Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा १७ हजारले गराए निःशुल्क मृगौला परीक्षण

नेपाल अभियान नेपाल अभियान
३० पुष २०७८, शुक्रबार
in समाचार, स्थानीय सरकार, स्वास्थ्य
0
36
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ३० पुष । “स्वस्थ मिर्गौला,स्वस्थ मन्थली” भन्ने मूल नारका साथ १४ वटै वडामा अभियान का रुपमा आरम्भ गरेको मन्थली नगरले पुष २८ सम्ममा कुल १७ हजार जनाको मिर्गौला परिक्षण गरेको छ । गत मंसिर ५ गते कार्यालयमा पत्रकार सम्मेलन गरी आफ्ना नागरिकको निशुल्क मिगौला परिक्षण गर्ने घोषणा गरेको मन्थली नगरपालिकाले १४ वटै वडाबाट उक्त संख्यामा मुगौला परिक्षण गरेको जनाएको हो ।


१४ वटै वडा कार्यालय,स्वास्थ संस्था,विद्यालय र सार्वजनिक स्थानमा पुगेर नगरका स्वास्थयकर्मीहरुले निःशुल्क मिगौला परीक्षण गरिरहेका मन्थली नगरपालिकाका स्वास्थ्य प्रमुख केशब फुयाँलले जानकारी दिनुभयो । उहाँका अनुसार – परिक्षण भैसकेका १७ हजार मध्ये कुल १३ सय जनाको मिर्गौलामा सामान्य समस्या देखिएको थियो । सोहि आधारमा उनीहरुका लागि पनि पुष २७ र २८ गते मृगौला रोग विषशज्ञ डा.ऋषि काफ्लेलेको नेतुत्वमा मन्थली प्राथमिक स्वास्थ केन्द्रमा अर्को शिबिर संञ्चालन गरि परिक्षण गराईएको थियो ।
शिबिरमा ४ सय ७२ को पुनः परिक्षण गरिएको र सो क्रममा १ सय ६१ जनामा सुगर र पिसाब सम्बन्धी खराबि देखिएको र २८ जनामा भने मृगौला सम्बन्धी जटिल समस्या देखिएकोले थप उपचारका लागि काठमाडौमा रेफर गरिएको जानकारी नगरपालिकाका स्वास्थ्य प्रमुख केशब फुयाँलले दिनुभयो । फुयाँलका अनुसार राष्ट्रिय मिर्गौला उपचार केन्द्रको प्राविधिक सहयोगमा नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र रहेका सबै नागरिकहरुको निःशुल्क मिर्गौला परीक्षण गर्ने अभियान अनुसार परिक्षणको काम भईरहेको छ ।
नागरिककै अभिमत बाट निर्बाचन जितेको आफुले आफ्नो बाँकि कार्यकालमामा पनि नागरिकहरुका लागि केही स्मरण योग्य काम गर्ने योजना अनुरुप निःशुल्क मिर्गौला परिक्षणको काम भईरहेको नगर प्रमुख रमेश कुमार बस्नेतले बताउनु भयो । उहाले नगर क्षेत्र भित्रका करिव ५१ हजार नागरीकहरुका लागि निःशुल्क रुपमा आरम्भ गरिएको मिर्गौला परिक्षणको अभियान माघ मसान्त सम्म संचालन गरिने जानकारी पनि दिनुभयो । उहाँले परीक्षणको गतिलाई हेर्दा कम्तिमा ३५ । ४० हजार जना अभियानमा सामेल हुने आँकलन पनि गर्नु भयो ।
मिर्गौला वचाउ अभियानका प्रमुख अभियान्त डा.ऋषि काफ्लेले कुल जनसंख्याको १० प्रतिशतमा प्राय मृगौला रोगीहरु फेला पर्ने गरेको कारण आफु पनि मन्थली नगरबासि भएको नाताले पहिलो पटक मन्थली नगर सँग सहकार्य गरेर अभियान संचालन गरेको बताउनुभयो । उहाले यो परीक्षण सामान्य ढंगबाट गर्न सकिने र एक जनाको बढिमा १ मिनेटमा परीक्षण सम्पन्न हुने बतउनुभयो । उक्त कार्यक्रम अघि नगर क्षेत्र भित्र रहेका करिब २७ जना स्वास्थ्य प्रमुखहरुलाई अभियानका चिकित्सकहरुले यस समबन्धी अभिमुखीकरण समेत गराएका कारण परिक्षणको गतिले तिब्रता पाएको जानकारी पनि नगर प्रमुखले गराउनुभएको छ ।

Share14Tweet9Share3

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३० पुष २०७८, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३० पुष २०७८, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३० पुष २०७८, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३० पुष २०७८, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३० पुष २०७८, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

३० पुष २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero