रामेछाप,२७ वैशाख । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफोन) रामेछापको अध्यक्षमा ज्ञानबहादुर खड्का चयन भएका छन् । मङ्गलवार मन्थलीमा सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट पूर्व जिल्ला सचिव समेत भैसक्नु भएका ज्ञान बहादुर खड्काको नेतृत्वमा नयाँ जिल्ला कार्य समिति निर्विरोध रूपमा चयन भएको छ ।
त्यस्तै उपाध्यक्षमा रत्नबहादुर नेवार, सचिवमा गंगा कार्की, कोषाध्यक्षमा मञ्जु कार्कीले निर्विरोध रूपमा निविरोध रुपमा निर्वाचित भएका छन् ।
७ औँ जिल्ला अधिवेशनले नयाँ १९ सदस्यीय जिल्ला समिति गठन गरेको हो । महासंघमा विगतका वर्षहरूमा ४ सय २८ सामुदायिक वन समितिहरू आबद्ध रहेकोमा हाल २ सय ५ समूह संघमा आबद्ध भएका छन् । तीन पार्टीको भागबन्डाका आधारमा गठन गरिएको उक्त समितिका हालका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ विधान अनुसार पदमा बस्न नमिल्ने भएका कारण नयाँ समिति गठन हुँदा खड्का निविरोध रुपमा निर्वाचित भएका हुन् ।
अधिवेशनको उद्घाटन बागमती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले गर्नुभएको थियो । सो अबसरमा उहाले सामुदायिक वनहरूलाई नीतिगत रूपमा व्यवस्थापन गरेर उनीहरूलाई आर्थिक सम्बृद्धिसंग जोड्न आग्रह गर्नुभयो । । उहाले हिजो व्यवस्था परिवर्तनका लागि लडेको सामुदायिक वनको नेतृत्व कमजोर भएका कारण यिनको संस्थागत व्यवस्थापन र विकासमा समस्या भएको भन्दै यसको सुधारका लागि आफुले सदनमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महासंघका जिल्ला अध्यक्ष दुर्गाबहादुर श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा महासंघ प्रदेश उपाध्यक्ष लगायतका वक्ताहरूले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

यो बारेमा तपाईको प्रतिकृया