मन्थली,९ भदौ । मन्थली अस्पतालमा यहि भदौ ७ गतेको नाइट ड्युटिमा रहेका जुनियर स्वास्थ्यर्मीकोहेलचेक्र्याईँका कारण लिखु तामाकोशी गाउपालिका–४ बिजुलीकोटका विरामीलाई आकस्मिक रुपमा काठमाण्डौ लैजान बाध्य हुनुपरेको छ ।
घटना क्रम अनुसार– लिखु तामाकोशी–४ का डोर बहादुर महतको पिसाव बन्द भएपछि निजका कान्छा छोरा खिलाराज महतले यहि साउन ३१ गते मन्थली अस्पताल ल्याएर आकस्मीक उपचार कक्षमा १ रात राखेपछि पिसाब खुलाएर ७ दिन पछि आउनु भनि पाईप राखि भदौ १ गते डिस्चार्ज गरी पठाइएको थियो ।

डाक्टरको सल्लाह अनुसार ७ दिन पछि अर्थात यहि भदौ ७ गते महतलाई पुनः मन्थली अस्पताल लगि आकस्मिक कक्ष मै राखियो । त्यस दिन डा. सरोज थपलिया सहितको टोलीले पहिले राखेको यूरिन व्याग हटाइ केही घण्टा अनुसन्धानमा राखि पिसाव नलिमा मासु पलाएको र त्यसलाई अप्रेसन नै गनुपर्ने तर अप्रेशन यहाँ सम्भवन नहुने काठमाण्डौ नै लानुपर्ने सल्लाह दिई बेलुका करिब ५ बजे तिर अब सामान्य रूपमा पिसाव हुन्छ भनी औषधि सहित डिस्चार्ज गरियो ।

डिस्चार्ज पछि परिवारले मन्थलीको आफ्नो निवासमा ल्याएर राखे । खाना खाएर सुतेका महत राती बिउझिदा फेरी पिसाब बन्द भएर छटपटाउन थालेपछि परिवारले उनलाई ८ गते बिहानीपख करिव २ः३० बजे मन्थली अस्पतालको आकस्मीक कक्षमा पुर्याए । विरामीका छोरा खिला महतका अनुसार – “अस्पताल पुर्याएपछि आकम्मिक कक्षमा रहनु भएको सिस्टरलाई डाक्टरलार्ई बोलाइदिनु भनेर अनुरोध गरेँ उहाँले फोन रिसिभ भएन भन्ने जवाफ दिनु भयो । त्यसपछि तीनै सिस्टरले फार्मेसीबाट औषधि लिएर आउनु भन्नुभयो म फार्मेसी गए ,फार्मेसी बन्द थियो । केही समय पछि एकजना व्यक्तिले फार्मेसी खोल्नु भयो र औषधि ल्याएर मैले आकस्मिक कक्षमा दिएँ यतिबेला सम्म मेरो बुवालाई अधिक दुखाईले पीडा भई रहेको थियो यतिकैमा मलाई फार्मेसीमा सामान दिन आएका व्यक्ति आएर पाइप राख्ने भनी प्रक्रिया सुरू गरे ती व्यक्तिले २ पटक सम्म पाइप राख्ने प्रयास गरे यो क्रममा बुवा दुखाइको पीडाले छटपटाइ रहनुभएको थियो । उनले पटक पटक गरेको प्राक्टिसले अधिक रक्तश्राव भयो । यता म एच ए हुँ भन्दै उपचार गरिरहेका व्यक्तिलाई मैले भने– डाक्टरको सल्लाह बमोजिम गर्नुस किन कि पटक पटक तपाइले प्रयास गर्दा अत्याधिक रक्तश्राव भइरहेको छ । मैले तपाइको नाम केहो भनेर सोध्दा नाम भन्न नचाहेका सुनुवार जस्ता देखिने ब्यक्तिले एक्कासी के मलाई नजान्ने व्यक्ति ठानेको ? के मलाइ इन्सल्ट गरेको ? भनी म सँग मुखामुख गर्दै सिरले चुर भएर मलाइ निक्कै तल्लो स्तरमै झरेर गाली गर्दै भने– तैले के सक्छर गर ? मलाई नजान्ने सम्झेको भन्दै औला ठड्याइ रहे । यता अस्पतालको वेडमा बुवा भने पिडाले छट्पटाइ रहनु भएको थियो । फेरी मैले उनलाई अनुरोध गरे विरामी यस्तो अवस्थामा हुनुहुन्छ डाक्टर बोलाइदिनुहोस भन्दा फोन रिसिव भएन भन्ने जवाफ आउँछ , मसँग तपाईं औला ठड्याएर गाली गरिरहनु भा छ यी सब कुरा तपाइहरूले राखेको सि सि क्यामेरामा रेकर्ड होला भनेपछि ती व्यक्ति अलि नरम भए ।

त्यसपछि डाक्टर सरोज थपलिया आउनु भो उहाँले यस अघि पटक पटक प्रयास गर्दा घाउ भइ रक्तश्राव भएको हो अब यहाँ हुदैन रिफर गर्छु भने पछि पनि ती व्यक्ति यहि हुन्छ अरू सिजरिङ गरेर हुन्छ गरिदिउँ भन्दै यूटुव र गुगल सर्च गरी कस्सिदै थिए तर डाक्टर सरोज थपलियाले हामी गर्न सक्दैनौँ हामीसँग त्यो गर्ने सामान छैन, भन्दै इन्कार गरेपछि थपलियाले नै कोरियन फ्रेण्डसिप अस्पताल भक्तपुरमा मा रेफर गरिदिनुभयो ।
यतिबेला सम्म विहानको ४ बजेको थियो, बुबालाई दुखाइको पिडाले छट्पटी भइ नै रहेको थियो यसपछि मैले मन्थली नगरपालिकाको एम्बुलेन्समा रेफर गरिएको अस्पताल लियर आउदै गर्दा दुखाईको कारण भएको पीडा र भएका रक्तश्रवको कारण त्यस अस्पतालसम्म पुरयाउन नसकी धुलिखेल अस्पतालमै इमेरजेन्सीमा राखि उपाचार गराए । अहिले बुवा खतरा मुक्त त हुनुहुन्छ तर यसरी मेरो विरामी लाई गरेको ब्यवहार अरुलाई नहोस भन्ने अभिप्रायले म मन्थली आउनासाथ सो घटनाको वारेमा सम्बन्धित निकायमा उजुरी दिन्छु र सामान्य हेलचेक्रयाइका कारण मैले पाएको सास्ती प्रति म कार्वाहिको माग गर्दछु ।”

यता अस्पताल प्रशासन भने सो घटना सबै यथार्थ हो भनेर स्वीकारेको छैन । अस्पतालका अनुसार सुनुवार भटौली स्वास्थ्य केन्द्रका प्रमुख हुन् उनलाई काजमा ल्याइएको भएपनि फिर्ता पठाइसकिएको छ
उता भटौली स्वास्थ्य केन्द्रमा उपचार गर्न आउने विरामीहरुले पनि सुनुवारको ब्यवहारका कारण निक्कै हैरानी खेप्नु परेको गुनासो गरिरहेका छन् ।
उक्त दिनको घटनाको वारेमा सि सि टिभिको फुटेज हेरेर छानबिन हुनपर्ने माग महत परिवारले गरिरहेका छन् ।
मन्थली अस्पतालका यस्ता घटना प्रतिनिधि पात्र हुन यस अघि पनि यस्ता खालका घटना नभएका होइनन तर ति घटनाहरुलाई वाहिर आउन नदिएर भित्र भित्रै मिलाएको नाम नबताउने शर्तमा एक जना जानकार ब्यक्तिलेनै बताए ।
त्यति मात्र हैन निःशुल्क र बिमा बापद पाउने अधिकांस औषधि अस्पतालमा नहुने, खालि पेटमा स’गर जाँच गर्न गएका मनिसहरु ल्यावको कर्मचारी नभेटेर उसै फर्कने, घण्टौ कुर्दा समेत बिरामी जाँच गर्न पालो नआउने, जेष्ठ नागरिकहरुको नियमिति रुपमा खाने औषधि लेखाउन जाने ब्यक्तिहरुपनि पालो नपाएर र बिभिन्न ठाउमा गई इन्ट्री गर्नु पर्दा हैरानीमा पर्ने, २ बजे पछि स्वास्थ्यकर्मीहरु सबै एकैपटक घण्टौ सम्म खाजाखान जाने नाउमा कामकाज छाडेर बाहिर निस्कने गर्दा त्यस बेला पुर्याएको आकस्मीक रुपमा उपचार गर्नुपर्ने ब्यक्तिले उपचार नपाउने गरेको जस्ता समस्याहरु आफुहरुले धेरै पटक खेप्नुपरेको गुनासो त्याहा सेवा लिन जाने अधिकांस सेवाग्राहीहरुको गुनासो रहेको छ ।
यो बारेमा तपाईको प्रतिकृया