Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप सांस्कृतिक सम्मिलनबाट जिल्लाको विकासमा सहयोग पुग्ने

superadmin superadmin
११ चैत्र २०७९, शनिबार
in देश, प्रदेश नं ३, विविध, समाचार, समाज
0
27
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ११ चैत – राष्ट्रिय जनसांस्कृतिक महासंघ बागमती प्रदेश कमिटिको आयोजनामा यहि चैत १२ देखि १४ गते रामेछापमा बागमति सास्कृतिक सम्मिलन हुने भएको छ । संस्थाले शुक्रबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त कार्यक्रमको बारेमा जानकारी गराएको हो ।
जिल्लाको पर्यटन,कृषि,साहित्यिक तथा धार्मीक क्षेत्रको पहिचान र तिनको प्रचार प्रसार तथा बागमती प्रदेश भित्रका लोक संस्कृति र कलाहरुको पहिचान तथा साहित्य, चित्रकला,मूर्तिकला, सङ्गीतकलाको संरक्षण र सम्र्वद्धन गर्ने उदेश्यले कार्यक्रम गर्न लागिएको जानकारी संस्थाका अध्यक्ष होमराज श्रेष्ठले जानकारी गराउनु भयो ।
तीन दिन सम्म चल्ने सम्मेलनको उद्घाट्न चैत्र १२ गते रामेछाप भंगेरीको एतिहासिक स्थल पुष्पलाल पार्कमा गरिने भएको छ । सदरमुकाम मन्थलिलाई केन्द्र बिन्दु बनाएर संचालन गरिने उक्त कार्यक्रममा जिल्लाका सबै पालिकाकाहरुका सम्भावित ऐतिहाँसिक र पर्यटकिए स्थलहरुको स्थलगत अध्ययन तथा अनुसन्धान अबलोकन गर्र्नुका साथै त्यसकौ पुर्ण प्रतिबेदन तयार गर्ने कार्यक्रम रहेको जानकारी पनि अध्यक्ष श्रेष्ठले गराउनु भयो । उहाँले भन्नु भयो – राजधानी काठमाडौ लगाएत विभिन्न जिल्लाबाट ठुलो संख्यामा भेला हुने कलाकार,साहित्यकार र राजनितिक कर्मिहरुले जिल्लाका विभिन्न ऐतिहासिक ,धार्मिक तथा पर्यकीय स्थलको अध्ययन, अवलोकन भ्रमण पछि तयार पारिने बृत्त चित्रलाई पनि सो अबसरम प्रस्तुत गरिने कार्यक्रम रहेको पनि अध्यक्ष श्रेप्ठले जानकारी दिनु भयो ।
त्यस्तै कार्यक्रममा माझि लगाएत विभिन्न जातजातिको संस्कृति झल्कने झाँकी समेत प्रस्तुत गरिने छ ।कार्यक्रमका अबसरमा स्थानिय साहित्यकार र कलाकारको पनि छुटट छुट्टै प्रस्तुति रहने छ भने ख्याति प्राप्त राष्ट्रिय स्तरका कलाकारहरुको समेत बेजोड प्रस्तुतिका लागि समेत आयोजकले ब्यवस्था मिलाएको छ ।
कार्यक्रमलाई सफल बनाउनका लागि महासंघले प्रदेश अध्यक्ष होमराज श्रेष्ठको अध्यक्षतामा ५७ सदसिय सम्मिलन आयोजक समिति समेत निर्माण गरेको छ । सवै पक्ष र क्षेत्रको उपस्थतिमा गर्न लागिएकोले कार्यक्रमलाई सम्मिलन नामाकरण गरिएको पनि अध्यक्षले जानकारी दिनुभयो ।
नेकपा एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासंघले आयोजना गर्न लागेको कार्यक्रमलाई राजनिति संग नजोडिकन विशुद्ध जिल्लाको विकास र सम्बृद्धि संग जोड्ने लक्ष्य पनि आयोजकले लिएको छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा गैर राजनितिक मान्छेलाई सहभागि गराईने पनि आयोजकले जनाएको छ ।
कार्यक्रमलाई सफल बनाउन र पालिकाका हरुको सम्भावित ठाउँको खोजि र तिनको प्रचार प्रसार गराउनुनै कार्यक्रमको मूल उदेश्य रहेको पनि आयोजक पक्षले जनाएको छ । जसका लागि समुह क देखि घ सम्म गरि ४ वटा स्थानिय निकायहरुलाई लक्षित गरि स्थलगत अबलोकन भ्रमण समुह समेत गठन गरिएको जानकारी पनि सो अबसरमा गराईएको थियो ,।
त्यसका लागि ति पालिकाका प्रमुखहरु संग समेत समन्वय भई रहेको छ । पार्टि राजनिति भन्दा माथि उठेर गर्न लागिएको कार्यक्रम संचालनका लागि अन्यत्र जिल्लाबाट माग भई आएको भएपनि जिल्लाको विकास र सम्बृद्धिका लागि आफुले आफनो जिल्ला रामेछापलाईनै प्रस्ताब गरेको पनि अध्यक्ष श्रेष्ठले प्रस्ट्याउनु भयो ।

Share11Tweet7Share2

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

११ चैत्र २०७९, शनिबार
मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

११ चैत्र २०७९, शनिबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

११ चैत्र २०७९, शनिबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

११ चैत्र २०७९, शनिबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

११ चैत्र २०७९, शनिबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

११ चैत्र २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.