Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

तीन शिर्ष नेताको भेट भुटानी शरणार्थि प्रकरणमा जोडिदैनः एमाले उपमहासचिव रिमाल

नेपाल अभियान नेपाल अभियान
३ जेष्ठ २०८०, बुधबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
20
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ३ जेठ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पछिल्लो समय तीन शीर्ष नेता विच बढेको भेटघाट नक्कली भुटानी शरणार्थि प्रकरणसँग नजोडिएको बताएका छन् । बुधबार मदन आश्रित दीवसको अवसर पारेर एमाले रामेछापले निर्माण गर्न लागेको नव निर्मित पार्टी कार्यालय भवनको शिलन्याश गर्न मन्थली आईपुगेको रिमालेले सो कुरा बताएका हुन् ।
सो क्रममा उनले तीन शिर्ष नेताहरुको पछिल्लो समय बाक्लीएको भेटघाट भुटानी शरणार्थि प्रकरणका दोषिलाई तार्किक निश्कर्षमा पुुर्याउने कुरामा एकमत रहेको पनि बताए । भेटघाट प्रधानन्यायधिस प्रकरण,संसदभित्र देखिएका समस्या समाधान जस्ता राष्ट्रिय महत्वका विविध विषय र तिनको समाधानका लागि उन्मुख रहेको भन्दै विश्वासका भरमा सबैलाई अघिबढ्न पनि आग्रह गरे ।
एमाले मन्थली नगर कमिटिको कार्यालयमा प्रेस चौतारी नेपाल रामेछापले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पार्टी केन्द्रीय उपमहासचिव रिमालले ‘यो प्रकरणलाई आफनो पार्टिले गम्भिर रुपमा लिएकोले कसैलाई शंकाको भरमा नवहकिन पनि उनले आग्रह गरे । भेटघाटको क्रममा ‘संवैधानिक संसदीय समिति गठन गर्ने, समितिमा रहने सदस्यहरूको टुङ्गो लगाउन, सङ्क्रमणकालीन न्याय विवाद बारे पार्टीको फरक मत बारेमा छलफल भएको जानकारी पनि उनले गराए ।’

उक्त प्रकरणमा मुछिएकालाई निष्पक्ष छानबिन गरि दोषि प्रमाणका आधारमा सबैलाई कानुनी दायरामा ल्याउन पनि सरकार संग आग्रह गरे । उनले त्यसमा कसैको दबाब र प्रभाव हुनु नहुने भन्दै त्यसका लागि एमाले सरकार लाई सहयोग गर्न तयार रहेको पनि प्रप्टयाए । उक्त प्रकरणमा एमालेकै विष्णु रिमालहोस् वा जोकोही मुछिए पनि एमाले पार्टीलाई असर नगर्नै ठोकुवा पनि रिमालले गरे । शरणार्थी प्रकरणमा एमालकोे निर्दोषीलाई नफसाउने र दोषीलाई नछाड्ने रणनिति रहेको दोहो¥याउँदै प्रहरीलाई कसैको दबाब र प्रभावमा काम नगर्न पनि सुझाए ।

पुर्व प्रदेश मन्त्री एवं एमाले केन्द्रिय कामिटिका सदस्य कैलाश ढुँगेल,जिल्ला पार्टी अध्यक्ष एवं प्रदेश साँसद आनन्द श्रेष्ठ,पार्टि प्रदेशका सदस्य तथा जिल्ला तथा नगरका जिम्मेवार नेता कार्यकर्ताहरु समेतको रोहवरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपामहासचिव रिमालले पछिल्लो समयमा परिवर्तन विरोधि शक्तिहरु अत्याधिक मात्रामा सल्बलाएको भन्दै त्यसलाई निस्तेज पार्नका लागि परिवर्तनकारी शक्तिहरुको ब्यवहारमा परिवर्तन आउनु पर्नै धारणा पनि राखेका थिए ।
त्यसका लागि विभिन्न अनलाईन पोटलहरुले गलत र मिथ्या सूचना प्रवाह अत्याधिक मात्रमा गरिरहेको भन्दै ती खालका मिडियाबाट सचेत हुनु पर्नेमा पनि जोड् दिए । तिनले मूलधारका राजनीतिक पार्टि र तिनका नेताहरुलाई प्रहार गर्ने गरेकोले उक्त विकृति लाई निस्तेज बनाउन पनि उपमहासचिव रिमालले आग्रह गरे ।
उपमहासचिव रिमालले शरणार्थी घटना प्रकरणपछि प्रधानमन्त्री ‘प्रचण्ड’ शेरबहादुर देउवा र केपी शर्मा ओलीबिच भएको पटक–पटकको भेटघाट नजोडिएको स्पष्टीकरण दिएका छन् । शीर्ष तीन नेताबिच भएको भेट संवैधानिक संसदीय समिति पुनर्गठन गर्नको लागि भएको बताए ।
पत्रकार सम्मेलन पछि उपमहासचिब रिमालले मदन आश्रित चोकमा पुगेर उहाँहरुको सालिकमा माल्र्यार्पण गरेका थिए भने सालिकमा माल्यार्पण पछि एमाले रामेछापले आकाशेमा निर्माण गर्न लागेको अत्याधुनिक पार्टी कार्यालय भवनको पनि नेता रिमालले सिलान्यास गरेका थिए ।
करिब ३ करोडको लागतमा एमाले रामेछापले बनाउन लागेको सुविधा सम्पन्न पार्टी कार्यालय भवनको निर्माण कार्यलाई चाँडो भन्दा चाँडो काम सम्पन्न गर्ने गरी काम अघि बढाईने जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिए ।

Share8Tweet5Share1

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

३ जेष्ठ २०८०, बुधबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

३ जेष्ठ २०८०, बुधबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

३ जेष्ठ २०८०, बुधबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

३ जेष्ठ २०८०, बुधबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

३ जेष्ठ २०८०, बुधबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

३ जेष्ठ २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.