Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरको सार्वजनिक सुनुवाई कार्यक्रममा सर्वसाधारणको न्युन उपस्थिति

नेपाल अभियान नेपाल अभियान
१४ बैशाख २०८०, बिहीबार
in देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
97
SHARES
Share on FacebookShare on Twitter


रामेछाप, १४ बैशाख । रामेछाप नगरपालिकाले चालू आर्थिक वर्ष २०७९–०८० को दोस्रो चालू चौमासिक अबधीसम्म नगर भित्र सन्चालन भएका विकास निर्माण र सेवा सम्बन्धि जानकारी गराउने उदेश्यले बिहिबार रामेछाप बजारमा सार्वजनिक सुनुवाइ गरेको छ । नगरभित्र भएका कामहरुको बारेमा सर्वसाधारणलाई जानकारी गराउने र गरेका कामहरुको बारेमा सर्व साधारणहरुको गुनासो सुनेर जवाफदेहि वक्ताहरुबाट जवाफ दिलाउने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
स्थानिय शासन ऐनको मर्म अनुसार चौमासिक रुपमा सार्वजनिक सुनुवाई गरि नगर भित्र संचालित सबै योजनाहरुको अवस्था गुणस्तरियता समेतलाई शुसासन र पारदर्शिताको कसि बनाउन सकियोस भन्नका लागि आयोजना गरिएको उक्त कार्यक्रममा नागरिक हरु भने न्युन मात्रमा सहभागि भएका थिए ।
जिल्लाका अन्य पालिकाहरुले भने पछिल्लो समयमा सार्वजनिक सुनुवाइ तर्फ खासौ चासो नदिईरहेको बेला रामेछापले भने आफनो नगरभित्रका सबै राजनितिक दल, जिल्ला स्थित सबै संचार माध्यमका प्रतिनिधि,नगर भित्र रहेका सबै सरकारी कार्यालय, उद्योग वाणिज्य संघ लगाएतका संघ संस्थाहरुको रोहबरमा कार्यक्रम संचालन गरेको थियो ।
जिल्लाका सबै रेडियो मार्फत २२ दिने सूचना प्रसारण गरि सार्वजनिक सुनुवाई कार्यक्रम हुने स्थान र उदेश्यका बारेमा जानकारी गराईएको उक्त कार्यक्रममा नगरभित्रका ९ वटै वडाका नागरिकहरु समेतलाई खबर गरिएको भएपनि कार्यक्रमको अबसरमा सर्वसाधारणहरुको भने न्युन मात्रामा उपस्थिति रहेको थियो । सर्व साधारणको न्युन उपस्थित भएपछि जवाफदेहि बक्ताहरुले भने धेरै जबाफ दिनु परेन । सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने राजनितिक दलका प्रतिनिधि,नेपाल पत्रकार महासँघका जिल्ला अध्यक्ष लगाएतका बक्ताहरुले भने नगरमा संचालित योजनाहरुको तौर तरिका र त्यसमा नगरपालीकाले गर्नू पर्ने र अपुग कामको बारेमा सुझाब दिएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा आधा दर्जन भन्दा सर्व साधारणले टेलिफोन बाट र आधा आधा दर्जन भन्दा बढि सर्व साधारणले नगरले गरेका कतिपय सवाल र योजनाका नाममा हाका हाकि प्रश्न सोधेका थिए । कार्यक्रमलाई थप प्रभाबकारि बनाउन रेडियो माफत प्रत्यक्ष प्रसारण गरि सर्व साधारणको प्रश्न सोध्ने ब्यवस्था पनि मिलाईएको नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेलले जानकारी दिएका छन् ।
कार्यक्रममा ९ वटै वडाका वडा अध्यक्ष र सवै शाखा प्रमुख हरुलाई जवाफदेहि बक्ताको रुपमा जिम्मेवारी दिएको थियो । सवै पक्षबाट बोल्ने क्रम सकिएपछि नगरपालिकाका नगरप्रमुख लबश्री न्यौपानेले आफूले असर जनप्रतिनिधिको रुपमा समग्र नगरको नागरिकको पक्षमा काम गर्न चाहेको बताए । उनले उठेका र छुुुुुटेका कुराहरुको बारेमा सम्बोधन गर्दे आफुले नगरप्रमुखमा निर्वाचित भएर आएको दिन देखि आज सम्म राजनीतिक आस्था र विचारको आधारमा कसैलाई पनि विभेद पनि नगरेको र विभेद पनि नगर्ने कुरामा नगरवासिलाई ढुक्क हुन आग्रह गरे ।
कार्यक्रमका अबसरमा नगरकि उप प्रमुख बाल कुमारी कार्किले पनि नगरको सुुसासन र विकासका लागि आफुहरुले ईमान्दार पुर्वक काम गर्न चाहेको बताईन् । सो अबसरमा कार्किले आफु अन्र्तगतको विषयमा उठेको सम्बन्धित कुराको बारेमा जवाफ दिएकि थिईन् ।
निर्वाचनको समयमा कुनौ राजनीतिक दलको चिन्ह लिएर नागरिकको मत लिएको भएपनी नगरको सेवा प्रबाहको क्रममा कुनै नागरिकलाई राजनीति पुर्बाग्रह राखेर काम नगरेको बताए । आफू हिजोको दिनमा पनि आज पनि नागरिकको पक्षमा रहेर काम गरेको र अब नागरिककै हितमा काम गर्ने पनि उनले बताए ।
कार्यक्रममा नगरका प्रमुख प्रशासकिय अघिकृत निरज पौडेलले चालु आव ०७९ ÷ ०८० को दोस्रो चौमासिक अबधि सम्म भए गरेका विकास निर्माण र सेवा प्रवाह र खर्चको अबस्थाको सार प्रतिवेदन पेश गर्दे सेवा प्रवाहमा भए गरेका कमि कम्जोरिका बारेमा हाका हाकि प्रश्न गर्नका लागि पनि नगरवासिहरुलाई आग्रह गरेका थिए । उनले आफुहरुले सार्वजनिक सुनुवाईलाई प्रभावकारी बनाउन निकै लामो समय देखि मेहनत र परिश्रम गरेको भन्दै नागरिकको न्युन सहभागिताले आफुहरुलाई पनि खुसि नलागेको बताए । उनले सहभागिहरुको सक्रिय सहभागिताले भने आफुलाई निकै उत्साहित बनाएको भन्दै सबै सरोकारवाला पक्षलाई धन्यवाद पनि दिए ।

Share39Tweet24Share7

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१४ बैशाख २०८०, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१४ बैशाख २०८०, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१४ बैशाख २०८०, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१४ बैशाख २०८०, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१४ बैशाख २०८०, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१४ बैशाख २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero