Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरपालिकाको खर्च ७९ प्रतिशत मात्र

नेपाल अभियान नेपाल अभियान
३१ असार २०७६, मंगलवार
in स्थानीय सरकार
0
152
SHARES
Share on FacebookShare on Twitter

३१ असार, २०७६

मन्थली – मन्थली नगरपालिकाको चालु आर्थिक बर्ष २०७५÷७६का लागि बिनियोजित कुल बजेटको ७९.११ प्रतिशत बजेट मात्र खर्च भएको छ । नगरपालिकाको कुल स्वीकृत बार्षिक बजेट १ अर्ब १७ लाख ९६ हजार मध्ये ९८ करोड ६२ लाख ९ हजार निकासा भइ ७८ करोड, १ लाख ९५ हजार मात्र खर्च हुदा उक्त प्रतिशत मात्र खर्च हुन आएको हो ।

मंगलबार मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको आन्तिम सम्ममा सम्पादन गरेको विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहको बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम उक्त तथ्याङ्क सार्वजिनक गरिएको हो। सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै नगर प्रमुख रमेश बस्नेतले चालु आर्थिक बर्षमा २ करोड,५९लाख, ७२ हजार,५३० रुपैया राजस्व वाडफाड, नक्सापास, उद्योग ब्यवसाय दर्ता एबं नबिकरण बाट आन्तरिक आम्दानी रहेको बताउनुभयाे । उहाँले चालु आर्थिक बर्षमा स्वीकृत कुल योजनाको एबं कार्यक्रम संख्या ४८७ का लागि १९ करोड, ३७ लाख, ५७ हजार रमक भुक्तानी भएको बताउनुभयो ।

कार्यक्रमका अबसरमा नगर प्रमुख बस्नेतले भवन निर्माण तर्फ नगरपालिकाको आफ्नै भवनको दोस्रो तलाको काम भैरहेको ५१ वटा नयाँ घरका लागि नक्सा पास गरिएको ३ वटा वडा कार्यालयहरु नक्सा पास भइ निर्माणका लागि सम्झौताको चरणमा रहेको बताउनुभयो । उहाँले खडक खानेपानी एबं पूर्बाधार तर्फ मन्थली स्थीत देवकोटा चोक हुँदै बस पार्क सम्म कालोपत्रे गर्ने काम भइरहेको, मन्थली –चिसापानी –पुरानागउ, मन्थली,चनखु पोखरी डाँडा, मन्थली– गेलु –पोखरीडाँडा जस्ता नगरस्तरीय सडक हरु चौडा पारी स्तरोन्नती गर्ने काम भैरहेको कुरा पनि बताउनुभयो ।

आर्थिक बिकास अन्तर्गत कृषि अन्तर्गत पदेश सरकारको मन्थलीमा शितभण्डार निर्माणको लागि सम्झौता सम्पन्न भएको , २० वटा प्लास्टीक पोखरी निर्माणका लागि आबश्यक १८ वटा मिनिटिलर खरिद भइ मागको आधारमा कृषकलहरुलाई बितरण गर्ने तयारी भैरहेको र १ हजार ३ सय किलो कृषि, चुन खरिद गरी किसानलाई बितरण गरिएको र अमिलो जातका फलुलमा पर्ने किरा नियन्त्रण गर्न किटनासक औषधि खरिद भई बितरण गर्ने तयारी भैरहेको र २० वटा नयाँ कृषक समुह दर्ता भएको पनि बताउनुभयो । उहाँले पशु सेवा अन्तर्गत ४ हजार ३ सय १२ वटा पशुलाइ उपचार सेवा, २ हजार २ सय ६९ गाई भैसीलाई कृतिम गर्भादान १९ हजार ७ सय ११ पशुलाई खोरेत रोग बिरुद्धको निशुल्क भ्याक्सीन र २० हजार भेडा बाख्रालाई पि पि आर खोप लगाइएको पनि जानकारी गराउनुभएको छ ।

उहाँले समाजिक सुरक्षा एबं पञ्जिकरण तर्फ सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ५ हजार २ सय ४२ जनालाई रु ८ करोढ ९३ लाख, ६ हजार निकासा भएको साथै चालु आ ब मा १ हजार १ सय ९५ वटा जन्म दर्ता ३ सय ७० जनाको मृत्यू दर्ता, ५२ जनाको बसाइसराई ५ सय ९४ वटाको बिबाह, र ८ वटा सम्बन्ध बिच्छेद गरी कुल २ हजार ६ सय १९ वटा घट्ना दर्ता भएको बताउनुभयो । कार्यक्रमका अबसरमा सर्बसाधारणले सोधेको प्रश्नको जावाफ नगर प्रमुख बस्नेतले दिनुभएको थियो ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल लगाएतले बिना योजना खनिएका सडकहरुले बार्षायाममा बिपद निम्त्याउन थालेको भन्दै आगामी दिनमा नगरापालिकाले योजना बनाएर सडक, पूर्बाधार र सामाजिक बिकासको क्षेत्रमा काम गर्न आबश्यक रहेको बताए ।

कार्यक्रममा मन्थली नगरापलिका भित्र रहेका माध्यामिक बिद्यालयहरु बिच उद्यम बिकासमा युवाहरुको भुमिका बिषयक बक्तृत्व कला प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुने वालवालिकाहरुलाई पुरस्कार बितरण गरिएको थियो ।

Share106Tweet19Share5

Related Posts

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने
देश

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने

३१ असार २०७६, मंगलवार
सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो
देश

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो

३१ असार २०७६, मंगलवार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

३१ असार २०७६, मंगलवार
मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर
प्रदेश नं ३

मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर

३१ असार २०७६, मंगलवार
विजुलीकोटको भृङ्गृेश्वर माविमा चौमासिक विति सक्दा पनि विज्ञान विषयको पढाई नहुँदा विद्यार्थी समस्यामा
देश

विजुलीकोटको बृखेश्वर माविमा ४ महिना देखि विज्ञान शिक्षककाे अभाव

३१ असार २०७६, मंगलवार
देश

विजुलीकोटको भृङ्गृेश्वर माविमा चौमासिक विति सक्दा पनि विज्ञान विषयको पढाई नहुँदा विद्यार्थी समस्यामा

३१ असार २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.