Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीको खानेपानीको अनुगमन, परिक्षणका लागि प्रयोगशाला पठाईने

नेपाल अभियान नेपाल अभियान
१६ जेष्ठ २०७९, सोमबार
in समाचार, स्वास्थ्य
0
333
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१६ जेठ । मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिले सदरमुकाम मन्थली बजार र आसपासको क्षेत्रका सयौ उपभोक्ताहरुले प्रयोग गर्दैे आएको पानीको शुद्धिकरणका बारेमा कुरा उठेपछि उक्त खानेपानी खानयोग्य भए नभएको परीक्षण गरिने भएको छ । मन्थली बजारको खानेपानीको बारेमा सामाजिक सञ्जालमा फोहोर पानीको तस्विर सहित सार्बजनिक भएपछि गरिएको अनुगमन पछि प्रजिअ दिपक पहाडीले तत्काल उक्त खानेपानी खान योग्य भए नभएको प्रयोगशालामा लगेर परीक्षण गरिने जानकारी दिएका छन् ।
आईतबार स्थानीय उपभोक्ता विश्वास श्रेष्ठले उक्त खानेपानीको रिजर्भर ट्याँकिमा रहेको पानीको अवस्थाको विवरण सार्वजनिक गरेपछि सोमबार खानेपानीको शुद्धताका बारेमा स्थलगत अनुगमनका लागि पुगेका प्रजिअ दिपक पहाडीले तत्काल उक्त खानेपानीको शुद्धिकरण परिक्षण गराउने आश्वासन दिएका हुन् ।

मन्थली नगरपालिकाका मेयर लब श्रेष्ठ र जिल्लाका अन्य सरोकारवाला हरु सहित घटना स्थलमा प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडी लगायतको सरोकारवाला टोलीले टयाँकी र आसपासको अबस्थाका बारेमा पनि अनुगमन गरेको थियो । अनुगमनका क्रममा योजनाकोे अवलोकन गरेका मन्थली नगरका मेयर लब श्रेष्ठले भने खासै प्रतिकृया दिएनन् ।
सार्वजनिक तस्विरको अबस्थालाई हेर्दा उक्त खानेपानी खानयोग्य हो भन्ने जो कोहिलार्ई पनि लाग्न सक्ने अबस्था थिएन् । तर अनुगमनका क्रममा टोली पुग्दा भने अबस्थामा केहि सुधार आएको भिडियो सार्वजनिक गर्ने उपभोक्ता विश्वास श्रेष्ठले जानकारी दिए । उनले टयाँकी बाहिर र भित्रको अबस्था हिजोको तुलनामा आज निकै सफा थियो । यस बारेमा सरोकारवाला निकाएको ध्यानाकर्षण गराउन मात्र मैले भिडियो सार्वजनिक गरेको हो विश्वासले भने । जे भएपनि खानेपानी उपभोक्ता समितिले उपभोक्ताहरु प्रति जिम्मेवार बन्नुपर्छ ।
अनुगमन टोली सँंगै रहेका खानेपानी तथा उपभोक्ता सर सफाई समितिका अध्यक्ष पूर्ण सुवेदीले ३ंं० बर्ष देखिनै मन्थली वासीले उपभोग गर्दे आएको उक्त पानीको टयाँकीमा रहेको पानीलाई समितिले प्राविधिक हरुको सल्लाह अनुसारनै ब्यबस्थापन गर्दे आएको बताए । उनले खुल्ला रिर्जभर टयाँकीको अबधारणा अनुसार संञ्चालित खानेपानी भएकोले बाहिरबाट हेर्दा फोहोर लाग्ने भन्दै यथार्थमा भने उक्त पानीमा कुनै खरावी नभएको दावी सहित समितिले काम गर्दे आएको बताए ।
मन्थलीमा हाल सुनारपानीको मचवारी खोला र भलुवाजोरको गुवा खोला मुहानको पानी सिधै पाइप मार्फत ल्याइएको र यस बाहेक तामाकोशी नदी छेउको भूमिगत पानी विद्युतीय लिफ्ट सिस्टम मार्फत तानेर दैनिक रुपमा उपभोक्ताहरुलाई बितरण गरिदै आएको छ । वर्षातको समयमा मचवारी र भलुवाजोर मुहान गरी ल्याइएको पानी केही धमिलो हुने गरेको भएता पनि उक्त पानी रिजर्भ ट्याङ्कीमा जम्मा गरेपछि प्यूस, बिलथिन पाउडर लगाएतका व्याक्टेरीया मार्ने पाउडर प्रयोग गरी शुद्ध पानी उपभोक्ताहरुको धारामा पठाइने गरेको पनि अध्यक्ष सुवेदीले जानकारी गराए । उनले भने समिति उपभोक्ता हरुको स्वास्थ्य प्रति गम्भिर रहेको छ ।
अनुगमन टोलीमा रहेका संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सव–इन्जिनियर सन्तोषकुमार ठाकुरले भने– “सिधै पाइपवाट आएको पानीमा धेरै किटाणुहरु हुने हुँदा सिधै उपभोग गर्न नमिल्ने भएकोले ती किटाणुहरुलाई मार्नको लागि ट्रिटमेन्ट पोखरी निमार्ण गरिएको हो । पोखरीमा जम्मा गरिएको पानीमा ९९ प्रतिशत व्याक्टेरिया मर्ने भएकोले पनि यो प्रविधि प्रयोगमा ल्याएको हुन सक्छ ।” यस अनुगमनलाई उपभोक्ताहरुले सकरात्मक रुपमा लिएका छन् ।

Share133Tweet83Share23

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१६ जेष्ठ २०७९, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१६ जेष्ठ २०७९, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१६ जेष्ठ २०७९, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१६ जेष्ठ २०७९, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१६ जेष्ठ २०७९, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१६ जेष्ठ २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero