Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सृजनात्मक ढंगले सकियो निशान साकोसको १० औ साधारण सभा

superadmin superadmin
१६ पुष २०७९, शनिबार
in आधारभूत, देश, प्रदेश नं ३, समाचार, समाज
0
42
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । रामेछाप बजारमा कृयाशिल रहेको निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो १० औँ साधारणसभा तथा चौथो अधिवेशन सृजनात्मक तरिकाले सम्पन्न गरेको छ । शुक्रबार उसले आफनो १० साधारण सभा तथा चौथो अधिवेशन नयाँ नेतृत्व चयन सहित सृजनात्मक ढंगले सम्पन्न गरेको हो ।
घना श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले पानसमा बत्ति बालेर गर्नु भएको थियो । आफनो उद्घाट्न मन्तब्यका क्रममा प्रमुख अतिथि न्यौपानेले सरकारले घोषणा गरेको तीन खम्बे निति भित्र सहकारी पनि परेकोले सहकारीको रकमलाई उत्पादनमुखी काममा लगाउनु पर्नै बताउनु भयो । उहाँले २०१३ सालमा विपी कोईरालाले शुरु गर्नू भएको सहकारीको विकासले सर्वसाधारणलाई नियमित बचत संगै आय आर्जनका लागि पनि निकै सहयोग पुगेको भन्दै यसको विकासका लागि नगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा रामेछाप नगरपालिकाका उप प्रमुख बाल कुमारी कार्की, जिल्ला सहकारी सँघका सचिव नवीन के,सी, प्रमुख प्रशासकीय अधिकृत नबराज बडु,रा,न,पा,वडा न –८ का अध्यक्ष सन्तोष कुमार तामाङ,वडा न ७ का अध्यक्ष समीर कार्की नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघर,े केवलेश्वर वचत साकोषका अध्यक्ष देव बहादुर श्रेष्ठ लगायतका बक्ताहरुले निसान साकोसलाई शुभकामना दिनु हुँदै उसले संस्थागत विकासमा गर्नु पर्ने भुमिकाका बारेमा विभिन्न सुझाब दिनु भएको थियो ।
साधारण सभाले सचिब सुजन घिमिरेको साँगठनिक प्रतिबेदन र कोषाध्यक्ष अमित कुमार कुमार तामाङ द्धारा प्रस्तुत आर्थिक प्रतिबेदन पनि पारीत गरेको छ । जस अनुसार संस्थामा हाल सम्म ६सय ७६ जना शेयर सदस्य रहेको र यस बर्ष संस्थाले सबै खर्च कटाएर कुल ३ लाख ८७ हजार ३ सय ९ रुपैयाँ मुनाफा गर्न सफल भएको पनि उक्त प्रतिबेदनमा उल्लेख गरिएको छ । त्यसैगरि प्रतिबेदनमा संस्थाले कुल निक्षेप ३ करोड ६७ लाख ५५ हजार ३ सय ५४ रुपैयाँ संकलन गर्नुका साथै आफना शेयर सदस्यहरुलाई कुल ३ करोड ५५ लाख ३७ हजार ५ सय ६५ रुपैयाँ ऋण लगानी गर्न सफल भएको छ ।
संस्थाप्रति तीनै पुस्ताको आर्कषण बढाउन सकियोस भन्नाका लागि निशानले कार्यक्रमका अबसरमा जेष्ठ नागरिक र युवा शेयर सदस्य तथा बाल सदस्यहरुका लागि समेत पुरस्कार, सम्मान तथा संस्थाको गतिविधि भित्र रहेर क्वीच प्रतियोगीता समेत संचालन गरेको थियो । कार्यक्रमका अबसरमा संचालित विभिन्न खालको नृत्य र बाल नृत्यले कार्यक्रमलाई निकै रमणिय पनि बनाएको थियो ।
साधारण सभाले निर्वतमान उपाध्यक्ष सुमन कुमार श्रेष्ठको अध्यक्षमा नयाँ संचालक समिति समेत गठन गरेको छ । जसको उपाध्यक्ष सुजन घिमिरे,सचीव अपना कुमारी श्रेष्ठ,कोषाध्यक्षमा अमित तामाङ रहेका छन । यसैगरी सदस्यहरुमा क्रमश भागवत लामा,जीवन कुमार श्रेष्ठ,बिन्दा कार्की र हरि कुमार कार्की चयन भएका हुन । त्यसैगरि लेखा समिति संयोजकमा हरिचन्द्र श्रेष्ठ र सदस्यहरुमा सीता तामाङ र चन्द्र मगर चयन हुनुभयो ।

कार्यक्रमको अवसरमा संस्थाका सदस्यहरुका लागि चिट्ठा कार्यक्रम राखिएको थियो । चिट्ठा पर्ने सदस्यहरुले विभिन्न पुरस्कारहरु प्राप्त गरेका छ्न । चिट्ठा कार्यक्रममा प्रथम हुन सफल शंकर बस्नेतले ग्याँस चुलो प्राप्त गर्नुभयो । राशि कार्कीले द्वितीय पुरस्कार स्वरुप वाटर डिस्पेन्सर प्राप्त गर्नुभयो । त्यसैगरी तृतीय हुँदै सन्जिव श्रेष्ठले तामाको गाग्री प्राप्त गर्नुभयो । चिट्ठा कार्यक्रममा अन्य १० जना संस्थाका सदस्यहरुले विभिन्न पुरस्कार पाउन सफल हुनु भएको छ । सो अबसरमा कार्यक्रमकि अध्यक्ष घना श्रेष्ठले साधारण सभामा सहभागि प्रमुख अतिथी, अतिथि र सबै सहभागि हरु र नब निर्वाचित समितिलाई धन्यवाद र बधाई दिनु भएको थियो ।

Share17Tweet11Share3

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

१६ पुष २०७९, शनिबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

१६ पुष २०७९, शनिबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

१६ पुष २०७९, शनिबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

१६ पुष २०७९, शनिबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

१६ पुष २०७९, शनिबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

१६ पुष २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.