Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कोरोना रोकथाममा प्रशासनको सक्रियता

नेपाल अभियान नेपाल अभियान
९ बैशाख २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार, समाज, स्वास्थ्य
0
20
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ९ वैशाख । पछिल्लो समयमा देशभर कारोना संक्रमण बढिरहेको बेला त्यसको न्युनिकरणकालगि जिल्ला प्रशासन कार्यालय रामेछापले सक्रियता देखाएको छ ।देश भर मात्र नभएर जिल्लामा पनि दैनिक रूपमा कोरोना बढ्न लागि पछि सुरक्षाका उपाय अपनाउनका लागि जिल्ला प्रशासन कार्यालयले त्यस तर्फ सक्रियता देखाएको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी अनोज घिमिरेको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बैठकले यसको न्युनिकरण र रोकथामका लागि यस्तो चासो सहितको निर्णय गरेको हो । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना संक्रमण रोकथाम र त्यसको न्युनिकरणमा लाग्नु हामि सबैको दायित्व भएको भन्दै त्यसलाई प्राथमिकताका आधारमा आम रामेछापबासि हरुलाई स्वास्थ्य मापदण्ड पालना गर्न पनि आग्रह गरेको छ । कोरोनाको संक्रमण रोकथाम, नियन्त्रणमा थप सतर्कता अपनाई नागरिकको जीवनको सुरक्षा गर्नका लागि प्रशासनले आग्रह गरेको छ ।
बैठकले सार्वजनिक सवारी साधन तथा बढी भिडभाड हुने स्थानहरूमा मास्क तथा स्यानिटाईजको प्रयोग लगायत स्वास्थ्य प्रोटोकल सबैले पालना गर्ने, स्वास्थ्य कार्यालयले सचेतनामूलक कार्यक्रम सञ्चालन गरी सतर्कता अपनाउने, करोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीहरूको परीक्षण गर्ने आवश्यक व्यवस्था मिलाउनका लागि स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल रामेछापलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरि त्यसको न्युनिकरणका लागि परीक्षणको दायरा बढाउनका लागि सबै स्थानीय तहसँग अनुरोध गर्नुका साथै स्वास्थ्य कार्यालय र स्थानीय तहबिचको समन्वयमा आइसोलेसन बेडहरूलाई दुरुस्त अवस्थामा राख्ने र त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयमा गराउने सबै स्थानीय तहले आवश्यक स्वास्थ्य प्रोटोकल पालना गर्न÷गराउन तथा सन्देशमूलक प्रचार सामग्रीहरू प्रचारप्रसार गर्न निर्णय गरेको छ । त्यसैगरि बुस्टर डोज लगाउन छुटेका खोप लगाउन अवधि पुगेका ५५ वर्ष माथिका नागरिकहरूलाई वैशाख १३ र १४ गते बुस्टर डोज खोप उपलब्ध गराउने पनि निर्णय गरेको छ । साथै उक्त प्रयोजनका लागि सबै सरोकारवाला निकायलाई पनि साथ दिन जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बैठकले आग्रह गरेको छ ।

Share8Tweet5Share1

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

९ बैशाख २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

९ बैशाख २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

९ बैशाख २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

९ बैशाख २०८०, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

९ बैशाख २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

९ बैशाख २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero