रामेछाप ११ चैत – राष्ट्रिय जनसांस्कृतिक महासंघ बागमती प्रदेश कमिटिको आयोजनामा यहि चैत १२ देखि १४ गते रामेछापमा बागमति सास्कृतिक सम्मिलन हुने भएको छ । संस्थाले शुक्रबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त कार्यक्रमको बारेमा जानकारी गराएको हो ।
जिल्लाको पर्यटन,कृषि,साहित्यिक तथा धार्मीक क्षेत्रको पहिचान र तिनको प्रचार प्रसार तथा बागमती प्रदेश भित्रका लोक संस्कृति र कलाहरुको पहिचान तथा साहित्य, चित्रकला,मूर्तिकला, सङ्गीतकलाको संरक्षण र सम्र्वद्धन गर्ने उदेश्यले कार्यक्रम गर्न लागिएको जानकारी संस्थाका अध्यक्ष होमराज श्रेष्ठले जानकारी गराउनु भयो ।
तीन दिन सम्म चल्ने सम्मेलनको उद्घाट्न चैत्र १२ गते रामेछाप भंगेरीको एतिहासिक स्थल पुष्पलाल पार्कमा गरिने भएको छ । सदरमुकाम मन्थलिलाई केन्द्र बिन्दु बनाएर संचालन गरिने उक्त कार्यक्रममा जिल्लाका सबै पालिकाकाहरुका सम्भावित ऐतिहाँसिक र पर्यटकिए स्थलहरुको स्थलगत अध्ययन तथा अनुसन्धान अबलोकन गर्र्नुका साथै त्यसकौ पुर्ण प्रतिबेदन तयार गर्ने कार्यक्रम रहेको जानकारी पनि अध्यक्ष श्रेष्ठले गराउनु भयो । उहाँले भन्नु भयो – राजधानी काठमाडौ लगाएत विभिन्न जिल्लाबाट ठुलो संख्यामा भेला हुने कलाकार,साहित्यकार र राजनितिक कर्मिहरुले जिल्लाका विभिन्न ऐतिहासिक ,धार्मिक तथा पर्यकीय स्थलको अध्ययन, अवलोकन भ्रमण पछि तयार पारिने बृत्त चित्रलाई पनि सो अबसरम प्रस्तुत गरिने कार्यक्रम रहेको पनि अध्यक्ष श्रेप्ठले जानकारी दिनु भयो ।
त्यस्तै कार्यक्रममा माझि लगाएत विभिन्न जातजातिको संस्कृति झल्कने झाँकी समेत प्रस्तुत गरिने छ ।कार्यक्रमका अबसरमा स्थानिय साहित्यकार र कलाकारको पनि छुटट छुट्टै प्रस्तुति रहने छ भने ख्याति प्राप्त राष्ट्रिय स्तरका कलाकारहरुको समेत बेजोड प्रस्तुतिका लागि समेत आयोजकले ब्यवस्था मिलाएको छ ।
कार्यक्रमलाई सफल बनाउनका लागि महासंघले प्रदेश अध्यक्ष होमराज श्रेष्ठको अध्यक्षतामा ५७ सदसिय सम्मिलन आयोजक समिति समेत निर्माण गरेको छ । सवै पक्ष र क्षेत्रको उपस्थतिमा गर्न लागिएकोले कार्यक्रमलाई सम्मिलन नामाकरण गरिएको पनि अध्यक्षले जानकारी दिनुभयो ।
नेकपा एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासंघले आयोजना गर्न लागेको कार्यक्रमलाई राजनिति संग नजोडिकन विशुद्ध जिल्लाको विकास र सम्बृद्धि संग जोड्ने लक्ष्य पनि आयोजकले लिएको छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा गैर राजनितिक मान्छेलाई सहभागि गराईने पनि आयोजकले जनाएको छ ।
कार्यक्रमलाई सफल बनाउन र पालिकाका हरुको सम्भावित ठाउँको खोजि र तिनको प्रचार प्रसार गराउनुनै कार्यक्रमको मूल उदेश्य रहेको पनि आयोजक पक्षले जनाएको छ । जसका लागि समुह क देखि घ सम्म गरि ४ वटा स्थानिय निकायहरुलाई लक्षित गरि स्थलगत अबलोकन भ्रमण समुह समेत गठन गरिएको जानकारी पनि सो अबसरमा गराईएको थियो ,।
त्यसका लागि ति पालिकाका प्रमुखहरु संग समेत समन्वय भई रहेको छ । पार्टि राजनिति भन्दा माथि उठेर गर्न लागिएको कार्यक्रम संचालनका लागि अन्यत्र जिल्लाबाट माग भई आएको भएपनि जिल्लाको विकास र सम्बृद्धिका लागि आफुले आफनो जिल्ला रामेछापलाईनै प्रस्ताब गरेको पनि अध्यक्ष श्रेष्ठले प्रस्ट्याउनु भयो ।

यो बारेमा तपाईको प्रतिकृया