Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

स्थानीय सरकारको काईदा, वडाअध्यक्षले सिफारिस घरमै लिएर गएपछि स्थानीयलाई फाइदै– फाइदा

बद्री नयाँघरे बद्री नयाँघरे
६ फाल्गुन २०७६, मंगलवार
in स्थानीय सरकार
0
108
SHARES
Share on FacebookShare on Twitter

सुकाजोर- रामेछाप नगरपालिकाको केन्द्र देखि निकै टाढा रहेको बस्ती सुकाजोर विर्ताका नागरिकले स्थानीय तहको चुनावमा गाउँमा भोट माग्न आउने नेताबाट खासै ठूलो अपेक्षा गरेका थिएनन् । उनिहरुले आफूलाई आवश्यक पर्ने सिफारिस लिन सदरमुकाम धाउनु पर्ने बाध्यता मात्रै हटे त्यो नै ठूलो उपलब्धी हुने कल्पना गरेका थिए ।

तर अहिले त्यहाँका नागरिक आफूले भोट दिएर जिताएका जनप्रतिनिधि महिनाको एक पटक वडा कार्यालयनै झोलामा बोकेर घर–घरमा आउन थालेपछि स्थानीय सरकारको सेवा देखेर स्थानीयहरु दंग छन् ।

वडा कार्यालयले स्थानीयको समस्यालाई टोलमै आएर समधान गर्दाको खुसी सुनाउँदै स्थानीय रामबहादुर हायुले भन्नुभयो– ‘हामीले भोट दिँदा यति धेरै सेवा सुविधा त्यो पनि आफ्नै टोलमा पाइएला भनेर सोचेका पनि थिएनौं, आज वडाध्यक्ष सहितको टोली गाउँमै आएर वडा कार्यालय सम्म जान नसक्ने जेष्ठ नागरिक, अशक्त अनि पैसा नभएकै कारण सेवाबाट बञ्चित भएर बसेकालाई विभिन्न सेवा उपलब्ध भए । यो सेवाले हामीले दिएको एक भोटको महत्व बल्ल बुझेका छौँ, यस्तो घुम्ती सिविरले हामीलाई ठूलो सहयोग गरेको छ ।’

रामेछाप–७ सुकाजोरका वडाध्यक्ष समिर कार्कीले भन्नुभयो– ‘चुनाव ताका गाउँमा जाँदा गरेका बाचालाई पूरा गर्न मात्रै हैन वडा कार्यालय सम्म आउन नसक्ने स्थानीयलाई लक्षित गरी वडाको अति विकट बिर्तावासीको घरमै पुगेर जन्म दर्ता, मृत्यु दर्ता, नाता प्रमाणित, जनजाति प्रमाणितको सिफारिस, विवाह दर्ता, जग्गाको कर उठाउने, नागरिकताको सिफारिस दिने लगायतका कागजपत्र बनाइदिनु स्थानीय सरकारको कर्तव्य पनि हो । तसर्थ हामीले अघिल्लो महिना देखि यस्ता विकट रहेका बस्तीमै गएर सेवा दिन थालेका छौँ । यसलाई हामी निरन्तरता दिन्छौँ । त्यस्तै हामीले यहाँका स्थानीयलाई साना उद्योग मार्फत कसरी विकासमा जोड्न सकिन्छ भनेर उद्योग वाणिज्य संघका नगर अध्यक्षलाई समेत यो घुम्ती सिविरमा ल्याएका छौँ, आगामी दिनमा स्थानीयसँग समन्वय गरेर काम गर्ने योजना बनाएका छौँ ।’

गाउँमा भोट माग्न जाँदाको विगतलाई सम्झँदै रामेछाप–७ की वडा सदस्य एवं कार्यपालिका सदस्य ज्ञानुदेवी बस्नेत कार्कीले भन्नुभयो– ‘हामी विर्ताका नागरिकको घरमा भोट दिनुस भनेर जाँदा त्यहाँका नागरिकलाई विकासको मूल प्रवाहमा ल्याउनु पर्छ भनेर प्रतिबद्धता जनाए थियौँ ।, आज त्यहि प्रतिवद्धता पूरा गर्न यहाँका नागरिकका के समस्या छन् र त्यसलाई कसरी समधान गर्न सकिन्छ भनेर छलफल गर्न पनि हाम्रो टोली नै यहाँ आएको छ । उहाँहरुकै मागका आधरमा हामी विकास गर्छौ ।’

सोमबार वडाध्यक्ष समीर कार्की, वडा सदस्य एवं कार्यपालिका सदस्य ज्ञानुदेवी बस्नेत कार्की, वडासदस्य बिलबहादुर थापा, वडा सचिव उत्तमकुमार कार्की, रामेछाप नगर उद्योग बाणिज्य संघका अध्यक्ष सम्भु कुमार श्रेष्ठ, पुनर्निर्माण प्राधिकरणका इन्जिनियर विजयप्रताप शाह सहितको टोलीले एक सय भन्दा बढी नागरिकलाई विभिन्न सेवा दिएको छ ।

सिविरमा विर्ताका स्थानीयलाई विकासमा जोड्ने गरी यस अघि वडा कार्यालयबाट कृषि कार्यक्रमका लागि जारी भएको सूचना अनुसार कृषकहरुको फारम संकलन गरिएको, स्थानीय किसान ढाल बहादुर श्रेष्ठलाई सिंचाइको लागि एक सय मिटर पाइप वितरण गरिएको र गुनासो पछि लाभग्राही सूचीमा परेका चार भूकम्प पीडितसँग नीजि आवस निर्माणको लागि सम्झौताको काम गरिएको वडा सचिव उत्तम कुमार कार्कीले बताउनुभयो ।

त्यस्तै वडा कार्यलयकै पहलमा विद्युत नपुगेका केही ठाउँहरूमा समेत अहिले विद्युत पुगेर सबै बस्तीका नागरिक उज्यालोमा रमाउन पाएका छन् । त्यति मात्र होइन स्थानीय सरकार आएपछि ती बस्तीमा खानेपानी, शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता आधारभूत आवश्यकता समेत पूरा हुने गरी दीर्घकालीन योजनानै अगाडि बढाएर काम भइरहेकाले विर्ताका स्थानीय थप खुसी रहेका छन् ।

Share43Tweet27Share8

Related Posts

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

६ फाल्गुन २०७६, मंगलवार
रामेछाप नगरका आधा योजना पनि संझौता भएनन्
देश

रामेछाप नगरका आधा योजना पनि संझौता भएनन्

६ फाल्गुन २०७६, मंगलवार
मन्थलीमा विबिध कार्यक्रमका साथ मनाईयो महिला दिबस
आधारभूत

मन्थलीमा विबिध कार्यक्रमका साथ मनाईयो महिला दिबस

६ फाल्गुन २०७६, मंगलवार
उमाकुण्डमा हाईड्रोपावरको आँतक,पालिकाले गाडि चलाउन रोक लगाउने
आधारभूत

उमाकुण्डमा हाईड्रोपावरको आँतक,पालिकाले गाडि चलाउन रोक लगाउने

६ फाल्गुन २०७६, मंगलवार
उमाकुण्ड गाउँपालिकाले पत्रकार सम्मेलन गर्दे भन्यो हाइड्रो पावरको ज्यादति खप्न सकिएन्
देश

उमाकुण्ड गाउँपालिकाले पत्रकार सम्मेलन गर्दे भन्यो हाइड्रो पावरको ज्यादति खप्न सकिएन्

६ फाल्गुन २०७६, मंगलवार
दशौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लिखु तामाकोशीमा सुरु
खेलकुद

दशौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लिखु तामाकोशीमा सुरु

६ फाल्गुन २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.