Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वावियाखर्कमा स्वास्थ्य केन्द्र सञ्चालन

बद्री नयाँघरे बद्री नयाँघरे
९ पुष २०७७, बिहीबार
in समाचार, स्वास्थ्य
0
72
SHARES
Share on FacebookShare on Twitter


सिंहदरबारको अधिकार गाउँमा आएको अनुभुति
बद्री नयाँघरे
रामेछाप, ९ पुष । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं–८ को वावियाखर्कमा बुधवार देखि शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ ।

सिंहदरबारको अधिकार गाउँमा आएको अनुभुति

सो वडाका जेष्ठनागरिक रेवती प्रसाद घिमिरेले आफ्नो गाँउमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि सिंह दरवारको अधिकार गाउँमा आएको अनुभुति गर्नुभएको छ । रामेछाप नगरपालिकाको निर्णय अनुसार हाललाई स्थानीय शारदा संस्कृत मावि वावियाखर्कको भवनबाट सेवा प्रवाह गर्ने गरी शहरी स्वास्थ केन्द्र सञ्चालनमा आएपछि कार्यक्रममा सहभागि ८५ वर्षिय जेष्ठ नागरिक रेवती प्रसाद घिमिरेले नगरपालिकाले आफ्नो गाउँमा स्वास्थ केन्द्र सञ्चालनमा ल्याईदिएपछि आफुहरूले सिंहदरवारका अधिकार गाउमा आएको अनुभुति गरेको बताउनु भएको हो ।
सामान्य रोगको उपचार गर्नुपर्दा पनि जिल्ला अस्पताल रामेछाप र सदरमुकाम मन्थली पुग्नु पर्दा आर्थिक तथा ब्यवहारिक रुपमा समस्या ब्यहोर्दे आएका आफुहरूलाई गाउँमा स्वास्थ्य केन्द्र सञ्चालन भएपछि खुसि लागेको स्थानीय तिर्थ तामाङ्खले बताउनु भयो । उहाँले भन्नु भयो– “स्थानीय सरकारको यो निर्णयले हामिले पनि गाउँमानै सिंहदरबार आएको अनुभुति गर्न पाउने भयौ ।”
साविक रामेछाप गाउँ विकास समिति बडा नं–१ को डुम्रिखर्क वडा नं–२ को सल्ले र वडा नं–३ को वावियाखर्कका नागरिकहरूलाई लक्षित गरि सञ्चालन गरिएको उक्त स्वास्थ्य केन्द्रको बुधबार रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले एक समारोहका विच उद्घाटन् गर्नुभएको थियो । स्वास्थ्य केन्द्रको उद्घाटन गर्दे नगर प्रमुख थापामगरले हिजो निर्वाचनको समयमा आफुहरूले दिएको वचन पुरा गर्नका लागिपनि नगरपालिकाले गाउँमानै स्वास्थ केन्द्र सञ्चालन गरेको बताउनुभयो ।

सो क्रममा प्रमुख थापा मगरले गणतन्त्रको स्थापना संगै प्राप्त संघियताको कार्यान्वयन र सिंह दरबारको अधिकार गाउँमा पुर्याउने आफुहरुको प्रतिबद्धता अनुरुप बावियाखर्कमा स्वास्थ केन्द्र संचालनमा ल्याएको बताउनु भयो ।
कार्यक्रममा वडा अध्यक्ष केदार कार्किले आफ्नो कार्यकालमा वडाबासिहरूले शिक्षा,स्वास्थ्य र सडक जस्ता विकासमा कुनै पनि कमि आउन नपरोस भन्नका लागि आफुले वडामा विकासको अभियाननै चलाएको बताउनुभयो । सो क्रममा पछिल्लो समयमा वडावासी सँगको समन्वय र सहकार्यमा आफुले साविकका तिनवटै वडालाई लक्षित गरी हाललाई अस्थाई रुपमा मावि वावियाखर्कको हाता भित्र स्वास्थ्य केन्द्र संचालन गरेको जानकारी दिनु भयो ।

वडा कार्यालयले स्वास्थ्य केन्द्रको दीगो र संस्थागत विकासका लागि मावि वावियाखर्क देखि सल्लेको खोरेपानी खोला सम्मको विच भाग पारेर स्थाई भवन बनाउने र सोहि भवनमा स्वास्थ केन्द्र सञ्चालनमा ल्याउने तयारी भैरहेको जानकारी पनि गराउनुभयो ।
त्यसका लागि आवश्यक ठाउँ र जग्गा प्राप्तिका लागि वडा कार्यालयले सार्वजनिक सूचना मार्फत खोजी गर्ने र पायक पर्ने ठाउँलाई आधार बनाएर अन्तिम निर्णय लिने पनि अध्यक्षले कार्किले जानकारी बताउनुभयो । आफु वडा अध्यक्षको रुपमा निर्वाचित भएपछि आफुले साविकका सवै वडा र वस्तिहरूलाई सडक सञ्जालमा जोडेको,खानेपानीको अभाव हुन नदिएको र सबै विद्यालयको शैक्षिक सुधारका लागि आवश्यक काम गरिरहेको पनि वताउनुभयो । त्यस वाहेक वडा कार्यालयले आफ्ना वडा भित्रका जेष्ठ नागरिक असक्त र अपाङ्ग हरुका लागि पनि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको जानकारी वताउनुभयो ।

कार्यक्रममा शारदा संस्कृत मावि वावियाखर्र्कका प्रधानाध्यापक नारायण प्रसाद घिमिरे,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद घिमिरे लगाएतले गाउँमा स्वास्थ केन्द्र संचालनमा आएपछि स्थानीयहरूले राहतको अनुभुति गरेको बताउनु भएकोथियो ।
स्वास्थ केन्द्र संचालनमा आएपछि स्थानीयले नियमित स्वास्थ्य सेवा बाहेक सुत्केरी जाँच तथा परामर्श सेवा, नियमित तथा सरकारले बेला बेलामा उपलब्ध गराउने खोपहरु पनि सहजै र निःशुल्क उपल्ब्ध गराउने नगर स्वास्थ्य प्रमुख विष्णु बहादुर कार्किले वताउनुभयो ।

Share29Tweet18Share5

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

९ पुष २०७७, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

९ पुष २०७७, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

९ पुष २०७७, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

९ पुष २०७७, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

९ पुष २०७७, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

९ पुष २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero