Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

उमाकुण्ड गाउँपालिकाले पत्रकार सम्मेलन गर्दे भन्यो हाइड्रो पावरको ज्यादति खप्न सकिएन्

superadmin superadmin
१८ फाल्गुन २०७९, बिहीबार
in देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
32
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १८ फाल्गुण । जिल्लाको उमाकुण्ड गाउँपालिकाले पत्रकार सम्मेलनको आयोजना गरि पालिका भित्र भए गरेका विकास निर्माण लगाएत विभिन्न कामको बारेमा जानकारी गराएको छ । पालिकाले आफनै सभाहलमा जिल्लाका पत्रकार हरुको रोहबरमा सम्पन्न भएका कार्यक्रम र भावि कार्य दिसाको बारेमा जानकारी गराएको हो ।
पत्रकार सम्मेलनका अबसरमा पालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले सम्बृद्ध पालिका र सुःखि नागरिकको लागि पालिका भित्रका हाईड्रोपावरको दादागिरी बाधक रहेको बताउनु भयो । अध्यक्ष सुनुवारले पछिल्लो उदाहरणका रुपमा एक हप्ता अघि ‘दुगड् हाइड्रो पावरमा घटेको घटनाले पीडित पक्षको मात्र नभएर सिङ्गो पालिकालाईनै मर्माहत बनाएको बताउनु भयो । दुगडको लापरबाहिले एक जना मज्दुरको ज्यान जानुका साथै २८ दिने शिशुसहितको परिवार विचल्लीमा परेको भन्दै ‘दुगड् हाइड्रो’ पावरको काम प्रति आक्रोश पोख्नु भयो ।

उहाँले भन्नुभयो ‘दुगड् हाइड्रो’ पावरको मात्र नभएर पालिकामा संचालित अन्य हाईड्रोपावरले पनि स्थानियहरुलाई पेलेर काम गरेको गुनासो गर्नु भयो । उनिहरुले स्थानिय प्रशासन र सर्बदलिय सहमतिका आधारमा गरेको लिखित प्रतिबद्धता पनि पुरा नगरि आफनो स्वार्थ अनुकुल काम गरेको भन्दै उनिहरुको दादागिरी स्थानिय सरकारका लागि पनि सह्य नहुने बताउनु भयो ।
रामेछाप र सोलुखुम्बुको सीमा भएर बहने लिखु नदीमा निर्माणाधीन र निर्माण सम्पन्न भएका नौ जलविद्युत आयोजना रहेका र उनिहरु कसैले पनि आफनो प्रतिबद्धता अनुसार काम नगर्दा स्थानियहरु मर्कामा परेको पनि अध्यक्ष सुनुवारले बताउनु भयो । यस खालको रबैया विरुद्ध आफुहरुले चाँडैनै अभियान संचालन गर्ने जानकारी पनि अध्यक्ष सुनुवारले गराउनु भयो ।
त्यसैगरि पत्रकार सम्मेलनमा अध्यक्ष सुनुवारले आफुले गाउँपालिकाभित्र भइरहेका सडक लगायतका पूर्वाधार विकासको कामका लागि हुनुपर्ने दिगोपना र गुणस्तरीयतामा कुनै पनि सम्झौता नगर्ने भन्दै यसका लागि स्वतन्त्र ढंगले अनगमन गरी दिनका लागि पनि सम्बन्धित पक्ष संग आग्रह गर्नु भयो । उहाँले भन्नु भयो पालिकाको काममा निति बाहिर बसेर कुनै पनि सम्झौता हुँदैन् ।
केहि दिन अघि मात्र गाउँपालिकाको मध्यमार्गी सडक अन्र्तगतको ४ करोड रुपियाँको ठेक्का संझौता हुनु पालिकाका लागि पनि गर्वको विषय भएको भन्दै उक्त योजनाका लागि पालिकाले काम हेर्नका लागि छुट्टै अनुगमन समिति बनाइएको बताउनुभयो । गाउँपालिकाले स्थानिय हरुका मागमा आधारमा सडक पूर्वाधार विकासका काममा जोड दिंदै आएको पनि सो अबसरमा जानकारी गराईएको थियो ।
त्यस्तै सदरमुकाम मन्थलीबाट गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडक कालोपत्रे गर्ने सुनिश्चितता भइसकेको जानकारी पनि सनुवारले गराउँनु भयो । जस अन्तरगत यही चैत मसान्तसम्म साढे ६ किलोमिटर सडक कालोपत्रे भइसक्ने र बाँकी सडक आगामी आर्थिक वर्षमा कालोपत्रे हुने उहाँको भनाइ छ । गाउँपालिकाको भुजिदेखी गुम्देलसम्मका नागरिकलाई गाउँपालिकाको केन्द्रमा सहज रूपमा आवत–जावतका लागि गाउँपालिकाले ७२ किलोमिटर मध्यमार्गी सडक बनाएको र यसको दिगो विकासका लागि पनि सरकारले आवश्यक सोच बनाई रहेको उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा आफनो धारणा राख्दै उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले यस बर्ष गाउँपालिकामा सञ्चालन हुने २ सय भन्दा बढी विकास योजनाहरू रहेको र हाल सम्म उनिहरु मध्य एक सय वटा योजना सम्पन्न भईसकेको बताउनुभयो । चालु आर्थिक वर्ष २०७९÷०८० मा ७ वटा वडामा अहिले सम्म १ सय वटा योजनाहरू सम्पन्न भई सकेको र तिनको भुक्तानीका लागि माग भई आएको छ । जसमा २ करोड ९१ लख रुपियाँ भुक्तानीका लागि सिफारिस भइसकेको पनि उपाध्यक्ष सुनुवारले बताउनुभयो । गाउँपालिकाको सबै वडाहरूमा सञ्चालन हुने योजना तथा कार्यक्रमहरूलाई पारदर्शी, गुणस्तरीयता र समयमै सम्पन्न गराउनका लागि अनुगमनमा कडाइ गरिएको उहाँले बताउनुभयो ।
प्राविधिक सहितको अनुगमन समितिले अनुगमनका क्रममा केही योजनाहरूमा गुणस्तरहीन काम भएको पाइएकाले त्यस्ता योजनाहरूलाई सुधार गर्नु पर्ने वाचा सहित आवश्यक सुझावहरू दिइएको जानकारी पनि पत्रकार सम्मेलनमा उपाध्यक्ष सुनुवारले गराउनु भयो ।

Share13Tweet8Share2

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१८ फाल्गुन २०७९, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१८ फाल्गुन २०७९, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१८ फाल्गुन २०७९, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१८ फाल्गुन २०७९, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१८ फाल्गुन २०७९, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१८ फाल्गुन २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero