Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

उत्पादन योग्य जमिनमा घर बनाउन नदिने नगर प्रमुख बस्नेतको चेतावनी !

नेपाल अभियान नेपाल अभियान
२१ पुष २०७६, सोमबार
in स्थानीय सरकार
0
1k
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले उत्पादन योग्य जमिनमा घर बनाउन नदिने चेतावनी दिनुभएको छ । सोमबार पौरखी युवा कृषि सहकारी संस्थाको छैठौं बार्षिक साधारणसभामा बोल्दै नगर प्रमुख बस्नेतले अहिले खेतीयोग्य जमिनमा धमाधम घरहरु बन्दै गएकाले त्यस्तो जग्गामा कुनै पनि हालतमा घर बनाउन नदिने चेतावनी दिनुभएको हो ।अहिले सभामुख नभएका कारण भूमी सम्बन्धी बिधेयक नआएको भन्दै सभामुकको टुंगो लाग्ने बित्तिकै भूमी सम्बन्धी बिधेयक पास भएर आउने र उक्त बिधेयकमा सम्बन्धित पालिकाको भूमी सम्बन्धी निर्णय गर्नेे अधिकार स्थानीय तहलाईनै दिने तयारी भएको बताउनु भयो ।

उहाँले उत्पादन योग्य जमिनमा घर टहरा मात्रै बनाउने हो भने भोलिका पुस्ताले हामिहरु सबैलाई धिक्कारने हुँदा हामीले उत्पादनयोग्य जमिनलाई संरक्षण गरेर राख्नु पर्नेमा जोड दिनुभयो । त्यस्तै नगर प्रमुख बस्नेतले हाम्रो देश कृषि प्रधान भएर पनि अधिकांस खाद्यान्न बाहिरी मुलुकबाट ल्याउनु पर्ने बाध्यतालाई हटाउनका लागि पनि खेतियोग्य जमिनमा घर बनाउन नहुने धारणा राख्नुभयो । उहाँले कृषि सहकारी संस्थाले जिल्लाका कृषकहरुलाई फाइदा गरी कार्यक्रम ल्याउन आबश्यक रहेको पनि बताउनुभयो । उहाँले नगर क्षेत्र भित्र उत्पादन भएका कृषि उपजहरुले बजार नपाए नगरपालिकाले बजारको ब्यवस्थापन गरिदिने आश्वासन दिनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ रामेछापमा कार्यबाहक अध्यक्ष हिमाल ढुंगेलले जिल्लामा धेरै सहकारी संस्थाहरु भएको र त्यसको ब्यवस्थापकिय कमीकमजोरीहरु प्रयाप्ता रहेकोले अधिकांस सहकारी संस्थाहरु एकिकरण हुनु पर्ने कुरालाई जोड दिनुभयो । उहाँले आगामी असोज देखि एक सहकारी एक सदस्यको नीति कडाइका साथ लागु हुने भएकाले सबैले एक वटा सहकारी संस्थामा मात्र रोज्न ढिला गर्न नहुने बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले सहरकारी संस्थाबाट लिएको ऋण सीममुलक र आयमुलक कार्यमा खर्च गर्न सके शेयर सदस्यहरुलाई फाइदा हुने भएपनि हरेक सहरकारी संस्थाबाट ऋण लिने जो सुकै सदस्यहरुले पैसा जति घर खर्च र चार्डवार्ड खर्चमा सक्ने गरेको बताउनु भयो । उहाँले अधिकांस सहकारी संस्थाहरुमा भाखा नाघेको ऋण बढ्दै गइरहेको बिद्यमान अबस्थामा आफ्नो सहकारी संस्थालाई राम्रो र भरपर्दो बनाउन ऋण लाने शेयर सदस्यहरुले निर्धारित समयमै सावा ब्याज तिर्नु पर्ने कुरालाई जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख गुञ्ज बहादुर श्रेष्ठले धेरै सहकारीहरुले सहकारी शिक्षालाई महत्व नदिँदा शेयर सदस्यहरु सहकारीको बारेमा जानकार नभएको भन्दै अब सहकारी संस्थाहरु सहकारी शिक्षा तर्फ लाग्नुपर्ने बताउनु भयो । नव अभियान साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष बिष्णु काफ्लेले स्थानीय सरकारले कहिल्यै पनि साना किसानका लागि काम नगरेको आरोप लगाउनु भयो । उहाँले जिल्लामा उत्पादित हरेक प्रकारका कृषिउपजहरु जिल्ला वा पालिकाको लोगो झल्कने गरी ट्याग लगाएर बिक्रि बितरणका लागि स्थानीय सरकारले पहल गर्नु पर्ने बताउनु भयो ।

संस्थाका अध्यक्ष सुन्दर घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले सचिब सन्तोष श्रेष्ठद्धारा प्रस्तुत सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष अर्पण लामाद्धारा प्रस्तुत आर्थिक प्रतिबेदन समेत पास गरेको छ ।

Share905Tweet45Share12

Related Posts

समाचारको प्रभाव,मुल्य बृद्धि सम्बन्धि समाचार प्रकाशन र प्रसारण भएपछि जिल्ला प्रशासन र मन्थली नगरपालिकाले लियो चासो
समाचार

समाचारको प्रभाव,मुल्य बृद्धि सम्बन्धि समाचार प्रकाशन र प्रसारण भएपछि जिल्ला प्रशासन र मन्थली नगरपालिकाले लियो चासो

२१ पुष २०७६, सोमबार
तीनलाल पर्यटकीय पार्कको नगर प्रमुखद्धारा उद्घाटन
समाचार

तीनलाल पर्यटकीय पार्कको नगर प्रमुखद्धारा उद्घाटन

२१ पुष २०७६, सोमबार
रामेछापमा पनि धान दिवस मनाइयो
विविध

रामेछापमा पनि धान दिवस मनाइयो

२१ पुष २०७६, सोमबार
मुगिटार माविको प्रथम स्मारिका विमोचन 
शिक्षा

मुगिटार माविको प्रथम स्मारिका विमोचन 

२१ पुष २०७६, सोमबार
योग साधना र उपयुक्त समय  
विचार

योग साधना र उपयुक्त समय  

२१ पुष २०७६, सोमबार
ओख्रेनीमा पहिलो पटक सार्वजनिक सुनुवाई
समाचार

ओख्रेनीमा पहिलो पटक सार्वजनिक सुनुवाई

२१ पुष २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.