रामेछाप २७ फागुन । शनिबार मन्थलीमा सम्पन्न माझी उत्थान संघ रामेछापको छैटौ अधिबेसनको नेपाल माझी उत्थान संघकी वरिष्ठ केन्द्रीय उपाध्यक्ष चिनीमाया माझीले माझीले एक समारोहका विच गर्नु भयो । सो क्रममा उहाँले आर्थिक राजनितिक र सामाजिक अधिकार विना माझी समुदायको मुक्ति सम्भब नहने भएकोले त्यसको शसक्तिकरणका लागि युवा पुस्ता अघि बढ्नु पर्ने बताउनुभएको छ ।
प्रमुख अतिथिको रुपमा बोल्नु हुँदै उहाँले माझी समुदायको अधिकार र पहिचानका मुद्दामा नेतृत्वमा रहेका र माझी समुदायका अगुवाहरुले स्प्रष्ट दृष्टिकोणका साथ अघि बढ्नुपर्ने र त्यसो हुन नसकेमा आफुहरुको पहिचान छायाँमानै परि रहने पनि माझीले बताउनुभयो । उहाँले अस्थिर सरकारका कारण देश र जनताले अपेक्षा अनुसार काम हुन नसेकोको भन्दै देशमा स्थिर सरकार आबश्यक रहेको धारणा पनि राख्नु भयो ।
उहाँले सम्भावित मरिन ड्रार्यभरसन र त्यसबाट मन्थलीको माझि समुदायलाई पर्ने असर र अन्यत्रको अबस्था समेतलाई उदाहण दिंदै जलविद्युत आयोजना र जलाशययुक्त योजनाका कारण माझी समुदाय संकटमा पर्दै गएको बताउँदै कुनै पनि आयोजनाले जग्गाधनी पुर्जाको आधारमा मात्र मुआब्जा दिँदा माझी समुदाय माथि अन्याय भएको पनि बताउनु भयो । मुआब्जा बापत बुझेको न्युन रकम ब्यबहारिक प्रयोजनमा सकिएर माझी समुदायले खालि हात पुस्तौ देखि आफनो समुदाय बस्दै आएको आफ्नो थाक थलो छोड्नु आफुहरुका लागि दुखद भएको पनि बताउनु भयो ।
मरिण डाइभर्सन र जलाशययुक्त सुनकोसी जलविद्युत आयोजना बन्दा माझी समुदायलाई ठुलो क्षति पुग्ने बताउँदै उहाँले मरिण डाइभर्सनका सन्दर्भमा १३ बुँदे मागलाई ध्यान दिन पनि सरकार संग आग्रह गर्नुभयो । माझी सभ्यता, संस्कार र संस्कृति नदीबाटै सुरु भएको ईतिहाँस स्मरण गर्दे उहाँले नदी सकिँदा माझीको सभ्यता र संस्कृति पनि समाप्त हुने दावि गर्दे पहिचान सहितको अधिकारका लागि माझीसमुदायले लड्नु पर्ने बेला आएको पनि उपाध्यक्ष माझीले बताउनु भयो ।
संघका जिल्ला अध्यक्ष ईन्द्र माझीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले माझिसमुदायको उत्थानका लागि नगरपालिकाले सहयोग गर्न तयार रहेको बताउनु भयो । त्यसका लागि संस्थालाई आफनो कार्ययोजना सहित आउन पनि आग्रह गर्नु भयो ।
उहाँले माझी समुदायको ईतिहासलाई राम्ररी बुझेको मन्थली नगरपालिका माझी समुदायको पहिचान र संबृद्धिका लागि गम्भिर रहेको भन्दै माझि समुदायबाट माग भई आएमा आगामि बर्षबाट उनिहरुलाई लदि पुजाका दिन सार्वजनिक विदा दिन पनि नगरपालिका सकरात्मक रहेको बताउनु भयो । उहाँले भन्नु भयो समन्वय र सहकार्य र सहयोगका आधारमा काम गर्न पनि नगरपालिका तयार रहेको छ ।
हरि माझिले संचालन गर्नु भएको उद्घाटन् सभामा मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी बस्नेत,नेकपा एमालेका जिल्ला उप सचिब होतराज ढकाल,नेकपा एमाओवादी केन्द्रका नगर सचिब राम बहदुर तामाङ्ग नेकपा एसका जिल्ला सचिब तामाङ्ग नेपाल पत्रकार महासंघका रामेछापका अध्यक्ष बद्री नयाँघरे,महिला माझी उत्थान संंघकि जिल्ला अध्यक्ष हर्क मायाँ माझी माझी अगुवाहरु क्रमशः सुर्य माझी, बल बहादुर माझी,बलवीर माझी,गणेश माझि लगायतले अधिवेसन सफलताको शुभकामना दिंदै माझी समुदायको हक हित र अधिकारका लागि आफुहरु पनि योगदान दिन तयार रहेको धारणा राख्नु भयो ।

यो बारेमा तपाईको प्रतिकृया