामा भने नेका र नेकपा माओवादीको गठबन्धन रहेको छ ।
निर्णयका सम्बन्धमा पालिकाका अध्यक्ष केशव महतले करार कर्मचारीको म्याद थप र कारणका बारेमा पालिकाको बैठकमा राम्रो छलफल भएको आधारमा विबेक सम्मत निर्णय गरिएको जानकारी दिए । उनले भने हामिले पालिकाको नियमित काममा सहयोग पुर्याउन र पालिकाको संस्थागत विकासका लागि उक्त निर्णय लिन बाध्य भएका हौ । तर लामो समय देखिनै करारमा रहेर काम गर्दे आएका स्वास्थ र प्राविधिक क्षेत्रका कर्मचारीको हकमा भने उपाध्यक्ष, वडाअध्ययक्ष सहित बसेर छलफल गरिने पनि अध्यक्ष महतले जानकारी गराए । उनले करारको म्याद नथप्दैमा पालिकाको काममा कुनै पनि बाधा नआउने दावि समेत गरे ।

Share38Tweet24Share7

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२२ असार २०७९, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२२ असार २०७९, बुधबार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२२ असार २०७९, बुधबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२२ असार २०७९, बुधबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२२ असार २०७९, बुधबार
मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

२२ असार २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero