Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

८२ बर्षिय बृद्धको खुकुरीले हानेर हत्या,अनुसन्धानको लागि प्रदेशबाट कुकुर झिकाँइदै

नेपाल अभियान नेपाल अभियान
१४ चैत्र २०७९, मंगलवार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
68
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १४ चैत्र । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेतालीमा ८२ बर्षिय बृद्धको खुकुरीले हानेर हत्या गरिएको छ । स्थानीय लिसेखानी टोलमा बस्दै आएका करिब ८२ वर्षीय वृद्ध शमशेर बहादुर थापामगरको सोमबार साँझ करिब ७ बजेको समयमा खुकुरी प्रहारबाट हत्या भएको हो ।
२ नातिनी सहित आफ्नै घरमा बसिरहेको अवस्थामा अज्ञात ब्यक्तिले थापामगरमाथि खुकुरी प्रहार गरी भागेका थिए ।खुकुरी प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि मन्थली ल्याउने क्रममा बाटोमै मृत्यु भएको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार खुकुरी प्रहारबाट थापामगरको टाउकोमा गम्भिर चोट लागेको थियो ।
केहि दिन अघि विरामी भएर श्रीमती उपचारको लागि काठमाडौ गएकाले बृद्ध दुई नातिनीका साथ घरमा बस्दै आएका थिए । नातिनीहरु घर बाहिर निस्किएको मौका छोपी बृद्ध माथि खुकुरी प्रहार भएको थियो । कस्ले र किन खुकुरी प्रहार गरेको भन्ने विषयमा केहि नखुलेको भएपनि प्रहरीले मृतकका आफनै छोरालाई भने पक्राउ गरि अनुसन्धान प्रकृया अघि बढाएको रामेछापका प्रहरी प्रमुख होम बहादुर पराजुलीले बताउनु भयो ।
घटना रहस्यमय भएकोले हामिले प्रदेश प्रहरी कार्यालय हेटौडाबाट थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर झिकाई सकेकाले चाँडै अपराधि पत्ता लाग्ने विश्वास पनि प्रमुख पराजुलीले बताउनुभयो । अनुसन्धानका लागि रामेछापका प्रहरी निरिक्षक रञ्जन गिरीको नेतृत्वमा टोली खटिएको छ ।
करिब २ महिना अघि बेताली ४कै भिमसेनथानमा ७६ वर्षीया वृद्धा पदमकुमारी खड्काको आधा शरीर जलेको अवस्थामा शंकास्पद शव फेला परेको थियो । उक्त घटनाको संलग्न ब्यक्तिलाई पनि प्रहरिले अहिले सम्म पहिचान गर्न नसकेपछि बेताली र सिङ्गो गोकुलगंगा गाउँपालिकानै आतंकित बनेको छ ।
दुवै घटना एकै गाउँका र दुई महिनाको बिचमा घटेकोले आफुहरुका लागि पनि अपराधि पत्ता लगाउने कुरामा चुनौति थपिएको पनि प्रमुख पराजुलीले बताउनु भयो । उहाँले भन्नु भयो –त्यसैले पनि हामीले थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर भिकाएका हौं ।

Share27Tweet17Share5

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१४ चैत्र २०७९, मंगलवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१४ चैत्र २०७९, मंगलवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१४ चैत्र २०७९, मंगलवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१४ चैत्र २०७९, मंगलवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१४ चैत्र २०७९, मंगलवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१४ चैत्र २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.