Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सडेको मासु बिक्री गर्न राख्ने मन्थलीका चार मासु व्यापारी पक्राउ

नेपाल अभियान नेपाल अभियान
५ चैत्र २०७६, बुधबार
in समाचार, स्वास्थ्य
0
283
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- सदरमुकाम मन्थलीका ४ जना मासु पसलका संचालकलाई प्रहरीले पक्राउ गरेको छ । मन्थली नगरपालिकाले सोमबार गरेको बजार अनुगमनका क्रममा पसलमा बिक्रीका लागि राखिएको अस्वस्थ सडेको मासु बरामद गरेको विषयमा मन्थलीका चार वटा मासु पसलका संचालकलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मन्थली नगरपालिका नजिकै मासु पसल गर्ने न्यू फेमस कोल्ड स्टोर मन्थलीका संचालक राजु खड्गी, रेडक्रस भवनमा रहेका दुई वटा मासु पसलहरु क्रमसः मन्थली कोल्ड स्टोरका पशुपती साहि र  रेसम मासु पसलका संचालक उमेश साहि रहेका छन् । त्यस्तै बसपार्क नजिकै  सावित्रा कोल्ड स्टोर मन्थलीका संचालक मखौरे माझी पनि पक्राउ परेका छन् । उनिहरुले आफ्नो पसलमा अस्वस्थकर मासु विक्रिको लागि राखेको बजार अनुगमनका लागि खटिएको टोलीले फेला पारेपछि थप अनुसन्धानका लागि पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।

मन्थलीमा हुने गरेको हरेक अनुगमनका क्रममा अस्वस्थकर मासु र विक्रिका लागि राखिएको, म्याद नाघेको सामाग्री पटक–पटक बरामद गरिएको र कतिपयलाई यस अघि पनि सचेत र जरिबाना गराउँदा पनि उनिहरुले आफ्नो गल्तीलाई सुधार नगरेको कारण थप अनुसन्धानका लागि पक्राउ गरिएको र अनुुसन्धान पछि मात्र बाँकी सजाएको बारेमा भन्न सकिने पनि प्रजिअको भनाई रहेको छ ।

कोरोनाको संभावित खतरा र त्यसको हल्लाले बजारमा हुन सक्ने कृतिम अभाबलाई  न्यूनिकरण गर्न र बजारको अबस्थालाई अध्ययन गर्न मन्थली नगरपालिकाले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा एकै पटक ४ वटा विषयगत क्षेत्रका विज्ञ सहितको अनुगमन टोली छुट्टा छुट्टै परिचालन गरेको थियो । सोहि टोलीले दिएको प्रतिबेदनका आधारमा चारवटा मासु पसलका संचालकहरु पक्राउ गरिएको बताईएको छ । त्यस बाहेक  अन्य दोषी देखिएका पसल र होटलवालाको हकमा गर्ने कारबाहीका बारेमा पनि बुधबार बसेको बजार अनुगमन समितिको बैठकले टुंग्याएको छ । जसमा उनिहरुले गरेको कसुरका आधारमा सामान्य जरिवना गराएर सचेत गराउने सम्मको निर्णय भएको छ  ।

Share176Tweet45Share12

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

५ चैत्र २०७६, बुधबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

५ चैत्र २०७६, बुधबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

५ चैत्र २०७६, बुधबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

५ चैत्र २०७६, बुधबार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

५ चैत्र २०७६, बुधबार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

५ चैत्र २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero