रामेछाप ३० वैशाख । साथिसँगै पौडी खेल्न जाँदा तामाकोशी नदीमा बेपत्ता भएका २१ बर्षिय अनोज पौडेलको लास चारदिन पछि मृत अवस्थामा भेटिएको छ ।
मन्थली नगरपालिका वडा नं ७ भटौलीको ढिकुरी दहमा पौडी खेल्न पसेका बेला पौडेल नदीमा डुवेर बेपत्ता भएका थिए । उनि डुब्ने वित्तिकै स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, र सशस्त्र प्रहरी बल समेतले लामो समय लगाएर खोज्ने प्रयास गरेको थियो ।उक्त टोलिले फेला पार्न नसकेपछि पौडेलको खोजिका लागि चितवन बाट गोताखोर टोली झिकाएर उनको खोजी गरिएको थियो ।
खाँडादेवी गाउँपालिका वडा नं ४ कल्चौँडे घर भएका उनी श्री प्रयागेश्वर माध्यमिक विद्यालयमा डिप्लोमा इन् सिभिल इन्जिनियरका नियमित विद्यार्थि थिए । पौडेल (अनेरास्ववियु) खाँडादेवी गाँउपालिका कमिटी सचिव पनि हुन् ।
पौडेलको ४ दिनपछि शनिबार ढिकुरी मन्दिर भन्दा करिब १ सय मिटर भन्दा तल निर्माणाधीन पक्की पुल नजिकै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरि कार्यालय रामेछापले जनाएको छ ।
पौडेलको शव शनिबारै पोष्ट मार्टम गरि तामाकोशि नदिमा दाह संस्कार पनि गरि सकिएको छ । तामाकोशी नदिमा हरेक बर्ष पौडिखेल्ने नाममा ४÷५ जनाको ज्यान जाने गरेको छ ।
यो बारेमा तपाईको प्रतिकृया