रामेछाप, २१ बैशाख। राष्ट्रिय सूचना प्रविधि दिवस २०२३ को अवसर पारेर रामेछाप क्यानले जिल्लाका सरोकारवालाहरुका लागि साइबर सेक्युरिटी तालिम उपलब्ध गराएको छ । क्यानले विहिवार सदरमुकाम मन्थलीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी क्यानले उक्त कार्यक्रमका बारेमा जानकारी गराएको हो ।
साइबर सेक्युरिटी तालिम तथा सचेतना कार्यक्रमको उद्घाटन वागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठले गर्नुृ भएको थियो । कार्यक्रमको उद्घाट्न गर्नु हुँदै आइटी क्षेत्रको विकाशका लागि राज्य गम्भिर हुनु पर्ने बताउनुभयो । उहाँले देशको जनशक्तिलाई आइटी सम्बन्धी सफ्टवेयर विकासमा लगाउनु सकेमात्र देशले सूचनाको क्षेत्रमा फड्को मार्ने बताउनुभयो ।
मन्थली नगरपालिकाको सहयोगमा कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घ रामेछाप शाखाले आयोजना गरेको साइबर सेक्युरिटी तालिम तथा सचेतना कार्यक्रमका अबसरमा सांसद श्रेष्ठले सो धारणा राख्नु भएको हो ।
कम्प्यूटर एशोसिएसन नेपाल (क्यान) महासंघ रामेछाप शाखाले आयोजना गरेको साईबर सेक्युरिटी तालिम तथा सचेतना कार्यक्रममा नेपाल बैंक लिमिटेडका साइबर सेक्युरिटी विभागका प्रमुख बन्दना शर्माले साईवर अपराध,सम्भावना र त्यसको चुनौति र सावधानीका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले आफनो सहजिकरणका क्रममा पछिल्लो समयमा साईबर क्राईमका घटना अत्याधिक मात्रमा बढेको भन्दै त्यसको न्युनिकरणका लागि सबै पक्ष दिक्षित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा क्यान महासंघ केिन्द्िय सचिव चिरञ्जिवि अधिकारीले पनि साईबर अपराधका कारण ब्यक्ति र संस्थाहरु ब्यापक मात्रामा प्रताडित भएको भन्दै त्यसको न्युनिकरणमा ध्यान दिन सबै पक्षलाई आग्रह गर्नुभयो ।
मन्थली नगरपालिकाको सभाहलमा भएको उक्त कार्यक्रम क्यान महासंघक बागमती प्रदेशका महासचिबको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मन्थली नगर प्रमुख लब श्रेष्ठ,नेपाल पत्रकार महासंघ लगायत जिल्ला स्थित संचारकर्मिहरु, नेपाल टेलिकमका प्रतिनिधि नेपाल प्रहरी र शसस्त्र प्रहरी,विभिन्न कार्यालयका आईटी अफिसर,विभिन्न विद्यालयका विद्यार्थी, बैंकिङ्ग र सहकारी क्षेत्रका अगुवा र तिनका प्रतिनिधि लगाएत करिब १ सय जनाको सहभागिता रहेको थियो ।

यो बारेमा तपाईको प्रतिकृया