Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सडेको मासु बिक्री गर्न राख्ने मन्थलीका चार मासु व्यापारी पक्राउ

नेपाल अभियान नेपाल अभियान
५ चैत्र २०७६, बुधबार
in समाचार, स्वास्थ्य
0
270
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- सदरमुकाम मन्थलीका ४ जना मासु पसलका संचालकलाई प्रहरीले पक्राउ गरेको छ । मन्थली नगरपालिकाले सोमबार गरेको बजार अनुगमनका क्रममा पसलमा बिक्रीका लागि राखिएको अस्वस्थ सडेको मासु बरामद गरेको विषयमा मन्थलीका चार वटा मासु पसलका संचालकलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मन्थली नगरपालिका नजिकै मासु पसल गर्ने न्यू फेमस कोल्ड स्टोर मन्थलीका संचालक राजु खड्गी, रेडक्रस भवनमा रहेका दुई वटा मासु पसलहरु क्रमसः मन्थली कोल्ड स्टोरका पशुपती साहि र  रेसम मासु पसलका संचालक उमेश साहि रहेका छन् । त्यस्तै बसपार्क नजिकै  सावित्रा कोल्ड स्टोर मन्थलीका संचालक मखौरे माझी पनि पक्राउ परेका छन् । उनिहरुले आफ्नो पसलमा अस्वस्थकर मासु विक्रिको लागि राखेको बजार अनुगमनका लागि खटिएको टोलीले फेला पारेपछि थप अनुसन्धानका लागि पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।

मन्थलीमा हुने गरेको हरेक अनुगमनका क्रममा अस्वस्थकर मासु र विक्रिका लागि राखिएको, म्याद नाघेको सामाग्री पटक–पटक बरामद गरिएको र कतिपयलाई यस अघि पनि सचेत र जरिबाना गराउँदा पनि उनिहरुले आफ्नो गल्तीलाई सुधार नगरेको कारण थप अनुसन्धानका लागि पक्राउ गरिएको र अनुुसन्धान पछि मात्र बाँकी सजाएको बारेमा भन्न सकिने पनि प्रजिअको भनाई रहेको छ ।

कोरोनाको संभावित खतरा र त्यसको हल्लाले बजारमा हुन सक्ने कृतिम अभाबलाई  न्यूनिकरण गर्न र बजारको अबस्थालाई अध्ययन गर्न मन्थली नगरपालिकाले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा एकै पटक ४ वटा विषयगत क्षेत्रका विज्ञ सहितको अनुगमन टोली छुट्टा छुट्टै परिचालन गरेको थियो । सोहि टोलीले दिएको प्रतिबेदनका आधारमा चारवटा मासु पसलका संचालकहरु पक्राउ गरिएको बताईएको छ । त्यस बाहेक  अन्य दोषी देखिएका पसल र होटलवालाको हकमा गर्ने कारबाहीका बारेमा पनि बुधबार बसेको बजार अनुगमन समितिको बैठकले टुंग्याएको छ । जसमा उनिहरुले गरेको कसुरका आधारमा सामान्य जरिवना गराएर सचेत गराउने सम्मको निर्णय भएको छ  ।

Share171Tweet41Share12

Related Posts

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

५ चैत्र २०७६, बुधबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

५ चैत्र २०७६, बुधबार
शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम
खेलकुद

शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम

५ चैत्र २०७६, बुधबार
जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो
प्रदेश नं २

जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो

५ चैत्र २०७६, बुधबार
स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न
राजनीति

स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न

५ चैत्र २०७६, बुधबार
मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी
राजनीति

मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी

५ चैत्र २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.