Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ल्याङ–ल्याङमा १५ जनाले लिए अपाङ्गता परिचयपत्र, बुधबार रामपुरमा वितरण गरिने

नेपाल अभियान नेपाल अभियान
२२ पुष २०७६, मंगलवार
in स्थानीय सरकार
0
170
SHARES
Share on FacebookShare on Twitter

ल्याङ–ल्याङ, अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी रामेछाप नगरपालिकाले आयोजना गरेको अपाङ्गता परिचय पत्र वितरण घुम्ती सिविरमा मंगलबार रामेछाप–८ ल्याङल्याङका १५ जनाले अपाङ्गता परिचय पत्र लिएका छन् । वडा नम्बर ८ को कार्यालयमा राखिएको घुम्ती सिविरमा उनिहरुलाई परिचयपत्र वितरण गरिएको हो ।

अशक्त व्यक्तिहरुको सहजतालाई ध्यानमा राखेर सिविर संचालन गरिएको घुम्ती सिविरमै रहनुभएका रामेछाप नगरका अधिकृत नारायण सुवेदीले बताउनुभयो । सिविरमा ४५ जना जेष्ठ नागरिकलाई जेष्ठ अपाङ्गता परिचय पत्र पनि वितरण गरिएको छ ।
सिविरमा सहभागी भएका अधिकासं अपाङ्गता भएका व्यक्तिहरुले स्थानीय सरकार आए पछि अपाङ्गता भएका व्यक्तिहरुका लागि आफूहरुले अपेक्षा गरेको जति सहयोग नभएको गुनासो गरेका छन् । पुरानो परिचयपत्र नविकरण गर्न आउनुभएका भक्त बहादुर कसाईले आफूले धेरै पहिला परिचत्र पत्र पाएको तर दिर्घकालिन रुपमा जीविको पार्जनका कार्यक्रम सरकारले नल्याउँदा आफूहरुलाई अझै पनि समस्या भएको बताउनुभयो । उहाँले स्थानीय सरकारले अपाङ्गगता भएका व्यक्तिहरुलाई लक्षित गरी कार्यक्रम ल्याए सामान्य जीवनयापन गर्न सहज हुने बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिहरुलाई वडाले जीविको पार्जनमा समेत टेवा पुग्ने गरी कार्यक्रम ल्याउने वडाको तयारी रहेको वडा नम्बर ९ का वडाध्यक्ष चन्द्र बहादुर श्रेष्ठले बताउनुभयो । यसै आर्थिक वर्ष देखि वडामा रहेका अपाङ्गता भएका व्यक्तिलाई समूहगत रुपमा सहभागिता गराउने गरी कार्यक्रम ल्याउने पनि वडाध्यक्ष श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो । घुम्ती सिविरमा उपप्रमुख सृजना खड्का, सम्बन्धित वडाको वडाध्यक्ष, रामेछाप नगरपालिकाका अधिकृत नारायण सुवेदी, डा. निशान्त भण्डारी, विषयगत शाखाका कर्मचारी लगायतको टोली रहेको छ ।

अपाङ्गता परिचयपत्र वितरणको टोली बुधबार रामपुर जाने योजना रहेको रामेछाप नगरपालिकाका अधिकृत नारायण सुवेदीले जानकारी दिनुभयो ।

Share115Tweet23Share6

Related Posts

समाचारको प्रभाव,मुल्य बृद्धि सम्बन्धि समाचार प्रकाशन र प्रसारण भएपछि जिल्ला प्रशासन र मन्थली नगरपालिकाले लियो चासो
समाचार

समाचारको प्रभाव,मुल्य बृद्धि सम्बन्धि समाचार प्रकाशन र प्रसारण भएपछि जिल्ला प्रशासन र मन्थली नगरपालिकाले लियो चासो

२२ पुष २०७६, मंगलवार
तीनलाल पर्यटकीय पार्कको नगर प्रमुखद्धारा उद्घाटन
समाचार

तीनलाल पर्यटकीय पार्कको नगर प्रमुखद्धारा उद्घाटन

२२ पुष २०७६, मंगलवार
रामेछापमा पनि धान दिवस मनाइयो
विविध

रामेछापमा पनि धान दिवस मनाइयो

२२ पुष २०७६, मंगलवार
मुगिटार माविको प्रथम स्मारिका विमोचन 
शिक्षा

मुगिटार माविको प्रथम स्मारिका विमोचन 

२२ पुष २०७६, मंगलवार
योग साधना र उपयुक्त समय  
विचार

योग साधना र उपयुक्त समय  

२२ पुष २०७६, मंगलवार
ओख्रेनीमा पहिलो पटक सार्वजनिक सुनुवाई
समाचार

ओख्रेनीमा पहिलो पटक सार्वजनिक सुनुवाई

२२ पुष २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.